परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना महामारी र भूमण्डलीकरणमा ब्रेक

कोरोना महामारीको संक्रमण विश्वमा देखा परेको ५ महिना पूरा भएको छ । गत डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भएको यो महामारीले अहिले पूरा विश्वमा आफ्नो कब्जा जमाएको छ । दिन दुई गुणा रात चौगुणाका दरले यस महामारीबाट संक्रमित हुनेको संख्या बृद्धि भइरहेको छ । यस महामारी नियन्त्रण गर्ने कुनै विशेष औषधी वा खोपको विकास भएको छैन । त्यसकारण यस भाइसरको संक्रमण हुनबाट सतर्क हुनु नै यसबाट बच्चे उपाय हो । यस महामारीबाट समुदायमा हुने संक्रमण नियन्त्रण गर्न भौतिक दुरी कायम गर्ने र देशव्यापी रुपमा फैलिन नदिन लकडाउन (बन्दाबन्दी) गर्ने गरिएको हो । यस्तो कार्यबाट व्यक्ति–व्यक्ति बीचमा कोरोना भाइरस संक्रमण हुने दर घटेर जान्छ र उपलब्ध स्वास्थ्य सेवाको प्रयोग गरी भाइसरको प्रभाव देश र समुदायबाट नियन्त्रण गर्दै लैजान सकिन्छ । विश्वका प्राय सबै देशहरुले कोरोना महामारी विरुद्ध लड्न यही विधि अपनाएका छन् ।

कारोना महामारी फैलिदै जाँदा विश्वमा आर्थिक, सामाजिक, राजनीतिक समस्याहरु सिर्जना हुँदैछन् । यसले केही वर्ष हाम्रो सामान्य जीवनयापनको शैली कोरोना महामारी हुनु पूर्वकोभन्दा पृथक बनाउने छ । हाम्रो जीवनशैली र आर्थिक गतिविधि भूमण्डलीकरण (भ्ूमण्डलीकरण) बाट प्रभावित थियो र यो संक्रमणको दौरान समाप्त भएपछि हामी हाम्रो अर्थतन्त्र र जीवनशैलीलाई पुरानै लयमा कसरी फर्काउने विषयमा चिन्तन गर्दैछाँै  । तर यो महामारीले वर्तमान भूमण्डलीकरणको प्रवाहमा ब्रेक लगाएको छ ।

कोरोना महामारीले दोस्रो विश्वयुद्ध पछि विकास भएको भूमण्डलीकरणको लहरलाई पुनः ब्रेक लगाएको छ । दोस्रो विश्वयुद्ध पछि विश्वका धेरै देशहरु स्वतन्त्र हुन थाले । त्यसपछि विश्वमा आर्थिक विकासको लहर चल्न थाल्यो । विश्वमा आर्थिक विकासको लहरको नेतृत्वमा गर्न संयुक्त राज्य अमेरिका र सोभियत संघ अगाडि आए भने यी दुई देशको नीति मन नपराउने देशहरु असंलग्न राष्ट्रहरुको संगठनमा सामेल भए । सन् १९५० को दशकमा टेलिभिजनको विकास भयो । सन् १९६० को अन्त्यतिर मानिसले चन्द्रमामा पाइला टेक्न सफल भयो र ७० को दशकमा इन्टरनेटको विकासको सुरुवात भयो र ९० को दशकदेखि विश्वले सूचना सञ्चार प्रविधिमा फड्को मा¥यो । त्यसैगरी विश्वमा ८० को दशकमा आएको आर्थिक उदारीकरण र निजीकरणको अवधारणाले प्रत्यक्ष वैदेशिक लगानी भित्रिने क्रमको सुरुवात भयो । त्यसको फाइदा उठाउने देशहरुले विश्वव्यापारको नेतृत्व गर्न थाले ।

भूमण्डलीकरण भनेको मानिस, वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगदेखि विभिन्न राष्ट्रका सरकारहरुबीचको अन्तरक्रिया र एकीरणको प्रक्रिया हो । यो प्रक्रिया अन्तराष्ट्रिय व्यापार र लगानीद्धारा सञ्चालित हुन्छ भने त्यसका मुख्य सहायक भनेका यातायात र सूचना प्रविधि हुन् । भूमण्डलीकरणको प्रक्रियाले वातावरण, संस्कृति, राजनीतिक प्रणाली, आर्थिक विकास र मानिसको शारीरिक अवस्थामा प्रभाव पार्दछ ।

विगत दुई महिनामा विश्वका धेरै देशले आन्तरिक आर्थिक क्रियाकलापमा लकडाउन, बाह्य क्षेत्रमा हवाइ र जलयातायात क्षेत्रमा रोक लगाए । यसबाट आन्तरिक र बाह्य व्यापारमा गिरावट आयो भने उद्योग तथा व्यापारमा लगानी ठप्प भयो । अर्थात भूमण्डलीकरणलाई सञ्चालन गर्ने अन्तराष्ट्रिय व्यापार र लगानीका क्षेत्रमा ठूलो गिरावट आएको छ । अर्कोतिर भूमण्डलीकरणलाई उर्जा प्रदान गर्ने यातायात ठप्प छ तर सुचना प्रविधि खासगरी सञ्चार माध्यमहरु सक्रिय छन् । अन्तराष्ट्रिय हवाइ यातायात ठप्प भएको कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छैन । यो प्रक्रिया कोरोना महामारीको खोप नबनेसम्म वा विश्वबाट महामारी संक्रमणको त्रास नहटेसम्म कायम रहन्छ । यदि महामारी दुई वा सो वर्षभन्दा लामो अवधिसम्म रह्यो भने मानिसले आफ्नो जीवनशैली, आर्थिक क्रियाकलाप र कोरोना संक्रमणको त्रासलाई समानान्तर रुपमा लानुको विकल्प देखिदैन । नत्र ब्रेक लागेको भूमण्डलीकरणलाई पुनःलयमा फर्काउन धेरै समय लाग्न सक्छ ।

भूमण्डलीकरणको वर्तमान लहर दोस्रो विश्व युद्ध पछि विस्तार भएको अन्तराष्ट्रिय व्यापार र प्रविधिको मात्र उपज होइन । इतिहास पल्टाउने हो भने हजारौँ वर्ष पहिले मानिसहरु व्यापार व्यवसाय गर्न एक स्थानबाट अर्को स्थानमा महिनौँ र वर्षौ दिनसम्म यात्रा गरेको इतिहास भेटिन्छ । त्यस्तै मध्य युगको अवधिमा चीन र युरोपलाई जोडेको मध्य एसियाको रेशम मार्ग (शिल्क रोड) ले हजारौँ वर्ष पहिलेदेखि भूमण्डलीकरणको लहर चलेको देख्न देखिन्छ । त्यही रेशम मार्गको नयाँ मोडेलको रुपमा वान वेल्ट वान रोड (ओबीओआर) को माध्यमबाट विश्वभरी व्यापार विस्तर गर्न चीनले अवधारणा ल्याएको छ । जसले पूर्वी एसिया, दक्षीण एसिया, मध्य एसिया, अफिका हुँदै यूरोप र अमेरिकासम्म जोडने छ । चिनिया राष्ट्रपति सी जिनपिङको यो अवधारणा सफल रुपमा कार्यान्वयन भए विश्व बजारमा चीनले आफ्नो अन्तराष्ट्रिय व्यापार र सामरिक प्रभुत्व विस्तार गर्नेछ ।

यूरोपमा औद्योगिकरणबाट विस्तार भएको भूमण्डलीकरणको लहर प्रथम विश्वयुद्ध र सन् १९१८–२० मा युरोपमा आएको स्पेनिस फ्लूसँगै ब्रेक लागेको थियो । त्यो समयभन्दा अगाडि विश्वमा स्वतन्त्र अर्थव्यवस्थाको अवधारणा थियो । तर स्पेनिस फ्लूसँगै अर्थतन्त्रमा सरकारको हस्तक्षेप निम्न हुनुपर्ने अवधारणा फेल खायो । स्पेनिस फ्लूले विश्वव्यापी रुपमा पाँच करोड मानिसको मृत्यु भएको अनुमान गरिन्छ । त्यस समयमा विश्वमा अहिलेको जस्तो यातायात र सञ्चार सञ्जालको विकास भएको थिएन । पानी जहाज मार्फत लामो दुरीको अन्तराष्ट्रिय व्यापार र मानिसको आवतजावत हुन्थ्यो । हवाइजहाजको विस्तार भर्खर मात्र हुँदै थियो भने सञ्चारको माध्यमको रुपमा टेलिग्राम र पत्रपत्रिकाको विकास थियो । विश्वका केही देशमा रेल यातायातको विकास भएको थियो ।

अन्य आकर्षणहरू

प्रथम विश्वयुद्ध र स्पेनिस फ्लूको कारण सन् १९३० तिर यूरोप महामन्दी (ग्रेट डिप्रेसन) मा पुग्यो । त्यो महामारी नियन्त्रण गर्न अर्थतन्त्रमा सरकारी हस्तक्षेपको भूमिका प्रभावकारी हुने अवधारणा मात्र आएन धेरै देशले अन्तराष्ट्रिय व्यापारमा संरक्षण नीति अवलम्बन गरे । अहिले विश्वमा देखिएको कोरोना महामारीलाई समयमा नियन्त्रणमा लिन सकिएन भने विश्वमा धेरै देश आर्थिक महामन्दीमा जाने छन् जुन मन्दी ग्रेट डिप्रेसनभन्दा पनि जटिल हुने विश्लेषण हुन थालेको छ ।

कोरोना महामारीले दोस्रो विश्वयुद्ध पछि विकास भएको भूमण्डलीकरणको लहरलाई पुनः ब्रेक लगाएको छ । दोस्रो विश्वयुद्ध पछि विश्वका धेरै देशहरु स्वतन्त्र हुन थाले । त्यसपछि विश्वमा आर्थिक विकासको लहर चल्न थाल्यो । विश्वमा आर्थिक विकासको लहरको नेतृत्वमा गर्न संयुक्त राज्य अमेरिका र सोभियत संघ अगाडि आए भने यी दुई देशको नीति मन नपराउने देशहरु असंलग्न राष्ट्रहरुको संगठनमा सामेल भए । सन् १९५० को दशकमा टेलिभिजनको विकास भयो । सन् १९६० को अन्त्यतिर मानिसले चन्द्रमामा पाइला टेक्न सफल भयो र ७० को दशकमा इन्टरनेटको विकासको सुरुवात भयो र ९० को दशकदेखि विश्वले सूचना सञ्चार प्रविधिमा फड्को मा¥यो । त्यसैगरी विश्वमा ८० को दशकमा आएको आर्थिक उदारीकरण र निजीकरणको अवधारणाले प्रत्यक्ष वैदेशिक लगानी भित्रिने क्रमको सुरुवात भयो । त्यसको फाइदा उठाउने देशहरुले विश्वव्यापारको नेतृत्व गर्न थाले ।

सन् ८० को दशकमा आएको आर्थिक उदारीकरणबाट सिर्जित भूमण्डलीकरणको लहरसँगै विश्वमा यूरोपियन यूनियन, सार्क, आसियन, बिमिष्टेक जस्ता क्षेत्रीय संगठनहरु स्थापना भए । जसमा यूरोपियन यूनियनमा आवद्ध देशमा एउटै मुद्रा चल्छ । तर केही औँलामा गन्न सकिने क्षेत्रीय संगठनहरुले भूमण्डलीकरणको नेतृत्व गर्न सक्ने देखिए भने अबको आर्थिक मन्दीलाई समाधान गर्न पनि यी क्षेत्रीय संगठनको भूमिका प्रभावकारी हुनेछ ।

विश्वका सबै देश आत्मनिर्भर छैनन् । त्यसकारण वस्तु तथा सेवाको आपूर्तिका लागि अन्य देशमा निर्भर हुनुको विकल्प पनि छैन । यातायात र सञ्चारका साधनमा भएको व्यापक विस्तारका कारण धेरै देशले पर्यटन, श्रमबजार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रबाट वैदेशिक मुद्रा आर्जन गर्दै आइरहेका थिए । निजी क्षेत्रबाट सञ्चालित पर्यटन, उद्योग, निर्माण लगायतको क्षेत्र धरासायी हुँदा धेरै देशले पर्यटन आय र रेमिट्यान्स गुमाउने छन् । बेरोजागरी समस्या समाधान गर्नका लागि धरासायी अवस्थामा रहेका उद्योगलाई संरक्षण गर्ने नीति लिनु पर्नेछ । त्यस्तो संरक्षण नीतिका कारण धेरै देशले स्वदेशमा नै वस्तु तथा सेवाको उत्पादन गर्नेछन् ।

महामारीको कारण मन्दीमा फसेको अर्थतन्त्रलाई उकास्नका लागि रहेक राष्ट्रले आफ्नो देशमा रहेको कृषि, उद्योगलाई पहिलो प्राथमिता दिनु पर्ने र विदेशबाट रोजगार गुमाएर फर्केका नागरिकलाई स्वदेशमा रोजगार दिलाउनु पर्नेछ । विदेशबाट हुने वस्तु तथा सेवाको आयात घटाउनु पर्नेछ र स्वदेशी उत्पादनमा जोड दिनु पर्नेछ । विदेशसँगको परनिर्भता कम गर्न अपनाउने संरक्षण नीतिले अन्तराष्ट्रिय व्यापारमा कमी आउने छ । अर्कोतिर महामारी नियन्त्रण गर्ने प्रभावकारी खोपको विकास नभए मानिस मानिस बीच भौतिक दुरी कामय रहिरहन्छ । जसले पर्यटन आय र रेमिट्यान्स आयमा व्यापक प्रभाव पार्नेछ ।

naradrijal45@gmail.com 

Facebook Comments