परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना महामारीका बेला विरामी तथा डाक्टर बिचको सञ्चार

नेपाल मेडिकल काउन्सिलले आयोजना गरेको एउटा कार्यशालमा लेखकलाई एउटा डाक्टरले हाकाहाकी भन्नुभयो, “व्यबसायिक संवाद अरु क्षेत्रमा कार्यरत जनशक्तिमा पनि छैन तर डाक्टर मात्र यस्ता वर्ग हुन जो यो स्वीकार्छन”। यो स्वीकरोक्तिले के जनाउछ त?

पक्कै पनि यहाँ प्रोफेसनल सञ्चारको ज्ञान र अभ्यासको कमी छ। केही संकायमा यसको पठनपाठन भएतापनि त्यो पर्याप्त छैन। प्रोफेसनल सञ्चार भनेको पेशा संबन्धी वा व्याबसायिक सञ्चारलाई बुझिन्छ । यो कार्यक्षेत्र भित्र र बाहिर प्रत्यक्ष भेटेर वा विद्युतीय माध्यमद्वारा गरिने सञ्चार हो जुन बोलेर, सुनेर, लेखेर तथा पढेर पनि व्यक्त गरिन्छ, उदारणका लागि चिठी, इमेल, मेसेज, ब्लग, रिपोर्ट आदि।

अन्तराष्ट्र्रिय अभ्यासलाई हेर्ने हो भने चिकित्सकले बिरामीसँग प्रभावकारी संवाद गर्नु आवश्यक छ। उनीहरुले विरामीलाई प्राथमिकतामा राखेर संवाद गर्नुपर्छ। मौखिक वा साङ्केतिक सन्देश दिदा उपयुक्त खालको छनौट गर्नुपर्छ । विरामीले माग गरेको सूचना लुकाउनु हुदैन । रोगका स्वरुप र भविश्यमा बढ्ने जटिलताका बारेमा अहिले र पछि गर्नुपर्ने उपचारका आवश्यकताहरु तथा विकल्पहरुमा छलफल गर्नुपर्छ। रोग निदान खातिर यदि विरामीलाई महङ्गा परीक्षण र औषधी चलाउनु परेमा पनि यथेष्ट परामर्श गर्नुपर्छ । विरामी वा उहाँका सामजिक मुल्यमान्यताको कदर गर्दै निर्णय प्रक्रियामा विरामी वा आफन्तजनलाई संलग्न गराउनुपर्छ, अनावश्यक परीक्षण र औषधीमा फसाउनु हुदैन। विरामीको जिउने तरिकामा फरक ल्याउन अझ बढी कसरत गर्नुपर्छ र विरामीले बुझ्ने भाषामा नझर्किकन राम्रोसंग संवाद गर्नुपर्छ ।

विश्वविद्यालयमा प्रोफेसनल सञ्चार अध्यान अध्यापन अति आवश्यक हुन्छ किनकि विश्वविद्यालयमा अध्यान गर्दै गरेका अहिलेका युवा शक्ति नै देशका भोलिका खम्बाहरु हुन। उनीहरु मध्ये केहीले छात्रवृतिका लागि आवेदन देलान, कतिले जागिर खोज्लान, कति डाक्टर, नर्स बन्लान। अनि केही लोकसेवा पास गरेर निजामति सेवामा लाग्लान। केहीले राजनीति छान्लान अनि अरु व्यवसायी पनि होलान । तर जुन पेशा अङ्गाले पनि उनीहरुलाई एउटा साझा सीपको जरुरत पर्छ र त्यो हो संवाद कौशल जुन कुरा व्यावसायिक संवादले सिकाउछ। यसका अतिरिक्त फाइदाहरु पनि छन्, जस्तो फरकफरक पृष्ठभूमिका स्रोतासँग उपयुक्त तरिकाको संवाद गर्नका लागि, नयाँ जागिर पाउन, टिकाउन र प्रमोसन हुनका लागि, टिममा व्याप्त गलतफहमी हटाउनका लागि, टीममा मिलेर सहकार्य गर्नका लागि, सकरात्मक सम्बन्ध विकासका लागि अनि कम अनुभव भएका मानिसहरुलाई प्रेरणा र हौसला दिनका लागि।

विभिन्न निकाय, सरकारी तथा निजी संघ संस्थामा पहिले र अहिले हुने सञ्चारको अवस्थामा केही परिवर्तन त भएका छन् तर ती पर्याप्त मात्रामा हुन सकेका छैनन्। ती सरकारी तथा निजी संघ संस्थामा पहिलेको तुलनामा केही सुधार त देखिएला किनकि वान पोइन्ट जिरोबाट टु पोइन्ट जिरो को सिद्दान्तद्वरा निर्देशित छ। बोल्ने मामलामा केही परिवर्तन आए पनि अरुको कुरा सुन्ने मामलामा भने तात्विक अन्तर छैन सबै ठाउमा।

नेपालका स्वास्थ्य संस्थाहरुमा त यो झन खड्कन्छ नै। र, यस विषयमा यथेष्ट अनुसन्धान भैसकेको छैन। यस विषयमा उति सारो बहस र तर्कहरुले गरमागरम भएको पनि छैन। सामान्य बिरामी जो अस्पताल जान्छन्, उनीहरुले विविध समस्याहरु ब्यहोर्नुपरेको छ। अस्पताल जानुपूर्व उनीहरुले चिकित्सक र अस्पतालबारे राखिएका दृष्टिकोण लिएर अस्पताल पुग्दा ती सन्तुष्ट हुन सकेका हुदैनन्। जब कि उनीहरुको अपेक्षा भनेको सामान्य नै छन् जस्तो कि चिकित्सक र अस्पताल विरामी मैत्री भइदिउन, चिकित्सक र अस्पताल विश्वसनीय भइदिउन, चिकित्सक र अस्पताल युक्तिसंगत वा तार्किक भइदिउन अनि चिकित्सक र सहयोगीहरुले आफूलाई पर्याप्त समय दिउन। वास्तवमा बिरामीलाई अस्पताल आउँदा राम्रोसँग कुरा सुनिदिने चिकित्सक हुँदा र नहुँदा, उपचारमा आकास जमीनको फरक पर्छ । धेरै विरामीहरुले भन्नुभएको छ कि हँसिला र आफ्नो कुरा सुनिदिने चिकित्सक हुदाँ आधाजति रोग त त्यत्तिकै निको हुन्छ। उहाँहरु निर्धक्कसँग आफ्ना समस्य उनीहरुलाई भन्न सक्छन्। अर्कातिर यसको विपरीत स्वभावका चिकित्सकहरु भेट्दा भने डर, त्रास लाग्ने भएकाले त्यो भेटघाट उति फलदायी नहुनसक्छ । मुख्य कुरा उक्त अवस्थामा चिकित्सकका आज्ञा नमानिने पनि हुनसक्छ। जसको कारण विरामीले उपयुक्त औषधी नखाने र पछि दोहो¥याएर त्यहाँ आउने सम्भावना पनि कम हुन्छ।

अन्तराष्ट्र्रिय अभ्यासलाई हेर्ने हो भने चिकित्सकले बिरामीसँग प्रभावकारी संवाद गर्नु आवश्यक छ। उनीहरुले विरामीलाई प्राथमिकतामा राखेर संवाद गर्नुपर्छ। मौखिक वा साङ्केतिक सन्देश दिदा उपयुक्त खालको छनौट गर्नुपर्छ । विरामीले माग गरेको सूचना लुकाउनु हुदैन । रोगका स्वरुप र भविश्यमा बढ्ने जटिलताका बारेमा अहिले र पछि गर्नुपर्ने उपचारका आवश्यकताहरु तथा विकल्पहरुमा छलफल गर्नुपर्छ। रोग निदान खातिर यदि विरामीलाई महङ्गा परीक्षण र औषधी चलाउनु परेमा पनि यथेष्ट परामर्श गर्नुपर्छ । विरामी वा उहाँका सामजिक मुल्यमान्यताको कदर गर्दै निर्णय प्रक्रियामा विरामी वा आफन्तजनलाई संलग्न गराउनुपर्छ, अनावश्यक परीक्षण र औषधीमा फसाउनु हुदैन। विरामीको जिउने तरिकामा फरक ल्याउन अझ बढी कसरत गर्नुपर्छ र विरामीले बुझ्ने भाषामा नझर्किकन राम्रोसंग संवाद गर्नुपर्छ ।

दुखको कुरा नेपालमा २०÷२५ हजार रजिष्टर्ड डाक्टर भएको अहिलेको अवस्थामा व्यावसायिक संवाद कौशल भएका डाक्टरहरुको संख्या पर्याप्त छैन। नेपालमा माथिका पक्ष कमजोर भएकाले यसो भएको हो । यसको अलवा स्वास्थ्य सेवा नभएर व्यापारको रुपमा नाफा कमाउने काममा मलजल गर्ने अहिलेको संस्कार झन निर्णायक छ।

त्यसैले व्यावसायिक संवादको आवश्यकता नेपालमा टड्कारो छ । ब्यवस्थापन र विज्ञान संकायमा यसको पढाइ भए पनि एमबिबिएस र एम डि मा अझै पर्याप्त हुन सकेको छैन । यसको अलवा पहिल्यै डाक्टरी पढेकाहरुका लागि व्यापक तालिमहरुको आवस्यकता छ। यस कुराले अब आउने स्वास्थ्य योजनाहरुमा प्रवेश पाउनुपर्छ।

सम्पर्क नंबर ९८५१२०८६१७
इमेल : eak@ku.edu.np

Facebook Comments