परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लकडाउन जेठ २० सम्म लम्बियो

कोरोनाबाट आज थप एक जनाको मृत्यु

काठमाडौँ, जेठ ४ । सरकारले जारी लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा यस्तो निर्णय गरेको हो । आजै बसेको समितिको बैठकले लकडाउन जेठ २० सम्म लम्ब्याउन सरकारलाई सिफारिश गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, हिजो र आज गरी कोरोनाकाे कारण दुई सङ्क्रमितको ज्यान जान पुगेको छ ।  बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको आज  बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । यो सामग्री तयार गर्दासम्म सङ्क्रमितको सङ्ख्या २९५ पुगेको छ । 

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन सुरु गरेकोमा विभिन्न समयमा थप गर्दै पछिलो पटक भोलि जेठ ५ गतेसम्मका लागि लकडाउन जारी थियो । अब जेठ २५ सम्म लकडाउन थपिएको हो । 
Facebook Comments