नेपालमा कोभिड १९ बाट एकको मृत्यु, २८१ सङ्क्रमित
काठमाडौँ, जेठ ३ । कोभिड १९ बाट नेपालमा एक जनाको मृत्यु हुन पुगेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षकी सुत्केरीको ज्यान गएको हो । कोभिड १९ बाट नेपालमा मृत्यु भएको यो नै पहिलो घटना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, कोभिड १९ बाट सङ्क्रमितहरूको संख्या भने २८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिः