परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गजल – ‘भो, अति भो, काँडे तार बार्नुपर्छ सिमानामा’

भो, अति भो, काँडे तार बार्नुपर्छ सिमानामा

ठूलाठूला भोटे ताल्चा मार्नुपर्छ सिमानामा

 

वागमतीमा गङ्गा अट्ने छोडौँ हावा कुरा

कागजात हेर्ने नियम पार्नुपर्छ सिमानामा

 

लोटा ल्याई देशै उघाई पारितिर लानेहरू

हाँडीघोप्टे किर्ना, उडुस हार्नुपर्छ सिमानामा

 

दिनैदिन आफ्नै घर पराइ बनी कति बस्ने ?

साँढे गोरु खेदी–खेदी तार्नुपर्छ सिमानामा

 

ब्यूँझ, उठ साथी ! स्वार्थी ब्वाँसो चिन्नुपर्छ 

बैरी मिचाहा पाहा पछार्नुपर्छ सिमानामा

(झुकेको हिमालबाट)

Facebook Comments