लकडाउनका बेलाको काम : मनको व्यवस्थापन
“के हालचाल छ” ?
“केही छैन, लकडाउन छ । काम छैन । दिनभर दिनभर बसिरहिएको छ ।”
मलाई लाग्छ, अहिलेको समयको सबभन्दा चल्तिको वार्तालापको सार माथिका वाक्यांशहरु हुन् । शव्द फरक हुनसक्छन्, शव्दक्रम अर्कै हुन सक्छ वा प्रतिक वाक्य फरक फरक हुन सक्लान् । तर जे जसरी व्यक्त गरिएपनि वार्तासार यही हुन्छ । र, यो वार्तालाप खासमा गुनासो हो, काम नपाएकोमा । नत्र सामान्य अवस्थामा कामका कारण एकछिन बस्न पाइएन भनेर गनगन गर्ने मानिस पनि दिनभर बस्न पाउँदा किन यस्तो प्रतिक्रिया गथ्र्यो होला र ?
उहिले उहिले वुढापाकाहरु आफ्ना सन्ततिले जीवनमा केही गर्ला जस्तो लागेन भने भन्ने गर्थे– काम धन्दा केई छैन, गीत गाएर हिँड्छ । तर कसैकसैका लागि भने गीत गाउनु नै खास काम हुन्थ्यो, अझै छ । कसैकसैको जीवन गुजारा वा सबै उपलव्धिको आधार नै गायन र संगीत भएको छ । आजकल त बन्दाबन्दी जस्तो सङ्कटका बेला मनोसामाजिक परामर्शविज्ञहरु भन्छन् संगीत मानिसको उच्च मनोवल कायम राख्नका लागि अत्यन्त उपयोगी हुन्छ । मानिसको मानसिक स्वास्थमात्र नभएर धेरैले भन्छन् कि संगीत सुनाउँदा गाईले बढी दूध दिने, सुंगुर चाँडो मोटाउने, कतिपय वनस्पतिहरु हलहल बढ्ने जस्ता प्रभाव पनि देखिएको छ । अर्थात् गीत संगीत कसैका लागि उपयोगी काम भयो भने अन्य कसैका लागि बकबास । यसैगरी केलाएर हेर्ने हो भने कुनै पनि कार्यव्यस्तता कसैका लागि काम भएको हुन्छ भने अन्य कसैका लागि भने काम नपाएर गरेको काम ।
माथिको वार्ताको सिधा आसय काम पाए राम्रो हुन्थ्यो भन्ने रहेको देखिन्छ । त्यो भन्नाले सामान्यतया शारीरिक र मानसिक व्यस्तता हुनु पर्यो भन्ने हुन्छ । तर होईन । सोझो अर्थको व्यस्तताले मात्र मानिसलाई पुग्दैन, यसको अलावा त्यसको गुढअर्थ अर्थात् आम्दानी समेतको चाहना हो भन्ने वुझिन्छ । अझ आम्दानी नै बुझिन्छ । हो आम्दानी आवश्यक हुन्छ त्यसैले मानिस चिन्तित रहन्छ । तर बुभ्mन जरुरी के छ भने काम गरिएन भने आम्दानी पनि हुँदैन । अर्थात पहिले काम, अनिमात्र आम्दानीको आशा गर्न सकिन्छ । आम्दानी भनेको काम गरे वापतको प्रतिफल हो । र, काम चाहिँ प्रतिफल प्राप्तिको प्रक्रिया । त्यसैले यहाँ काम कै बारेमा चर्चा गरौं ।
मैले विश्लेषण गर्न चाहेँ, शायद काम भयो भने लकडाउनमा बस्दा पनि मानिसले गुनासो गर्दैन । तसर्थ आउनुस, लकडाउनमा बसेर गर्न सकिने कामको खोजी गरौं ।
सर्वप्रथम हेरौं काम केलाई भन्ने ? यो प्रश्नको सजिलो उत्तर नहुने रहेछ । किनकि जे गरेपनि त्यो काम हुन सक्ने रहेछ, र गरेरमात्र पनि काम नहुने रहेछ । उहिले उहिले वुढापाकाहरु आफ्ना सन्ततिले जीवनमा केही गर्ला जस्तो लागेन भने भन्ने गर्थे– काम धन्दा केई छैन, गीत गाएर हिँड्छ । तर कसैकसैका लागि भने गीत गाउनु नै खास काम हुन्थ्यो, अझै छ । कसैकसैको जीवन गुजारा वा सबै उपलव्धिको आधार नै गायन र संगीत भएको छ । आजकल त बन्दाबन्दी जस्तो सङ्कटका बेला मनोसामाजिक परामर्शविज्ञहरु भन्छन् संगीत मानिसको उच्च मनोवल कायम राख्नका लागि अत्यन्त उपयोगी हुन्छ । मानिसको मानसिक स्वास्थमात्र नभएर धेरैले भन्छन् कि संगीत सुनाउँदा गाईले बढी दूध दिने, सुंगुर चाँडो मोटाउने, कतिपय वनस्पतिहरु हलहल बढ्ने जस्ता प्रभाव पनि देखिएको छ । अर्थात् गीत संगीत कसैका लागि उपयोगी काम भयो भने अन्य कसैका लागि बकबास । यसैगरी केलाएर हेर्ने हो भने कुनै पनि कार्यव्यस्तता कसैका लागि काम भएको हुन्छ भने अन्य कसैका लागि भने काम नपाएर गरेको काम ।
यसैको अर्को पाटो पनि छ । त्यो के भने जे गरे पनि जति गरिरहे पनि त्यो आफैंमा काम भने हुँदैन । कसैकसैको बानी हुन्छ, आरामसंग सोफामा बसेका बेला खुट्टा हल्लाई रहने । यसो हेर्दा शरीरको अंग चलिरहेको छ भने त्यो काम हुनुपर्ने हो । तर त्यसलाई काम भनिदैन । तर, लक्ष सहित शारीरिक तन्दुरुस्तिका लागि त्यसरीनै खुट्टा हल्लाइयो भने त्यो चाहिँ फिजियोथेरापी हुन्छ, अर्थात् काम हुन्छ । गहिरो गरी विचार गरेर हेर्दा शरीर र मन दुवै मिलाएर जे गरिन्छ, त्यो काम काम हुँदो रहेछ । अथवा यी दुवैपक्ष मिल्दा मात्र काम हुँदो रहेछ, नत्र गरेको मात्र हुँदो रहेछ ।
मानिस चाहन्छ, कामबाट इच्छाइएको फल मिल्नुपर्छ । सन्तोष मिल्नुपर्छ । अनिमात्र उसले त्यस कामलाई सही अर्थमा काम भन्न चाहन्छ । नत्र उसले वेकाम बसेको वा गरेको ठहर्छ । यी भनाइहरु त्यही असन्तोषका तिनै अभिव्यक्तिहरु हुन् – काम छैन, गीत गाएर बस्छ; काम छैन, झिङ्गा मारेर बस्छ; काम छैन, हल्लिएर बस्छ ।
उपलव्धिमूलक काम अथवा सन्तोष मिल्ने कामका लागि के चाहिन्छ त ? भनिन्छ, मूलतः दुईवटा तत्व चाहिन्छन् । एउटा प्रमुख तत्व हो त्यो काम गर्न व्यावसायिक दक्षता । सीप, ज्ञान, शारीरिक तन्दुरुस्ति, दक्षताकै अभिन्न अवयवहरु हुन् । तर यी तत्वहरु अति आवश्यक भएपनि कार्य सफलताका लागि पर्याप्त हुँदैनन् । अर्को तत्वपनि उत्तिकै आवश्यक हुन्छ । त्यो पुरक तत्व हो लगाव । यसलाई अंग्रेजीमा भन्दा मिहाइल ज्सिकजेनमिहाईलले ‘प्mलो’ भनेर पद नामाकरण गरेका छन् । यो लगाव भित्र पनि अन्य तत्वहरु छन् । ती हुन् उद्धेश्यमा प्रष्टता, कार्यप्रेरणा, उर्जाशीलता, एकाग्रता, र दत्तचित्तता । काम उपलव्धिमूलक हुनका लागि दक्षता र लगाव दुवै हुनुपर्छ ।
लकडाउनमा बस्दा किन मानिस सन्तुष्ट रहँदैन भन्न माथिको विश्लेषणले धेरै हदसम्म सघाउँछ । लकडाउनमा बस्दा पट्यार लाग्नुको पछाडिको कारण हो जुन काममा आप्mनो दक्षता छ, सामान्यतया त्यो गर्न पाइएको छैन । जुन कामप्रति आप्mनो लगाव छ, त्यो गर्न पाईएको छैन । जे गर्नुपरेको छ ती काममा कि त दक्षता छैन, कि लगाव छैन अथवा दुवै छैनन् । अनि पट्यार लाग्नु त स्वभाविक भै हाल्छ ।
“काम छैन, समय विताउन गाह्रो भयो । दैनिक जीवन उच्चाटलाग्दो भयो । जति गरे पनि समय नै जाँदैन” । यो उद्गार पनि धेरै सुनिने मध्येको एक हो ।
समय बिताउने होइन, किनकि समय बितेर सकिन्न । एउटा पल वित्न पाएको छैन अर्को पल आइहाल्छ । अनि, समयलाई बिताउन कुनै बल गर्नु पर्दैन, प्रयास गर्नु पर्दैन । अनि त समय बिताउने प्रयास गर्नु वा त्यस्तो चाहना राख्नु पनि हास्यास्पद उद्धेश्य हुनजान्छ । खाली बसेर बिताउन खोज्नुको सट्टा केही गरेर समयको उपयोग गर्न खोज्नुहोस् । अनि हेर्नुस् त तपाईंले नचाहे पनि समय आपैंm गैहाल्छ । जतिसुकै जोडले समातेर रोक्न खोजेपनि जान्छ । त्यसकारण समयलाई बिताएर होइन त्यसलाई उपयोग गर्ने लक्ष राख्नुस् । उपयोग गर्न समयलाई खाली नछाड्ने हो र कसरी समयलाई खाली नबिताउने भनेर सिक्ने हो ।
बुझ्नु पर्ने एउटा कुरो के छ भने तपाईं कुनै पल कहिल्यै पनि खाली वसेको हुनुहुन्न । खाली छु भन्ने भावना मनको कुरो मात्र हो । नत्र तपाईं केही हेरिरहेकै हुनुहुन्छ, कसैसंग बोलीरहेको हुनुहुन्छ, हिडिरहेको हुनुहुन्छ, सानेतिनो केही न केही गरिरहेको हुनुहुन्छ । आराम गरिरहेको हुनुहुन्छ । वा अन्य केही नभए सास फेरिरहेको हुनुहुन्छ वा आँखा झिम्क्याइरहेको हुनुहुन्छ । तपाईको मुटु चलिरहेको हुन्छ, रक्त प्रणाली, पाचन प्रणाली, र स्वास प्रणाली अनवरत चलिरहेको हुन्छ । अनि कसरी खाली हुनुहुन्छ त ?
बुझ्नु पर्ने एउटा कुरो के छ भने तपाईं कुनै पल कहिल्यै पनि खाली वसेको हुनुहुन्न । खाली छु भन्ने भावना मनको कुरो मात्र हो । नत्र तपाईं केही हेरिरहेकै हुनुहुन्छ, कसैसंग बोलीरहेको हुनुहुन्छ, हिडिरहेको हुनुहुन्छ, सानेतिनो केही न केही गरिरहेको हुनुहुन्छ । आराम गरिरहेको हुनुहुन्छ । वा अन्य केही नभए सास फेरिरहेको हुनुहुन्छ वा आँखा झिम्क्याइरहेको हुनुहुन्छ । तपाईको मुटु चलिरहेको हुन्छ, रक्त प्रणाली, पाचन प्रणाली, र स्वास प्रणाली अनवरत चलिरहेको हुन्छ । अनि कसरी खाली हुनुहुन्छ त ?
खासमा, खाली छु भनेर मनले मानेको हुनाले मात्र तपाईंले खाली पाउनुभएको हो । मनले नमान्ने हो भने कुनै अवस्थामा पनि तपाईंले आफुलाई खाली महसुस गर्न सक्नुहुन्न । यहि ‘न–खाली’ अवस्थालाई काममा रुपान्तरण गर्न सिक्नु पर्छ । भन्नुको मतलव हो लकडाउनमा जतिसुकै बन्दी भएर बस्नुपरे पनि तपाईंको मनले नमान्ने हो भने तपाईं खाली हुनुहुन्न, त्यो तपाईंले काम गरिरहेको अवस्था बनाउनु पर्दछ । अर्को अर्थमा तपाईं जे गरीरहनुभएको छ, त्यसैमा तपाईंको मन पनि छ भने त्यसलाई काम मा रुपान्तरण गर्न सकिन्छ ।
अब हेर्नुस, लकडाउनमा केही गरिरहेको अवस्थालाई काम गरेको अवस्थामा बदल्न कति सजिलो छ । यसका लागि अरु धेरै केही गर्नु पर्दैन, जे भैरहेको छ त्यसमा पूरापुरी मन दिए मात्र पुग्छ । खाना खाँदैहुनुहुन्छ भने त्यो अवधीभर त्यसैमा पुरै मन दिनुस्, खाना खानु काम हुन जान्छ । नुहाइ धुवाई गर्दै हुनुहुन्छ भने मन पनि त्यसैमा लाउनुस् त्यो काम हुन जान्छ । कपाल कोर्दै हुनुहुन्छ भने पुरै मन त्यसैमा दिनुस्, काम हुन जान्छ । टोलाएर बस्नुभएको छ भने मन पनि टोलाउनमै दिनुस्, त्यो काम हुन्छ । हातपाउबाट केही गर्नुभएको छैन भने आफूले फेरिरहेको सासमा पुरा मन लाउनुस्, त्यो काम हुन्छ – ध्यान भनेकै त्यही हो ।
तपाईंलाई काम नगरेजस्तो लाग्नुको पछाडि हातपाउ, दिमाग एकातिर र मन अर्कातिर हुनाले मात्र भएको हो । मन र शरीरलाई एकै ठाउँमा लगाउनासाथ त्यो सार्थक काम हुन थाल्छ । सार्थक काम गर्दा पट्टाई लाग्दैन, मन उच्चाट हुँदैन, समय वितेको पत्तो हुदैन । तत्काल गरिराखेको काममा दक्षता हासील गर्नुस्, लगाव दिनुस्, अनि मन पनि त्यसैमा लगाउनुस् त्यही काम सार्थक काम हुन जान्छ । यसरी तपाईं हरेक पल काममा लाग्न सक्नुहुन्छ । लकडाउनमा बस्न कुनै विलक्षण उपाय वा अर्कै प्रभावकारी कार्य खोज्न चाहिदैन । यो प्रमाणित तथ्य हो । प्रयास गरेर हेर्नुस् त !