परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

  कोरोना, लकडाउन र  वरदान

बन्दाबन्दी (लकडाउन) आफैमा पिडादायी शब्द र कठिन भोगाई त हुँदै हो तर यसको विकल्प पनि त छैन।

यो प्राकृतिक महाबिपत्तिलाई घरभित्रै बसि अन्य आबश्यक निर्देशनहरु पालन गरेर मात्रै परास्त गर्न सकिन्छ।

तर सरकार भने “लकडाउन” को बिकल्प नभएको कारण देखाई निरन्तर यसको अवधी थप्ने र चुप बस्ने मात्रै हो भने परिस्थिति कोरोना बाहेकका तमाम सम्भावि जटिलताको कारणले भयावह बन्ने निश्चित छ।

यो अवस्था एउटा यस्तो अवसर पनि हो जसलाई हाम्रो जस्तो मुलुकलाई वरदान सावित हुन सक्तछ, खाँचो छ त केवल दृढ इच्छाशक्तिको र इमानदार प्रयासको।

नेपालले देशलाई सम्पुर्ण रुपमा लकडाउनमा राखी फुर्सदिलो भै बसिरहेको बेला गर्न सकिने र गर्नैपर्ने अति महत्वोपुर्ण राष्ट्रहितका केहि उदाहरण हेरौं;

  • खुला सिमालाई नियमन गर्ने : अहिले कोरोनाको नियन्त्रणका खातिर नेपालले भारत संगको सीमामा आफ्नो गछ्यानुसारको सुरक्षा प्रवन्ध मिलाएको छ जुन प्रसंशनिय हो। यो महामारीबाट मुक्ती प्राप्त भयो भने पनि हामिले सीमालाई यथावत शुरक्षामै राख्नु पर्दछ। दुबै देशका नागरिकले राष्ट्रिय परिचयपत्र देखाई तोकिएको विवरण उल्लेख गरि दर्ता गरेर मात्रै दुबैतर्फ प्रवेषाज्ञा दिने अनिवार्यता लागू गर्नु पर्दछ। यसका लागि आबश्यक नाकाहरुको पहिचान र साधनसुबिधा सम्पन्न बनाउन आजैदेखि कार्यारम्भ गरिनु पर्दछ। क्रमस: भविष्यमा पासपोर्ट र भिसाको तह सम्म जानुपर्ने हुन सक्छ भन्ने सोच राख्नु पर्दछ। यदि यस्तो सोच नराख्ने हो भने ठूलो रुख मुनि रहेको निम्छरो बृक्षको अवस्थामा रहिरहनु पर्ने निश्चित छ। भावी पुस्तालाई यो पुस्ताले झैं देला र खाउँला भन्ने अवस्थाबाट मुक्त गर्नुपर्दछ।
  • नगद (नोट) रहित कारोबारको प्रारम्भ: नेपाल टेलिकमले प्रत्येक नागरिकलाई एउटा अपरिबर्तनिय मोबाइल नम्बर(भविष्यमा PAN नम्बरको रुपमा समेत उपयोगी हुने गरि) दिने र सो मोबाइलमा एउटा निश्चित रकम जम्मा गर्न सकिने मापदण्ड बनाई सोही मोबाईलबाट आफुले तिर्नुपर्ने कुनैपनी ब्यक्ती, ब्यबशाय वा संस्थालाई उसको मोबाइल नम्बर वा उसले दिएको बैंक खातामा तत्काल रकम तिर्न मिल्ने सहज सरल र भरपर्दो सुबिधा थप गरि तुरुन्तै सञ्चालनमा ल्याउने। यसलाई स्थाई प्रवन्ध बनाउने र समयानुकूल परिमार्जन गर्दै जानू पर्दछ।(नुन देखि सुन सम्म सबै कुराको बिल)
  • बिद्युतको व्यापक  उपयोग:  हरेक घरमा विशेष कारणको औचित्य पुष्टि नभए सम्म ग्याँस सिलिन्डर किन्न वा प्रयोग गर्न प्रतिबन्ध लगाई भान्सामा बिद्युतिय सामाग्रीको जडान गर्न लगाउने, यस्ता बिद्युतिय समाग्रीहरुको उत्पादन स्वदेशमा नै गरि सरल र सुलभ बितरणको ब्यबस्था मिलाउनु पर्दछ।
  • पेट्रोलियमको खपत घटाउने : बिद्युतिय उर्जामा आत्मनिर्भर हुँदै गरेको अवस्थामा पेट्रोलियमबाट चल्ने अधिकांस साधनहरुलाई क्रमस: बिद्युतिय साधनले प्रतिस्थापन गर्दै जाने र यस्ता साधनहरुको उत्पादन स्वदेशमा मै गर्ने कार्यको शुभारम्भ गर्नुपर्दछ।
  • फलफुल र तरकारिको आयात न्यूनीकरण गर्दै नियन्तृत गर्ने: कोरोनाबाट नेपाललाई पार्ने केही ठूला प्रभावहरुमध्य वैदेशिक रोजगारिमा रहेको जनशक्ति एकाएक स्वदेश फर्कने हुन सक्दछ।यसबाट बिप्रेसनमा मात्र होइन बेरोजगारीको अवस्थालाई पनि भयावह बनाउनेछ। त्यसकारण बेरोजगार जनशक्तिलाई यथोचित उत्पादनमा लगाई आत्मनिर्भर मात्रै होइन क्रमस: निकासिको अवस्थामा जाने सोचका साथ कार्यारम्भ गर्नुपर्दछ। प्रक्रिया पूरा गरि प्रमाणित अर्गानिक तरकारी/फलफुलको निकासिको योजना बनाई अबिलम्ब कार्यान्वयन गर्नुपर्दछ।
  • मासुजन्य आयात घटाउने: हिमाल पहाड तराई सबैखाले बाताबरण रहेको देशमा सबै हावापनिका माछा-मासु र दुग्धजन्य उत्पादनलाई आधुनिकिकरण र स्तरोन्नति गरि आत्मनिर्भर मात्रै होइन निकासिको अवस्था समेत शृजना गर्नुपर्दछ।
  • सडक बिस्तारको विकल्पमा जाने: हाम्रो जस्तो भौगोलिक अवस्था रहेको मुलुकमा सडकको भन्दा रोप वे र केवल कार को उपयोग बढी हितकर हुनेछ, ढुवानीका लागि रोपवे र यातायातका लागि केवलकार जस्तोसुकै भुगोलमा पनि सडकको तुलनामा हरेक दृष्टिकोणले उत्तम हुने कुरा पक्का हो। यसले पेट्रोलियमको खपत घटाई बाताबरण जोगाउनेमात्र होइन परनिर्भरता समेत घट्ने निश्चित छ।
  • अदक्ष जनशक्तिको निरयात घटाई दक्ष जनशक्तिको उत्पादन गरि निरयात गर्ने: आज संसारमै श्रमिक निर्यातकर्ता मुलुकको रुपमा पहिचान बनाएको हाम्रो देशले यसबाट जिबिकोपार्जन मत्र गरिरहेको छ, बरु यो जनशक्तिलाई स्वदेशमा नै उत्पादनको क्षेत्रमा उपयोग गरि गुणस्तरीय उत्पादन निकासी गर्नु बुद्धिमानी ठहर्ने छ। यसको बदलामा दक्ष जनशक्ति उत्पादनमा जोड दिने जुन जनशक्ति बिश्वबजारलाई ग्राह्य  होस भन्नेकुरामा हेक्का राखी भविष्यमा शिक्षार्जनका लागि नेपालमा जानुपर्दछ भन्ने अवस्था बनाउनुपर्दछ।
  • गाँजा खेती, मादक पदार्थ र सुर्तीजन्य पदार्थको बैज्ञानिक ब्यबस्थापन : यतिबेला यी दुबै वस्तुका आम्मलिहरु या त यी वस्तु प्राप्त गर्न असमर्थ छन्, या त महंगोमा उपलब्धछ, या त यसको सेवन घटाएकाछन, या त यो चिजको सेवन गर्नु गलत रहेछ भन्ने भित्रभित्रै अनुभूत गरिरहेकाछ्न्। यहि समयमा यी दुई वस्तुको खरिदबिक्री सम्बन्धि दीर्घकालीन र बैज्ञानिक विधि बनाई तत्काल लागू गर्न यो अत्यन्त उचित समय हो।

साथै सम्पुर्ण मापदण्ड र कार्यविधी तैयार पारी गाँजाको व्यावसायिक उत्पादनको थालनी गर्नुपर्दछ।

विविध:  बिश्व रङ्गमञ्चमा हामी र हाम्रो देश कुन स्थानमा छ यो कुरा जगजाहेर नै छ। मानवविकासका तमाम सुचाङ्कहरु हेर्दा देख्दा साशनको नेतृत्व र दलका नेताहरुलाई छुन्छ्की छुदैन होला? छुदैन भने त यसको के नै पो उपाए सुझाउन सकिएला र? यदि छुन्छ भने अब चेत खुल्ने बेला चैं भएकै हो, तिसौं वर्ष सत्ताबाहिर बसेर त्यतिवेला देखिएका सपनाहरु, भावनाहरु, कल्पनाहरु र जपनाहरु देश निर्माणमा खर्लप्पै लगाउने बेला टर्नै आँटेन र ? किन कि अर्को तीस बर्षपनी उसैगरी आफ्नै काँधमा राखी डम्पिङ्ग साइटमा फ्याँक्नै लाग्दा इतिहासले आफु स्वयं र आफ्नो पुस्ताको मुल्यांकन  कस्तो गर्ला ?  यो प्रश्नको जवाफ खोज्ने र इमान्दार प्रायासले जनताको साथ र विश्वासमा अघी बढ्ने हो भने, देशभन्दा दल वा नेता-कार्यकर्ता महत्त्वपूर्ण  हुन सक्तैनन् झन म त के नै पो हुँ र भन्ने चेतनाका साथ लाग्ने हो भने यो कोरोना हाम्रोलागि वरदान साबित अबश्य हुनेछ। आखिर शक्ति, प्रविधी, घमण्ड र अभिमान सबै कोरोनाका अघिल्तिर नतमस्तक नै त देखियो नि, होइन र !

अन्य आकर्षणहरू

कोरोनाले हामिभित्र रहेका थुप्रै भ्रमबाट हामिलाई मुक्त हुन सिकाएकोछ जस्तै:-

  • हामिलाई लाग्दथ्यो अमेरिकन र युरोपियनहरु सबभन्दा बुद्धिमान र सामर्थ छ्न तर त्यस्तो केही रहेनछ।
  • हामिलाई लाग्दथ्यो तन्त्र-मन्त्र, पंडित पास्टर, मौल्वि  र लामाहरु संग हरेक रोगको अचुक उपचार हुन्छ तर आज सबै लक्डाउनमा रमिते मात्र होइन निरिह छ्न।
  • हामिलाई लाग्दथ्यो पेट्रोलियम पदार्थ बिना जीवनगती ठप्प होला तर जीवन चलिरहेछ।
  • हामी कतिपयलाई लाग्दथ्यो तारे होटल र रेस्टुरेन्टका स्वादिष्ट ब्यञ्जन, सपिङ कम्प्लेक्स, सिनेमा घर, मनपर्ने मध्यपान र धुम्रपान आदि कुराहरुबिना जीवन असम्भव छ तर जीवन त सम्भव रहेछ।
  • केवल मानव बाहेक अरु कोहि पनि लकडाउनमा छैनन्, नदिहरु बगिरहेछ्न् पहिले भन्दा सफा, हावा चलिरहेछ पहिले भन्दा स्वच्छ, पंछिहरु उडिरहेछन् पहिले भन्दा निस्फिक्री, हरियाली झनै शुन्दर भएकोछ, बन्यजन्तुले इतिहासकै असिम सुरक्षा र स्वतन्त्रताको अनुभव गरिरहेकाछ्न् र

अन्तमा, लक्डाउनले पृथ्वीको घाउ सञ्चो पार्दैछ र यसको आयु बढिरहेको छ। के अझै पनि मान्छे भ्रममा नै रहन सुहाउला त ?

आउनुहोस कोरोनाले खोलिदिएको बुद्धिको बिर्को उघारौं र

ब्यक्तिगत स्वार्थ त्यगौं, राष्ट्रिय स्वार्थमा लागौं ।

प्रवल-इच्छा-शक्तिको एकमात्र खाँचो छ।

नेपालको जय होस!

Facebook Comments