परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जेठ ५ सम्म लकडाउन, कोरोना संक्रमितको संख्या ९९

एकै दिन बीरगन्जमा १७ जना संक्रमित

काठमाडौँ, बैशाख २४ । सङ्घीय सरकारले कोरोना भाइरस कोभिड-१९ को रोकथामका लागि लकडाउन आउँदो जेठ ५ गतेसम्मका लागि थप गरेको छ । यसअघि  लकडाउनको अवधि भोलि २५ गतेसम्मका लागि थप गरिएको थियो ।

पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएको पृष्ठभूमिमा नेपाल सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको  हो । सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा जेठ १८ सम्म रोक लगाइएको छ ।

मन्त्रिपरिषद्को बैठकले पुस्तक पसललाई सञ्चालन गर्न दिने तथा खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्ने सहित ४२ प्रकारका उद्योग पर्सिदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

एकै परिवारका १७ जना सङ्क्रमित

वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित एकै परिवारका १७ जनालाई आज कोभिड १९ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् । यससँगै देशभरमा कोभिड १९ का संक्रमितको संख्या ९९ पुगेको छ । निको भएर फर्केका ३ जनामा फेरि कोरोना संक्रमण देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments