परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

महामारी पछिको विश्व आर्थिक संरचना

करिव छ महिना अघि सुरु भएको कोरोना महामारीको रोकथाम सँगै अहिलेको विश्व अर्थतन्त्रको संरचनामा पनि परिवर्तन आउने छ । यो संरचना हरेक देशको कुल ग्राहस्त उत्पादनको ह्रास र बृद्धिमा आउने परिवर्तनमा मात्र सीमित हुने छैन । त्यसले अर्थतन्त्रको औद्योगिक वर्गीकरणको संरचना, सामाजिक, राजनीतिक तथा सामरिक क्षेत्रमा पनि परिवर्तन आउनेछ । अल्पविकशित र अविकसित देशहरुलाई पनि आत्मनिर्भर हुनु पर्ने रहेछ भन्ने पाठ सिकाउनेछ भने ती देशहरुमा केही नयाँ कुराको खोजीे हुनेछ ।

अहिले हरेक दिन तीब्र रुपमा कोरोना संक्रमित बिमारीको संख्याको आंकडा वृद्धि भइरहेको छ भने अर्कोतिर यस रोगको निश्चित खोपको विकास नभइराखेको अवस्थामा महामारीको अन्त्य कहिले हुने टुङ्गो छैन ।

यो महामारीलाई हाम्रो देशका बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी प्रणालीलाई विद्युतीय माध्यम वा अनलाईन पेमेन्ट एप, मोवाइल बैङ्किङ माध्यमको विस्तार गर्ने अवसरको रुपमा प्रयोग गरिरहेका छन् । विकासशील देशको अर्थतन्त्रलाई नगदरहित (क्यासलेस) पद्धतीमा विकास गर्न यो महामारीको अवसर सिर्जना गरेको छ । विस्तारै विकासशिल देशहरुमा अनलाईन भुक्तानी प्रणालीको प्रयोग आउने छ । सडकपेटीमा सञ्चालित चिया पसलमा एक कप चिया खाएर १० रुपयाँ मोवाइल मार्फत पेमेन्ट गर्ने प्रणालीतर्फ अल्पविकसित देशहरु पनि उन्मुख हुन सक्नेछ ।

विश्वमा विगतमा देखिएका ठूला महामारी अवधिका हिसावले हेर्दा कम्तिमा पनि एक वर्ष र त्यसभन्दा बढी समयसम्म मानव सभ्यतालाई आफ्नो पकडमा पारेको देखिन्छ । जस्तो दोस्रो विश्वयुद्धको दौरानमा आएको स्पेनिस फ्लू सन् १९१८ देखि १९२० सम्म दुई वर्षसम्म विश्वभरी नै उत्पात मच्चाएको थियो । त्यसैगरी सन् १९५७–५८ मा फैलिएको एसियन फ्लूका कारण ४० लाख मानिसको मृत्यु भएको थियो । यी केही उदाहरणले के स्पष्ट हुन्छ भने विगतमा देखापरेका ठूला महामारीहरुले मानव सभ्यतामा केही वर्ष आफ्नो हैकम जमाएर बसेका थिए । विगतमा देखापरेका महामारीले ठूलो संख्यामा मानिसको ज्यानमात्र लगेको थिएन। उनीहरुको आर्थिक, सामाजिक, राजनीतिक संरचनामा पनि ठूलो हलचल मच्चाएको थियो ।

हिजोआज विश्वमा धेरै देशहरु र विश्वविद्यालयहरु कोरोना भाइरसको  खोप बनाउन लागी परेका छन् । यदि खोप तयार भयो भने पनि विश्वका सबै मानिसले एकै पटक प्राप्त गर्न सक्दैनन् । त्यसकारण यो भाइरसको नियन्त्रण हुन समय लाग्छ । त्यसबेलासम्म विश्वका सबै देशहरुले ठूलो आर्थिक समस्याको सामना गर्नु पर्ने हुन्छ । विश्वका धेरै देशहरुमा आर्थिक मन्दी आउने छ । विश्व आर्थिक रणनीतिका आधारहरु मात्र नभई विश्व व्यापारको केन्द्रमा परिवर्तन आउनेछ ।

यो महामारीको दौरानमा विश्वभरि धेरै व्यावसायिक क्षेत्र ठप्प छन् । कच्चा तेलको मूल्यमा गिरावट आउने क्रम रोकिएको छैन । होटल व्यवसायदेखि सिनेमा उद्योग ठप्प छ । खेलकुद, शिक्षा, निर्माण र उत्पादन क्षेत्रमा पनि महामारीको प्रभाव परेको छ । तर यो महामारीसँगै धेरै देशमा लकडाउन भइरहेको अवस्थामा पनि केही क्षेत्रहरुले राम्रोसँग व्यापार गरिरहेका छन् । मेडिकलजन्य सामग्री उत्पादन गर्ने, खाद्य सामग्रीहरु प्रशोधन गर्ने उद्योग तथा व्यवसायहरु सञ्चालित छन् । त्यसैगरी इन्टरनेटको माध्यमबाट अनलाईन व्यापार गर्ने विश्वमा ठूला अनलाईन कम्पनीहरुले राम्रो व्यापार गरेका छन् । आगामी दिनमा मात्र होइन महामारीको रोकिए पछि पनि इन्टरनेटको प्रयोग गरी अनलाईन मार्फत व्यवसाय गरी आम्दानी गर्ने लहरमा तीव्रता आउने छ । अहिले इन्टरनेटबाट सिनेमा उद्योग पनि आफूलाई जोगाउन प्रयासरत छन् भने आगामी दिनमा अल्पविकसित देशहरुमा पनि अनलाईन शिक्षा, स्वास्थ्यको संरचनामा विस्तार हुनेछ ।

यो महामारीलाई हाम्रो देशका बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी प्रणालीलाई विद्युतीय माध्यम वा अनलाईन पेमेन्ट एप, मोवाइल बैङ्किङ माध्यमको विस्तार गर्ने अवसरको रुपमा प्रयोग गरिरहेका छन् । विकासशील देशको अर्थतन्त्रलाई नगदरहित (क्यासलेस) पद्धतीमा विकास गर्न यो महामारीको अवसर सिर्जना गरेको छ । विस्तारै विकासशिल देशहरुमा अनलाईन भुक्तानी प्रणालीको प्रयोग आउने छ । सडकपेटीमा सञ्चालित चिया पसलमा एक कप चिया खाएर १० रुपयाँ मोवाइल मार्फत पेमेन्ट गर्ने प्रणालीतर्फ अल्पविकसित देशहरु पनि उन्मुख हुन सक्नेछ ।

अहिले विश्वमा ठूलो आर्थिक संरचना भएको देश संयुक्त राज्य अमेरिका, चीन, युरोपियन युनियन आवद्ध देशहरुमा आर्थिक प्रभुत्वमाथि जोडघटाउ हुने क्रम सुरु भै सकेको छ । सोभियत संघको विघटन पछि विश्वमा आफ्नो एकलौटी राज गरिरहेको संयुक्त राज्य अमेरिकालाई आफ्नो आर्थिक, सामरिक दवदवा कायम राख्न धौ धौ पर्नेछ । वर्तमान समयमा कोरोना महामारीबाट सबैभन्दा धेरै संक्रमित संख्या संयुक्त राज्य अमेरिकामा छ र महामारीबाट मृत्यु हुनेको संख्या पनि धेरै छ । यो महामारीको पछिल्लो डेड महिनाको दौरानमा करोडौँ मानिसले रोजगार गुमाएका छन् । उनीहरुलाई पहिलेकै अवस्थामा फर्काउन समय लाग्ने छ । अर्कोतिर यूरोपियन यूनियमा आवद्ध देशहरुको आर्थिक अवस्था पनि कमजोर बन्दै गइरहेको छ । तर अर्थतन्त्रका संरचनाहरु भत्किए पछि त्यसको पुनःनिर्माणका लागि लगानी गर्न सकिने भएका कारण अहिले सिर्जना भएको संकटलाई यी देशहरुले अवसरका रुपमा सदुपयोग गरी अल्पकालीन रुपमा कमजोर बनेको आर्थिक संरचनालाई दीर्घकालमा पहिलेको भन्दा पनि बलियो रुपमा विकास गर्न सक्नेछन् ।

विश्व अर्थतन्त्रको नेतृत्व चीन र भारतले गर्ने र एसिया नयाँ आर्थिक केन्द्र हुने सम्भावनालाई नकार्न मिल्दैन । यो महामारीको प्रभावलाई भारतले थोरै नोक्शानीमा रोक्न सक्यो र आर्थिक गतिविधिलाई पुरानै लयमा छिट्टै फर्काउन सफल भयो भने विश्वको पहिलो र दोस्रो ठूलो जनसंख्या भएका यी दुई देशले विश्व अर्थतन्त्रको नेतृत्व गर्न सक्ने देखिन्छ । यी दुई देशले वैदेशिक लगानी भित्र्याउन सके सस्तो श्रमको प्रयोग गरी उत्पादन विस्तार गर्न सक्नेछन् । यी दुई देशमा मध्यम वर्गको संख्यमा वृद्धिसँगै विश्व बजारको केन्द्र पनि यी दुई देश नै हुनेछ ।

प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प, बाडी पहिरो, सुनामी आदिले जसरी आर्थिक संरचनालाई पुरै ध्वस्त नपारी यो महामारीले ती आर्थिक संरचनाहरु चलायमान हुनबाट रोकेको मात्र हो । त्यसकारण कुनै पनि देशको अर्थतन्त्र जुन अवस्थामा रोकिएको छ त्यही अवस्थामा पुनः ल्याउन सक्नु चुनौतिका रुपमा रहने देखिन्छ । नयाँ संरचनाको निर्माण गरी अर्थतन्त्रलाई नयाँ दिशा दिने वा भइरहेको संरचना जुन महामारीका कारण बन्द छ त्यसलाई पुनःसञ्चालनमा ल्याउन तुलनात्मक अध्ययनगरी आगामी अर्थतन्त्रको संरचना निर्धारण गर्नु आवश्यक छ ।

अहिलेको आर्थिक संरचना खुल्ला हो जहाँ तुलनात्मक लागत लाभको आधारमा वस्तु तथा सेवाहरुको उत्पादन गरिन्छ । आज विश्वको एउटा कुनाबाट अर्को कुनामा मानिसहरु एक गाउँ सरह काम गर्न जाने गर्दछन् तर केही समय यो श्रम प्रवाहमा कमी आउने देखिन्छ । खासगरी नेपालजस्ता देशका मानिसहरु जो रोजगारका लागि विदेश जाने र अति आवश्यक वस्तु तथा सेवाहरु स्वदेशमा उत्पादन नगरी विदेशबाट आयात गर्ने अवस्थामा छन् ती देशहरुबाट विप्रेषणमा आधारित अर्थतन्त्र विस्तारै परिवर्तन भइ आत्मनिर्भरता तर्फ जाने अवस्था देखिन्छ । तर यो ती देशहरुका राजनीतिक नेतृत्वको चेतनामा निर्भर गर्नेछ । किनभने, धेरैजसो अल्पविकसित देशमा राजनीतिक अस्थिरता छ भने जुन आर्थिक विकासको बाधकका रुपमा रहनेछ ।

यो महामारीको दौरान धेरै मानिसहरुले सेवा क्षेत्र, उद्योग क्षेत्र, पर्यटन क्षेत्रबाट रोजगार गुमाउने कारण एक पटक कृषि क्षेत्रमा मानिसको आकर्षण बढ्ने छ । जीवन निर्वाहमुखी नै भए पनि मानिसले कृषिलाई जीवन निर्वाह गर्ने सुरक्षित व्यवसायको रुपमा हेर्नेछन् । पैसा नकमाए पनि भोकभोकै मर्नु त पर्दैन भन्ने सोचको विकास हुनेछ । जुन सोच अविकसित देशहरुका लागि आर्थिक विकास गर्ने अवसर हुनेछ ।

महामारीका कारण विश्व श्रम बजारमा भारी गिरावट आउने छ । केही उद्योगहरुले मानिसको विकल्पको रुपमा मेसिन र रोबटको प्रयोगमा जोड दिनेछन् । यसबाट महामारीका दौरान कम श्रमिकबाट हुने आर्थिक, शारीरिक, मानसिक र स्वास्थ्यका दृष्टिकोणबाट हुने जोखिम कम हुन्छ । तर श्रम बेच्ने श्रमिक नै उपभोक्ता भएका कारण  व्यापारलाई दीगो रुपमा सञ्चालन गर्न पुनः श्रमिकको माग हुनेछ । त्यसकारण अहिले भइरहेको रेमिट्यान्सको प्रवाहमा गिरावट बिस्तारै बढ्ने दिशामा जानेछ ।

प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प, बाडी पहिरो, सुनामी आदिले जसरी आर्थिक संरचनालाई पुरै ध्वस्त नपारी यो महामारीले ती आर्थिक संरचनाहरु चलायमान हुनबाट रोकेको मात्र हो । त्यसकारण कुनै पनि देशको अर्थतन्त्र जुन अवस्थामा रोकिएको छ त्यही अवस्थामा पुनः ल्याउन सक्नु चुनौतिका रुपमा रहने देखिन्छ । नयाँ संरचनाको निर्माण गरी अर्थतन्त्रलाई नयाँ दिशा दिने वा भइरहेको संरचना जुन महामारीका कारण बन्द छ त्यसलाई पुनःसञ्चालनमा ल्याउन तुलनात्मक अध्ययनगरी आगामी अर्थतन्त्रको संरचना निर्धारण गर्नु आवश्यक छ ।

naradrijal45@gmail.com  

Facebook Comments