परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जनमतमा विग्रह पराजित

कोरोना महामारीको विश्वव्यापी संक्रमणबाट हाम्रो मुलुक पनि अछुतो रहन सकेन । आजको विश्व भूमण्डलीकरणको परिवेशमा अछुतो रहन सक्ने कुरो पनि भएन । हाम्रो मुलुक समयमै संयम र सावधानीका कारण अन्य देशको तुलनामा कम प्रभावित छ । अहिलेसम्म कोरोना आयातित रुपमै रहेको र समुदायमा नफैलिइसकेकोले त्यति आत्तिनुपर्ने स्थिति छैन र पनि ढुक्क हुने स्थिति बनेको छैन । अहिलेसम्म संक्रमितको संख्या ८२ छ । त्यसमा १६ जना निको भएर घर फर्केका छन् । अरुको उपचार भैरहेको छ । उपचारमा रहेकाहरुको अवस्था सामान्य छ । अहिलेसम्म कोरोनाका कारण एकजना पनि नेपालीको मरण भएको छैन । विश्वमा लाखौं मानिसको मृत्यु हुँदा हामीकहाँ एकजनाको पनि मृत्यु नहुनु एकातिर खुशीको विषय छ भने अर्कोतिर खुशीलाई बर्कारर राख्न त्यत्तिकै संयम तथा उपचारको बन्दोबस्ती आवश्यक छ ।

जीवन र मरणसित गाँसिएको यस संगीन घडीमा पनि राजनीतिमा विग्रहको खेती गरेर आत्मरति लिनेहरुले आफ्नो खेतीपाती नगरी बस्न सकेनन् । जसका कारण हामीलाई दुइवटा लडाइँ लड्नु प¥यो । एउटा कोरोना विरुद्धको लडाइँ जो चलिरहेको छ । अर्को बेमौसमी राजनीतिक विग्रहविरुद्धको लडाइँ । मुलुकमा नेकपाको दुई तिहाई नजिकको सरकार छ । नेकपाले मुलुकलाई राजनीतिक स्थिरता दिन्छौं, सुशासन दिन्छौं, सुख र समृद्धि दिन्छौं, हामीलाई मत दिनुहोस् भनेर मत मागेको थियो।

यसलाई कम्युनिष्ट पार्टीका जिम्मेवार नेता, कार्यकर्ता र आम मतदाता नजिकैबाट हेरिरहेका थिए । सुनिरहेका थिए। हेर्दै गर्दा धेरै अपशकून देखे । अपशकूनमा निहीत स्वार्थका लागि नेतृत्व परिवर्तन गर्दै पार्टी विभाजनसम्मको अपशकून देखियो । सुन्दै गर्दा टूट फूटको कान टट्याउने ध्वनि आयो । अनि त धैर्यको बाँध थामिएन । पार्टीपंक्ति, जिम्मेवार नेता, कार्यकर्ता, किसान, मजदूर तथा नागरिक समाज गर्जन थाले– पार्टीलाई गिजोल्न पाइन्न, होंडल्न पाइन्न । पार्टी विभाजन गर्न पाइन्न, हुन्न, दिइन्न । हामी एकताको पक्षमा छौं । विभाजनको पक्षमा लाग्नेहरु राष्ट्रघाती हुन् । नेकपा हाम्रो त्याग, तपस्या, बलिदान र मतदानबाट हुर्किएको गौरवशाली पार्टी हो । यो अविभाज्य छ।

सधैभरि अस्थिरता, अविकास र भ्रष्ट्राचारमा पिल्सिएका नेपाली जनताले स्थिरता, सुशासन र सुख समृद्धिलाई भनेर सर्लक्क भोट दिए । जनताको म्यान्डेट अनुसार सरकार बन्यो । समृद्धिका लागि पूर्वाधारको रुपमा नयाँ नियम, कानुन निर्माणदेखि प्रशासनिक संरचना र भौतिक पूर्वाधार निर्माण गर्दै सरकारले काममा लय लिइरहेको थियो । यस बेला अकस्मात् विग्रहको खेतीपाती गर्नेहरुले नेतृत्वलाई नै चुनौती दिने गरी विग्रह सुरु गरे । यस्तो विग्रह हामीकहाँ प्रवृत्तिगत रुपमा पहिले पहिले पनि नआउने गरेको होइन । अहिले पनि आयो । यो प्रवृत्ति नेपालमा कम्युनिष्ट पार्टीहरुमा बढी रह्यो।

अरु पार्टीहरु पनि यसबाट कम प्रभावित रहेनन् । यही प्रवृत्तिको कारण हो, प्रजातन्त्र पुनर्वहालीपछि बनेको नेपाली काँग्रेसको बहुमतको सरकार ढालियो र मध्यावधि चुनाव गरियो । त्यसपछि काँग्रेस कमजोर हुँदै गयो र फुट्यो पनि । बहुमतको नजिक जान लागेको एमाले पनि फुटेर खुच्चिङ् भएको हो । पञ्चहरुको पार्टी राप्रपामा त्यही स्थिति आयो । एउटा पार्टी तीन टुक्रा भयो । हरि विजोग ! समयको तकाजा, काँग्रेस फेरि एक भयो, हुनुप¥यो । राप्रपा पनि अहिले एक भएका छन्।

निरंकुश राजतन्त्र फाल्नका लागि एक्ला एक्लै लड्दा राजतन्त्र टसको मस भएन । अनि युद्धरत माओवादी, एमाले र काँग्रेस समेत सबै दल मिलेर लडेपछि बल्ल अढाई सय वर्षदेखि जरा गाडेर बसेको राजतन्त्र फालिएको हो । नजिकको विचार राख्ने पार्टीहरुको पनि एकता नहुँदा संविधान बनाउनका लागि बन्ने संविधानसभाको निर्वाचन दुई पटक गर्नुप¥यो । बढो सूझबूझमा पार्टीगत एवं राजनीतिक एकता भएर मात्र गणतन्त्रको संविधान बनेको हो।

बहुदलका पक्षधर भएर पनि कार्यगत एकता हुन नसक्दा ०३६ सालको जनमत संग्रहमा बहुदलले हारेको हो । यी यस्तै हण्डर, ठक्कर खाँदै, अनि यी यस्तै ग्रह विग्रहबाट चेत्दै आएपछि बल्ल एमाले र माओवादीबीच चुनावी बाम एकता भयो । यही एकताको भरोसामा नेपाली जनताले दुई तिहाई मत कम्युनिष्टलाई दिए । दुई बाम एकताको बलमा दुई तिहाइ नजिकको मत प्राप्त भयो । त्यसैको प्रभावमा पार्टी एकीकरण भई इतिहासमा सबभन्दा बलियो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो।

अहिले देशमा त्यसको सरकार छ । विभिन्न गाह्रा साँघुरालाई चिर्दै लय समात्न लागिरहेको छ । यस्तो अवस्थामा पनि लागेको बानी कहिल्यै नजानी भने जस्तै विग्रहको खेती नगरी बस्न नसक्नेहरुले आफ्नो खेती सुरु गरिहाले । समृद्धिको नयाँ एजेण्डासित हैन, मात्र कसैलाई प्रधानमन्त्री, कसैलाई अध्यक्ष, कसैलाई मन्त्री यस्तै यस्तै भिन्न भिन्न लाभका पदका लागि यो खेती गरियो । यसलाई बेमौसममा सरकारले ल्याएका दल र संवैधानिक परिषदसित सम्बद्ध अध्यादेशले पनि मलजल गरे । तर, सरकारले समयमै जनमतलाई ख्याल गरेर यसलाई फिर्ता ग¥यो । यस फिर्तिलाई सूझबूझ नै मान्नुपर्छ।

तर, अध्यादेश फिर्ति पश्चात् आत्मसमीक्षा गरेर विग्रहका मतियारहरुले आफ्नो खेती बन्द गरेनन् । बरु यसबाट फाइदा उठाउन चाहनेहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरे । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र अरु पार्टीहरु समेतले यसलाई बेमौसममा अस्थिरताको बाजा भनेर विरोध गरे । तर, पार्टीभित्रका विग्रहवादीले परचक्रियलाई रासायनिक मल हाल्ने अवसर समेत मिल्ने गरी आफ्नो कर्तुत जारी राखे।

यसलाई कम्युनिष्ट पार्टीका जिम्मेवार नेता, कार्यकर्ता र आम मतदाता नजिकैबाट हेरिरहेका थिए । सुनिरहेका थिए। हेर्दै गर्दा धेरै अपशकून देखे । अपशकूनमा निहीत स्वार्थका लागि नेतृत्व परिवर्तन गर्दै पार्टी विभाजनसम्मको अपशकून देखियो । सुन्दै गर्दा टूट फूटको कान टट्याउने ध्वनि आयो । अनि त धैर्यको बाँध थामिएन । पार्टीपंक्ति, जिम्मेवार नेता, कार्यकर्ता, किसान, मजदूर तथा नागरिक समाज गर्जन थाले– पार्टीलाई गिजोल्न पाइन्न, होंडल्न पाइन्न । पार्टी विभाजन गर्न पाइन्न, हुन्न, दिइन्न । हामी एकताको पक्षमा छौं । विभाजनको पक्षमा लाग्नेहरु राष्ट्रघाती हुन् । नेकपा हाम्रो त्याग, तपस्या, बलिदान र मतदानबाट हुर्किएको गौरवशाली पार्टी हो । यो अविभाज्य छ।

मुलुकमा अवाञ्छनीय गतिविधि भैरहँदा पार्टीको सर्वोच्च जिम्मेवार निकाय नेकपाको पार्टी सचिवालय टुलुटुलु हेरेर बसिरहन सक्दैनथ्यो । यसले जिम्मेवारी लियो । अवाञ्छित गतिविधिमाथि सार्थक हस्तक्षेप गरी सचिवालयले समन्वयका माध्यमबाट एकताको पक्षमा, स्थिरताको पक्षमा, समृद्धिको पक्षमा, राष्ट्र र जनताको पक्षमा अर्थपूर्ण निर्णय लियो । जो निर्णय अन्य पार्टीहरुका लागि पनि उदाहरणीय हुन आयो।

सचिवालयले कमी कमजोरीहरुको समीक्षा गरी आत्मालोचित हुँदै पार्टीभित्र एकमना भएर अघि बढ्ने निर्णय गरेको छ । यस्तै सचिवालयले एकतावद्ध भएर स्थिरता र समृद्धिका लागि नेतृत्वलाई जोगाउँदै संशय तथा विग्रहका अवाञ्छित प्रवृत्तिहरुलाई चिर्दै अघि बढ्ने दृढ निर्णय गरी उप्रान्तको मार्ग प्रशस्त गरेको छ।

लगत्तै बस्ने स्थायी समितिको बैठकले सचिवालयको अर्थपूर्ण निर्णयलाई केन्द्र भागमा राखेर वस्तु तथ्यको विशद विवेचना गरी राष्ट्र र जनताको पक्षमा थप निर्णयहरु गर्नेछ र उप्रान्तको लागि अरु मार्ग प्रशस्त गर्ने छ भन्ने विश्वास छ।

सावुनपानीले हातमुख धोएर र निश्चित शारीरिक दूरीभित्र रहेर कोरोनालाई भगाऔं ।

गण्डकी, कोशी, कर्णालीको कन्चन जलले मनको मैलो धोइलो पखाली शुद्ध मनले राष्ट्र निर्माण गरौं ।

तिलोत्तमा, बुटवल

Facebook Comments