परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संकटका बेला सबैको सहयोग अपरिहार्य

संखुवासभा । काठमान्डौं सेवा समाज” ले  संखुवासभा बाट काठमाण्डौ आएर बसेका विद्यार्थी,मजदुर र समस्यामा परेका  परिवारलाई खाद्यान्न वितरण गरेको छ । बुधबार र बिहीबार दुई चरणमा गरी २३९ परिवारलाई खाद्यान्न वितरण गरिएको हो । संखुवासभाका १० वटा स्थानीय निकाय (५ नगरपालिका तथा ५ गाउँपालिक) लाई मध्यनजर राखेर समन्वय  गरिएको थियो । यसै गरी दीर्घ रोगी हरुलाई उहाँहरूकै डेरामा लगेर खाद्यान्न उपलब्ध गराईएको थियो ।

संस्थाका अध्यक्ष जीवन राईका अनुसार  यस राहत कार्यक्रमले लक डाउनका कारण के खाने भन्ने गुनासो बढेपछि, सबै विद्यार्थी,मजदुर र समस्यामा पर्नु भएका जिल्ला वासीलाई समेट्ने कोसिस गरिएको छ । कार्यक्रम निरन्तर रहने छ । उहाँले संकटको यस घडीमा हामी सबै मानवीय सेवामा जुट्नु पर्ने र हामी सबैको सहयोग अपरिहार्य भएको हुँदा सकेको सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।

त्यसै गरी संस्थाका सचिव तथा अनेरास्ववियुका केन्द्रिय सदस्य उत्तर बहादुर खड्काले पहिलो चरण अन्तर्गतको राहत वितरण कार्यक्रम  चावहिल,कपन,जोरपाटी, मैतीदेवी, कोटेश्वर, कौशलटार , सातदोबाटो, कीर्तिपुर, कलङ्की र बालाजु आसपासको क्षेत्रमा गरी सकिएको र अन्य क्षेत्रको समेत योजना गर्दै गरेको जानकारी दिनु भएको छ । उहाँले साँच्चै समस्यामा पर्नु भएका संखुवासभा वासी हरुको पहिचान र सहयोगमा कुनै कसर बाँकी नराख्ने आफ्नो प्रतिवद्वता जारी गर्नु भएको छ ।

यस अभियानको समन्वय गरी रहनु भएका विज्ञान दाहालले संकटको यस घडीमा समस्यामा परेका विद्यार्थी र मजदुर हरुमा खाद्यान्न पुर्याउन सबै सहयोगी मनहरु एकजुट हुनु पर्ने कुरा व्यक्त गर्नु भयो । साथै,सहयोगको यो शिलशिला निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

संखुवासभा बाट काठमाडौं बिरामी भएर आउनु भएको २ जना मृगौला रोगी र अरु ४ जना विभिन्न रोगीलाई आवश्यक खाद्यान्न उहाँहरुको डेरा मै लगेर उपलब्ध गराइयो । संकटको यस घडीमा जिल्लावासीको नाताले गरेको यो गुण कहिल्यै नविर्स नसक्ने भन्दै धन्यवाद दिनु भएको  थियो ।

Facebook Comments