परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

काल आएपछि

कविता (अनुष्टुप छन्द)

मासिनू छ भने बाँस गम्केर फुल्छ झ्याङमा
काल आएपछि स्याल आफैँ पस्छ बजारमा।
मर्ने बेला कमीलाका लामा प्वाॅख पलाउँछन्
दाइका रिसले भाइ लाहा-गृह बनाउँछन।

काग बाठो हुँदा बिष्टा मीठो मानी चपाउँछ
नकच्चरो छ जो मान्छे झ्यालबाट चिहाउँछ।
धुन्धुकारी भए कोही सात पुस्ता डुवाउँछ
मूर्खले गौंथली मार्न घरैमा आगो लाउँछ।

व्वाँसालाई कहीँ जानू छैन पुग्नु कतै पनि
पछाडि परिने हो कि चिन्ता गर्दछ रै पनि
आँखामा कहिले मुत्छ कैले चाक कन्याउँछ
सम्झी सिकारको स्वाद लोभी मूख मिठ्याउँछ।

अन्य आकर्षणहरू

पर्दा उघार्न आओ

नशालु ती आँखा

बल्झिएर रोएँ !

साम्यवादको नक्कली रटान

पश्चाताप

मै जूरे, म तिखे, तारे, मै हुॅ फुर्के भने पनि
लगौटी छ कहाॅ तिम्रो छामी हेर त कन्दनी।
कहाँ छौ जून झार्ने हो ! यहाॅ छ मात्र बादल
भांग्रो खोलेर के नाच्छौ दिँदैन ताल मादल।

चर्को भाषणमा कुण्ठा, दम्भ, द्वेष सुसाउँछ
अरूका निम्ति गौंडामा पासो थापी रमाउँछ।
सिँगौरी हान्छ, डुक्रिन्छ, कान्ति फेर्छ मुहारको
साँचो खोस्न कुदेको छ मान्छे वालुवाटारको !

Facebook Comments