परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाम्रै कथाहरूको कुरा

प्रिय रघुजी,

फिनिक्स चराको जस्तो जिन्दगी भइसक्यो । तपाईँले भनेझैं “लकडाउन गुरूकुल” मा बिलिन भएका कारण सान्सारिक रंगहरूसँगको सहवास टुट्यो । दिमागमा लेख्न लायक केही फुरेन । जब अलि-अलि विचारको हलचल भएको अनुभूति भयो, यो पत्र लेख्‍न बसेँ ।

“जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ

सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ”

मलाई हिजोआज रामकृष्ण ढकालको गायनमा कुनै समय खूब चलेको यो गीत अरूभन्दा बढी सान्दर्भिक लाग्ने गर्छ । श्रीमती साथमा हुँदा मलाई यो गीत गाउन दिन्नन् । यस्तो गाउने बेलै भाको छैन रे । अहिले उनी लकडाउनका कारण गाउँतिरै अड्केकी छिन् । मलाई कराई कराई गाउने स्वतन्त्रता छ । हो नि, धेरै बाँच्न पनि बाँकी छ, मर्न पनि बाँकी छ । हिसाब बराबर । बाँच्ने कति हो, मर्ने कहिले हो थाहा त छैन । हुँदा पनि हुँदैन । नहोस् पनि । भन्छन् मृत्युलाई जितुञ्जेल बाँचिन्छ रे । म त भन्छु, मृत्युको पञ्जामा नपरूञ्जेल बाँचिन्छ। उम्किन सके बाँचिन्छ । तर यसको मतलब त्यसले सदाका लागि छोड्ने हो र !

यो संसार ठूला कुराले मात्र चल्ने भए नाथे भाइरसले यत्तिको थर्काउँथ्यो र ? त्यसैले आज म सानातिना कथाका कुरा गर्छु । हाम्रा टुटेफुटेका जीवनका टुटेफुटेका कथाहरूको पनि त पालो आउनु पर्‍यो नि । हामी सबै लेखौँ न कथा।  कथाको बाढीले त बगाउँदैन नि, थला पार्दैन अनि मार्दैन नि ।

अब त यस्तो लाग्न थालेको छ, बन्दाबन्दी खुलेपछिको खुलापनमा पनि उत्तिकै दिगमिग, वाकवाक, झुकझुक लाग्ने होला हामीलाई । चिलले तर्साएर खोर्सानीको झाङमुनि लुकेका चल्लाजस्तै भइसक्यौं हामी । झाङबाट बाहिर आउँदा कति होशियारी देखाइने हो थाहा छैन । यो ग्रहका महाज्ञानी, पराक्रमी, अजेय प्राणी भन्ने हामी हिलो दहमा घण्टौँ चोपलिएका बिरालाका ङ्‌याउराजस्तै भइसक्ने होला अब थपिएको बन्दाबन्दी पछि । आखिरमा, कसैले कान दिए कराउने, आँखा दिए देखाउने, नाक दिए सुँघाउने, जिब्रो दिए चखाउने र शरीर दिए चिमोट्ने सम्भव पराक्रमले नै त मानिसलाई मै हुँ भन्न सिकाएको रहेछ । अदृश्य प्राकृतिक शक्तिले थर्काएपछि आफ्नै जात, वन्धुवान्धव र साथीभाइसँगको दादागिरीमा यश कमाउन पल्केको खेमाचाहिँ कमसेकम केही दिन आफ्नो हैसियत पुनर्मूल्याङ्कनमा ध्यानमग्न रहिदिए कोरोनाले चकनाचुर पारेको विरासत उठाउन सक्षमहरूलाई थोरै शान्त र सिर्जनात्मक अवसर मिल्थ्यो कि? यस विषयमा पनि कसैले माथापच्ची गरिदिए पठनीय सिर्जना बन्न सक्छ ।

म कुनै समय आफूलाई खूब ज्ञानी र बुज्रुग भएको ठान्थेँ । नेपालमा लिन मिल्ने जति उच्च शिक्षा लिइसकेपछि यहाँ भएका मान्छे जतिको वा अझ बढी जान्ने भएको घमण्ड आएको थियो । बहत्तरसालको भुइँचालोले हल्लाएर थिङथिलो भएको मेरो घमण्डलाई कोरोनाले लगभग धुलिसात् पारेको छ । म यो महसुसलाई टिकाउन खोजिरहेको छु। म बदलिएको कुरा सबैलाई सुनाउन चाहेको छु, ता कि मैले बेहोरा छोड्ने बित्तिकै कसैले कान निमोठ्दै भन्न सकोस्, “ओइ, आफ्नो बाचा बिर्सिस्? प्राज्ञ भएर कुखुरा खरितेजस्तो हर्कत देखाउने ?”

आफूले नगरेको, गर्न ढंग नपुर्‍याउने वा गर्नै नसक्ने कामका बारेमा खिपीखिपी उपदेश दिन सिकेको छैन मैले। शायद त्यस्तो कला नसिकी पनि बाँकी जिन्दगी राम्रैसँग कट्ला । आफूले नबाँचेको उमेरलाई नसुहाउने गफ नगरेको राम्रो । अझै एक दर्जन विपत्ती भोगिसकिएको होस् । आँखा अगाडि केही प्रियजनले अचानक अन्तिम श्वास लिएको देख्नु परेको होस् । दर्जनौँ असफलताहरूपछिको वितृष्णाबाट उठेर सहज मुश्कान वा हाँसो मुहारमा राख्‍ने क्षमता बनिसकेको होस् । छिस्स सिन्काले छुँदा अधमरो हुने नाथेले घोकेका जीवन दर्शन नफलाकेकै राम्रो हो । आफूले नखाएको हुनाले अमृत होस् या विख, त्यसको स्वादको वर्णनमा अरूको समय नखाइदिएकै राम्रो ।

तर कथा त सुनाउनु पर्छ, सानो होस् या ठूलो । कथाको माया गर्नुचाहिँ नैसर्गिक पाटो हो । जोनाथन गोच्शाल भन्ने एकजना अमेरिकी विद्वानले भनेका छन्, मान्छे कथा भनिरहन रूचाउने जनावर हो । मैले यो भनाइलाई अलिक व्यापक पारेर भन्ने गरेको छुः सबै मानिसहरूले कथा बाँचेका हुन्छन्, लगभग सबै मानिस आफ्ना कथा सुनाउन लालयित हुन्छन्, धेरै मानिसहरू कथा सुन्न वा पढ्न रूचाउँछन्, केही मानिस आफैँ गतिला कथा बन्छन्, थोरै मानिसचाहिँ अमर कथाहरूको संग्रह र संरक्षणमा लाग्छन् र अत्यन्त थोरैलेमात्र अमर कथाहरूको सिर्जना गर्दछन् । म आफू पनि स्वतः पहिलो र दोश्रो खेमाको परेँ । तेश्रो, पाँचौँ र छैटौँका केही गुणहरू कता-कता अल्झिएर बसेको आभाषमात्र हुन्छ। चौथो खालको हुनका लागि अलिक बढी बाँच्नु पर्ला जस्तो लाग्छ ।

तर केही न केही त देखियो, सुनियो नि अहिलेसम्म जिउँदा । पुराना भोगाइहरू विस्मृतिमा गए पनि अब त मौका आएको छ भन्ने सोच्दैछु । कल्पना गरौँ त, कोभिड १९ ले कति सुन्दर पात्र र श्रवणयोग्य कथाहरूको जन्म भयो वा हुँदैछ होला । ती कथाहरूलाई अमर कृतिका रूपमा सिंगार्ने कसले होला । शायद सिर्जना र शिल्प भएकाहरूले ती कथाहरू भोग्न पाएकै छैनन् र पाउँदैनन् होला वा तिनका कानमा पर्नै बाँकी होला । अथवा धेरै ती कथा भोगेका सर्जक र शिल्पीहरू त लेख्न वा भन्नै नपाई कोरोनाकै पञ्जामा बिलिन भइसके वा हुन्छन् होला । धेरै कथाहरू पात्रसँगै ढिलो चाँडो हराउलान् । कथाले शिल्पी नभेटेर कथा हराउला । शिल्पकारले  कथा खोज्न नसकेर कथा हराउला । अहिलेका कथाहरूलाई काल वा कहरसँग सम्बन्धित बिलौना सम्झेर छोडिदिने हो भने इतिहास ती कथा र पात्रहरूसँगै किंवदन्ती बन्नेछ । कसैले कालको पञ्जाबाट उम्केका सफलताका कथाहरू नै बाहिर ल्याए पनि मान्छेको वीरता-मिथकको चाङ अलिकति अग्लो बन्नेथियो ।

के हामी ती कथा र शिल्पीहरूको खोजीमा सहकार्य गर्न सक्छौँ, रघुजी?

मेरा एकजना सहकर्मीले ईमेलमार्फत् केही हप्ताअघि राख्नुभएको एउटा प्रस्ताव सम्झिन्छुः  हामी मैदानमा उत्रेर महाव्याधीसँग लड्न नसक्ने वा लड्न नमिल्नेहरूले उत्रिनेहरूका वाध्यता, साहस, सफलता, डर वा असफलता साथै आफ्नै अक्षमता र विवशताका अनुभूतिहरू संग्रह गरौँ । यो शताब्दीको पहलो विश्वव्यापी महाविपदका कथा र मिथकहरू हामी जस्ता अरूले संग्रहण गरिरहँदा हामीसँग चाहिँ भावी सन्ततिलाई सुनाउने वा पढाउने हल्काफुल्का किंवदन्तीहरूमात्र बाँकी रहे भने यो इतिहास र सभ्यताप्रतिकै अन्याय हुन जानेछ ।

अन्य आकर्षणहरू

फलको आशा पनि गर

हाम्रो आगत

दुई टुक्रा कविता

मेरो गाउँप्रति गीति समर्पण

गैर-भौगोलिक माहोलबाट

हामीसँग पनि हाम्रो देश र देशवासीको कथा बनिरहेको छ । हाम्रै कारणले व्यवस्था बिग्रेर देश अरूभन्दा अलग भएको भन्ने खिसिट्युरीको पात्र हामी नै भइरहेको बेला महाब्याधी नियन्त्रणमा हामी धेरै हदसम्म सफल रहेका छौँ । ढुक्क नहुनुपर्ने कारण खोजी खोजी छटपटाउने बानी परेका हामीले अहिलेको तथ्यलाई पक्रेर मात्र खुसी हुन खोजे पनि त हुन्छ नि । खुसी हुन तयार हुन नसक्ने झुण्डको आफ्नै कथा छ, जुन कसैले लेखिदेला र हामी पढौँला । विश्वव्यापी मृत्युदर उत्कर्ष चरणमा पुग्दा हाम्रा संक्रमितहरू धमाधम सञ्चो भएर घर फर्किएको सुखद कथा बनिरहेको तथ्यलाई तपाईँ भगवानको कृपा भन्नुस् या भाग्यको खेल, जागरणको प्रतिफल भन्नुस् या जादूको, भूगोलको असर भन्नुस् या भातपानी र भाङधतुरोको, मान्छे बाँचेको सुखद सत्यलाई नकार्न सक्नुहुन्न । हाम्रो अलगपनका ठट्यौली कथाहरूको कुन्युमा यो कथा पनि फसेको छ । कदाचित् संक्रमण बढ्यो भने, कदाचित् कालको कहर शुरू भयो नै भने पनि हाम्रो भाग्य, भगवान, भूगोल, भातपानी र भाङधतुरोप्रतिको आस्थामा प्रश्न उठ्ने हो । र, हामी चुकेको अर्को मिथक बन्ने हो ।

नेपालमा अन्यत्र झैँ कोरोना ब्यापक भएको भए हजारौँ-लाखौँको संख्यामा प्रवासिएकाहरू फर्किंदैन थे । मलाई त लागिरहेको छ, यहाँ बसेकाहरूलाई भन्दा छोडेकाहरूलाई आफ्नो देशप्रति बढी भरोसा रहेछ । दुखेको देश, दुःखी देशवासी र अव्यवस्थित सामाजिक जीवन भनेर दशकौँदेखि लागेको धब्बा यसरी माटोको भरोसा गर्नेहरूले अलिकति भएपनि पखाल्ने काम गरेका छन् । यो झिनो प्रसंग होइन । यसबारे खोजी खोजी कथा लेखे हुन्छ । विदेशी माटोको आड हुने विश्वास नभएर देश फर्केर ज्यान जोगाएकाहरूलाई देशले केही दिएन भन्ने अधिकार छैन । ज्यान बाँचेकोमा कृतज्ञ नहुने हो भने अर्कै कुरा । देश फर्केर असुरक्षित भएका भए खतरा पनि साथै लिएर छिरेको दोष उनीहरूलाई नै लाग्छ । आखिरमा कोरोना त भित्र रहेकाले उब्जाएको समस्या थिएन । कसैले देशप्रति कृतज्ञता नदेखाउनु पनि अनौठो विषय होइन । यो त हाम्रो संस्कार नै हो । उही वितृष्णा, उही खिसिट्युरी, उही अट्टहास । यस विषयमा ठेलीका ठेली कथा लेखिसकिएका होलान्, तर कोरोनाको परिवेशमा केही न केही नयाँ निस्किनेवाला नै छ । घटना, दृश्य र संवेगहरू एउटा अदृश्य र अदभुत खलपात्रका वरिपरि घुम्दैछन् ।

हामीजस्ता मैदानमा उत्रेर महाव्याधी सामना गर्न गराउन नसक्नेहरूका नाममा सरल ज्ञान र सन्देशहरू उपलव्ध गराइएको छ ।  जस्तो कि, घरमै बस्नू, सफा रहनू, शान्त रहनू, खुसी रहने कोशिश गर्नू, अरूलाई भड्काउने काम नगर्नू । तिमीले आफू, आफ्नाहरू, समाज, देश र समग्र मानव सभ्यतालाई पुर्‍याउने योगदान नै अहिले चाहिँदोभन्दा बढी योगदान गर्ने दुस्साहस नगर्नु हो । हामीलाई यति सुनाए पुग्छ भनेरै यतिनै सुनाइएको होला । धेरै दिमाग चल्नेहरूलाई लक्षणा र व्यञ्जनार्थी सन्देशहरू बढी खतरनाक हुने गर्छन् । त्यस्तो सरल जीवन दर्शन, यस्तो सहज ज्ञान पनि बुझ्न र पचाउन हामीलाई सकस भएको छ । जीवन त भौतिक या भावात्मकरूपले नै सरलता पचाउन नसक्ने भएको छ । सरलताले घोचेर थिङथिलो बनाएको यो एक महिना करोडौँ मनोवादहरूको स्रोत बनेको छ । यो छटपटिको कथा कसले लेख्ने हो थाहा छैन। मैले त यही मनोवादी पत्रबाट काम चलाएको छु अहिलेलाई । तपाईँ र मेरो जीवनकालमा यो एक महिनाको कलात्मक इतिहास तयार गर्ने महासर्जक निस्केला कि ननिस्केला ।

अब त यस्तो लाग्न थालेको छ, बन्दाबन्दी खुलेपछिको खुलापनमा पनि उत्तिकै दिगमिग, वाकवाक, झुकझुक लाग्ने होला हामीलाई । चिलले तर्साएर खोर्सानीको झाङमुनि लुकेका चल्लाजस्तै भइसक्यौं हामी । झाङबाट बाहिर आउँदा कति होशियारी देखाइने हो थाहा छैन । यो ग्रहका महाज्ञानी, पराक्रमी, अजेय प्राणी भन्ने हामी हिलो दहमा घण्टौँ चोपलिएका बिरालाका ङ्‌याउराजस्तै भइसक्ने होला अब थपिएको बन्दाबन्दी पछि । आखिरमा, कसैले कान दिए कराउने, आँखा दिए देखाउने, नाक दिए सुँघाउने, जिब्रो दिए चखाउने र शरीर दिए चिमोट्ने सम्भव पराक्रमले नै त मानिसलाई मै हुँ भन्न सिकाएको रहेछ । अदृश्य प्राकृतिक शक्तिले थर्काएपछि आफ्नै जात, वन्धुवान्धव र साथीभाइसँगको दादागिरीमा यश कमाउन पल्केको खेमाचाहिँ कमसेकम केही दिन आफ्नो हैसियत पुनर्मूल्याङ्कनमा ध्यानमग्न रहिदिए कोरोनाले चकनाचुर पारेको विरासत उठाउन सक्षमहरूलाई थोरै शान्त र सिर्जनात्मक अवसर मिल्थ्यो कि? यस विषयमा पनि कसैले माथापच्ची गरिदिए पठनीय सिर्जना बन्न सक्छ ।

मेरो हजुरबा उहाँकै लवजमा भन्दा पाँचकोरी र तीन वर्ष बाँचेर बित्नुभयो । यति लामो आयु कसरी पाउनुभयो भनेर सोध्दा भन्ने गर्नुहुन्थ्यो, सानो उमेरमै धेरै वटा खड्गो काटियो भने हतपति काल आउँदैन । सानै छँदा एकान्तको कुवामा एकसुरले नुहाइरहेको बेला पछाडिबाट कुनै नजिकको आफन्तले खुकुरीले छप्काउन लाग्दा अचानक आइपुगेको छिमेकीले खुकुरी खोसदिएकोले बाँच्नुभयो रे । एउटा तीखा सिंग भएको गोरूले पेटमा हानेर कान्लामुनि हुत्याउँदा पनि बाँच्नु भयो रे । नब्बेसालको भुईँचालोको सेरोफेरोमा हरेउ सापले टोक्दा छ महिना थला परेर बल्लबल्ल तंग्रिनु भएको रे । सयसालतिर जंगलको बाटो हुँदै हाटबाट फर्किंदै गर्दा बाटोमा हतियारधारी डाँकाहरूले आक्रमण गरे तर आफू चढेको घोडा तर्सिएर जोडले दगुरेको कारण ज्यान गएन रे । यीबाहेक आधा दर्जन अरू यस्तैखालका खड्गो काटेको कथा सुनाउनु हुन्थ्यो हामीलाई । उहाँका खड्गोवाला कथाहरू चानचुने छैनन् । यी मेरा लागि नयाँ दायीत्व बनेका छन् ।

मैले पनि कम्तिमा तीनवटा खड्गो त उहिले नै काटेको हो नि । तीन वर्षको हुँदा एक बटुको मट्टितेल पिएर सिद्धिन लाग्दा आमा र हजुरामाहरूले दही-मही खुवाएरै बचाउनु भएको रे । त्यस्तै उमेरमा नै होला आँगनमा खेल्दै गर्दा अजिंगरले बेर्न लागेको बेला आमा-हजुरामाले नै हाहाकार गरेर अजिंगर भगाउनु भएको रे । अलिक ठूलो हुँदा बर्खे खहरेमा एक्लै हामफालेर तर्न खोज्दा एकछिन बगेर बल्ल-तल्ल किनारमा निस्केको त म सम्झिरहन्छु ।  हजुरबा बाँचेको र बुबा बाँचिरहेको उमेर हेर्दा मलाई पनि अझै एककोरी त आनन्दले बाँच्छु जस्तो लाग्छ ।

मलाई त लागिरहेको छ, यहाँ बसेकाहरूलाई भन्दा छोडेकाहरूलाई आफ्नो देशप्रति बढी भरोसा रहेछ । दुखेको देश, दुःखी देशवासी र अव्यवस्थित सामाजिक जीवन भनेर दशकौँदेखि लागेको धब्बा यसरी माटोको भरोसा गर्नेहरूले अलिकति भएपनि पखाल्ने काम गरेका छन् । यो झिनो प्रसंग होइन । यसबारे खोजी खोजी कथा लेखे हुन्छ । विदेशी माटोको आड हुने विश्वास नभएर देश फर्केर ज्यान जोगाएकाहरूलाई देशले केही दिएन भन्ने अधिकार छैन । ज्यान बाँचेकोमा कृतज्ञ नहुने हो भने अर्कै कुरा । देश फर्केर असुरक्षित भएका भए खतरा पनि साथै लिएर छिरेको दोष उनीहरूलाई नै लाग्छ । आखिरमा कोरोना त भित्र रहेकाले उब्जाएको समस्या थिएन । कसैले देशप्रति कृतज्ञता नदेखाउनु पनि अनौठो विषय होइन । यो त हाम्रो संस्कार नै हो । उही वितृष्णा, उही खिसिट्युरी, उही अट्टहास । यस विषयमा ठेलीका ठेली कथा लेखिसकिएका होलान्, तर कोरोनाको परिवेशमा केही न केही नयाँ निस्किनेवाला नै छ । घटना, दृश्य र संवेगहरू एउटा अदृश्य र अदभुत खलपात्रका वरिपरि घुम्दैछन् ।

यी त सानातिना कुरा भए । तर मलाई विश्वास छ, आफैँ कथा वा कथाको साक्षी नबनेको मान्छे हुर्किएकै हुँदैन । भोक, प्यास, विपद, वियोग, शोक, अभाव, अशान्ति वा प्राप्ति, मिलन, आनन्द, सन्तुष्टि, शान्ति, उत्साह र पूर्णताजस्ता उत्कर्षका अनुभव दिलाउने घटनाहरूबाट गुज्रेपछि मात्र आफूलाई, अरूलाई र समाजलाई हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ । यी संवेगहरू नबाँचेको मानिसले मात्र ‘म भए यस्तो गर्थेँ, उस्तो गर्थेँ भन्ने’ आधारहीन दावी गरेर समय खेर फाल्छ । जस्तै, म त छु नि तर कोरोनाको खोप वा औषधि बनाउन सक्तिनँ । म भएरै पनि नेपालमा भटाभट उपचार सामग्री र अस्पतालहरू तयार हुन सकेन । अमेरिकालाई अमेरिकाजस्तो, ब्रिटेनलाई ब्रिटेनजस्तो, जापानलाई जापानजस्तो, इटलीलाई इटलीजस्तो, स्पेनलाई स्पेनजस्तो राख्न त्यहाँका राष्ट्रप्रमुख र शक्तिशाली सरकारहरूले पनि सकेका छैनन् ।

जिन्दगीको बारेमा के ठूला कुरा गर्ने र । आज कोरोना जितेर घर पुगेको मान्छे भोलि बारीको रूखले किचिएर परमधाम होला वा आउँदो वर्खाको बाढी-पैरोमा बग्ला । दर्जनौँ विभत्स दुर्घटनाहरूमा बाँचेको मान्छे यो महाव्याधीमा ओछ्यानको ओछ्यानै बित्यो होला । कोरोनाले हजारौँ जन्मदाताहरूलाई लग्यो र लाखौँ करोडौँ विशिष्ट मानिसहरू नजन्मिने भए । कोरोनाले कति जीवनदाताहरूलाई लग्यो, जसको अनुपस्थितिमा कतिले जीवन गुमाए । शायद यसले मृत्युदाताहरूलाई पनि लग्यो, जसका कारण धेरैको ज्यान जोगिँदैछ । सोचेर साध्य छैन । मूलतः कति कथाहरू हामीले नसुनी, नपढी र नलेखी नै हराए, हराउँदैछन् । तर म यही सोचिरहेको छु ।

मैले भेटेको पहिलो पुस्ता (हजुरबा-हजुरामाको पुस्ता) का कथाहरू राम्रोसँग बुझ्न नपाउँदै त्यो पुस्ता बिदा भयो । आफ्नो पुस्ताका कथाहरूको हिसाबकिताब गर्दागर्दै आफ्ना सम्पूर्ण कथाहरू साथै लिएर आमा बित्नुभयो । चारकोरी र चार बिताइसक्नु हुँदा बुबासँग बसेर धित मर्ने गरी कथा सुन्न बाँकी छ । जीवन वास्तवमै छोटो छ । यही थकथकी पनि छ मलाई ।

स्वर्गीय कवि क्षेत्रप्रताप अधिकारीको गीतमा भनेजस्तो “जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ” । धेरै गरूँला भन्ने पनि लाग्छ कहिलेकाहिँ । आफूले के कति प्रभाव छोडिन्छ यो संसारमा अहिलेसम्म लेखाजोखा गरेको छैन । तर अहिले रन्थनिएको मानव सभ्यताको उत्थान र संरक्षणको बागडोर गफाडीहरूबाट सर्जक र आविश्कारकहरूमा सरेको हेर्न मन छ । खोक्रा उपदेश र सपनाहरू मात्र बाँडेर जीवन बिताएकाहरूले जीवनका भौतिक र दार्शनिक आधारहरू माग्दै हिँडेको हेर्न मन छ । मैनले जोडेको कृत्रिम पखेटा फट्फटाउँदै घाम भेट्न हिँडेका आधुनिक इकारसहरू बेलैमा पखेटा फ्याँकेर हात-खुट्टासँगको स्वाभाविक यात्रामा निस्केको हेर्न मन छ । यस्तै घटनाहरूका परिवेशमा फेला परेका परिघटना, पात्र र मिथकहरू उनेर सानो भए पनि वर्तमान र आगतको इतिहास पस्किन मन छ ।

भनाइको मतलब, रघुजी, मलाई यी ईच्छाहरू पूरा हुन जति आयु चाहिन्छ, कम्तिमा त्यति बाँच्न मन छ ।

Facebook Comments