परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोनले ल्याएको आर्थिक सङ्कट र आगामी चुनौति 

विश्व आक्रान्त बनाएको कोरोना महामारीले नेपाली अर्थतन्त्रलाई समेत प्रभावित परेको छ । कोरोना नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेबाट जारी बन्दाबन्दी (लकडाउन) ले नेपालको अर्थतन्त्रममा दुई किसिमले असर गरेको छ । एउटा स्वदेशभित्रको उत्पादन बन्द हुँदा परेको आन्तरिक प्रभाव हो भने दोस्रो बाह्य विश्व बन्द हुँदा नेपालमा परेको प्रभाव । नेपालको आर्थिक वर्ष २०७५/७६ को औद्योगिक वर्गीकरणको आधारमा नेपालको अर्थतन्त्रको संरचना हेर्दा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत मात्रै देखिन्छ । त्यसपछि थोक तथा खुद्रा व्यापारको योगदान १४.५ प्रतिशत हुन आउँछ । त्यसैगरी रियल स्टेटको योगदान ११.५ प्रतिशत, यातायात, सञ्चार र भण्डारण क्षेत्रको योगदान ७.२ अनि शिक्षा क्षेत्रको योगदान ७.१ प्रतिशत देखिन्छ ।

बन्दाबन्दीको सोझो असर कृषि क्षेत्र पनि आइपुगेको छ । खासगरी दूध उत्पादक कृषकले दूध बिक्री गर्न सकेका छैनन् । त्यसैगरी तरकारी उत्पादक कृषकहरुले उत्पादन गरेको तरकारी, फलफूल पनि बजारसम्म लाने वातावरण छैन । पोल्ट्री फार्मका कुखुरा र अण्डाले सोचेजस्तो बजार पाएका छैनन् । तर धान मकै, गहुँ जस्ता केही समयसम्म टिक्ने किसिमका अन्न उत्पादन गर्ने कृषकहरुका लागि त्यती समस्या देखिदैन । मौसमी खेती र जीवन निर्वाहमुखी खेती भएको कारण यस्ता वस्तुको उत्पादन गर्ने कृषकहरु केही समय प्रभावित भए पनि उनीहरुले लकडाउन समाप्त भए पछि सजिलैसँग पुरानो लयमा फर्कन सक्नेछन् ।

कोरोनाले नेपाली अर्थतन्त्रमा अझै कस्तो प्रभाव पार्दछ त्यो अहिल्यै आँकलन गर्न सक्ने अवस्था पनि छैन । भारतमा तीब्र रुपमा कोरोनाको संक्रमण बढीरहेको छ नेपालमा पनि संक्रमित हुनेको संख्या विस्तारै बढ्दै गइरहेको हुँदा आउँदा दिनमा नेपाली अर्थतन्त्रले मन्दीको चरण पार गर्नु पर्ने छ । एकातिर काम खोज्नेको संख्या बढ्ने छ भने अर्कोतिर अर्थतन्त्रमा आर्थिक क्रियाकलापहरु नगन्य हुनेछन । अबका केही वर्ष कोरोनाले सिर्जना गरेको आर्थिक संटकलाई सफल ढंगबाट पुरानै लयमा फर्काउनु नै सबभन्दा ठूलो चुनौती हुनेछ ।

थोक तथा खुद्रा व्यापारको अवस्था पनि नाजुक छ । खाद्य सामग्रीको कारोबार गर्ने पसलहरु सञ्चालन भए पनि अन्य वस्तुको कारोवार ठप्प छ । बन्दाबन्दीका कारण रियल स्टेट र निर्माण क्षेत्र पनि प्रभावित छ । केन्द्रीय, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका ठूला विकास निर्माणका कार्यहरुले निरन्तरता पाइरहेको भए पनि स–साना स्तरमा निजी क्षेत्रबाट गरिने घर निर्माणका कामहरु प्रभावित छन् । अर्कोतिर यातायात क्षेत्र पूर्ण रुपमा ठप्प छ । फलस्वरुप यातायातसँग सरोकार राख्ने रोजगारका क्षेत्रहरु प्रभावित छन् । यस बाहेक होटल तथा पर्यटन क्षेत्र, शिक्षा, उद्योग लगायतका क्षेत्रहरु ठप्प छन् । विश्व बैकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.५ को बीचमा रहने प्रक्षेपण गरिसकेको छ ।

नेपालको आन्तरिक र बाह्य उडान स्थगित छ । नेपालको बााह्य क्षेत्रबाट प्राप्त गर्ने पर्यटन आय सुन्य छ । विश्वमा कोरोनाको त्रास विद्यमान रहेको अवस्थासम्म नेपालमा बाह्य मुलुकबाट पर्यटक आउने सम्भावना कम छ । अर्कोतिर नेपालमा यो वर्ष सवा सात खर्ब मात्र रेमिट्यान्स प्राप्त हुने कुरा अन्तराष्ट्रिय मुद्रा कोषले जनाइसकेको छ । वैदैशिक रोजगारको लक्षण पनि सन्तोषजनक देखिदैन । खासगरी खाडी मुलुकबाट नेपालीहरुले रोजगार गुमाउने छन् । ती देशहरुको आर्थिक अवस्था पनि घट्न जाने हुँदा थप रोजगारीको अवसर सिर्जना हुने सम्भावना पनि कम छ । बन्दाबन्दीको समयमा नेपालले विदेशबाट वस्तुको आयातमा कमी आएको भए पनि बन्दाबन्दी पछि वस्तु तथा सेवाको आयातमा वृद्धि हुन जाने छ तर निर्यातलाई बढाउन सकिने अवस्था देखिदैन । त्यसकारण वैदेशिक व्यापारको अवस्था पनि अति कमजोर हुने देखिन्छ ।

कोरोनाले नेपाली अर्थतन्त्रमा अझै कस्तो प्रभाव पार्दछ त्यो अहिल्यै आँकलन गर्न सक्ने अवस्था पनि छैन । भारतमा तीब्र रुपमा कोरोनाको संक्रमण बढीरहेको छ नेपालमा पनि संक्रमित हुनेको संख्या विस्तारै बढ्दै गइरहेको हुँदा आउँदा दिनमा नेपाली अर्थतन्त्रले मन्दीको चरण पार गर्नु पर्ने छ । एकातिर काम खोज्नेको संख्या बढ्ने छ भने अर्कोतिर अर्थतन्त्रमा आर्थिक क्रियाकलापहरु नगन्य हुनेछन । अबका केही वर्ष कोरोनाले सिर्जना गरेको आर्थिक संटकलाई सफल ढंगबाट पुरानै लयमा फर्काउनु नै सबभन्दा ठूलो चुनौती हुनेछ ।

विश्वव्यापी रुपमा सिर्जना भएको आर्थिक मन्दी र नेपालमो आर्थिक, समाजिक, भौगोलिक संरचनालाई आधार मानेर हेर्दा नोपली आर्थिक संटकबाट मुक्तिका लागि सरकारी क्षेत्रसँगसँगै निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ ।

कोरोनाको वर्तमान प्रभावलाई मध्यनजर गर्दै आगामी बजेट निर्धारण गर्नु आवश्यक छ । कोरोनाले प्रभाव पारेको क्षेत्रगत प्रभावको मूल्याङ्कन गर्दै बजेटमा कुन क्षेत्रमा कति रोजगारी सिर्जना गर्ने, विदेशमा रोजगारी गुमाएकालाई कुन क्षेत्रमा समेट्ने कुरामा ध्यान दिनु आवश्यक छ । सरकारको आयको प्रमुख स्रोतको रुपमा रहेको करमा कमी आउने कारण गैरकर आय, विदेशी अनुदानलाई बढी जोड दिनु पर्ने हुन्छ । सेवामुलक क्षेत्रलाई उत्प्रेरणा दिने खालको योजना ल्याउनु आवश्यक छ । सरकारले निर्माण सम्बन्धी आयोजनामा मेसिनको ठाउँमा मानिसको प्रयोगमा जोड दिइ रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्दछ ।

निजी क्षेत्र नेपाली अर्थतन्त्रको आधार स्तम्भ हो । जुन क्षेत्र यो कोरोना संकटको समयमा सबैभन्दा धेरै प्रभावित छ । निजी क्षेत्रबाट सञ्चालित उद्योग, व्यापार, पर्यटन, यातायात लगायतका क्षेत्रमा रोजगारीका अवसरहरु विस्तार गर्नका लागि सरकारले सहजीकरण र उत्प्रेरकको भूमिका निर्वाह गर्नु पर्दछ । मन्दीको समयमा निजी क्षेत्र लगानी गर्न पछि हट्ने अवस्था आएका सरकारले महत्वपूर्ण योजना सहित हस्तक्षेपका लागि तयार रहनु पर्छ ।

नेपाली अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा हो सहकारी क्षेत्र । वर्तमान समयमा सिर्जना भएको आर्थिक संकटलाई समाधान गर्न सहकारीको भूमिका सबैभन्दा महत्वपूर्ण हुने देखिन्छ । किनभने नेपालका गाउँ टोलमा भएका सहकारीमा सबै वर्गका मानिसको पहुँच छ । निम्न आर्थिक अवस्था भएका दैनिक ज्यालादारी गर्ने समूह जस्तै सिटी रिक्सा चालक, सडकमा चटपटे व्यापार गर्ने समूह, निर्माण क्षेत्रमा मजदुरी गर्ने श्रमिकको बचत पनि सहकारी संस्थामा जम्मा हुने गरेको छ । निम्न आय भएका व्यक्तिहरुका लागि सहकारी संस्थाहरुले सानो परिमाणमा बिना धितो ऋण सुविधा प्रदान गर्न सक्दछन् । जुन रकम स्वरोजगारी सिर्जना गर्न र संकटमा परेको व्यवसायलाई पुन जगाउन मद्दत पुग्ने देखिन्छ ।

कोरोनाले विश्व अर्थतन्त्रमा पार्ने मन्दीको असर अन्तराष्ट्रिय व्यापार मार्फत नेपालको अर्थतन्त्रमा कुन स्तरको पर्दछ त्यसको आधारमा पनि आगामी दिनमा आर्थिक संटकलाई समाधान गर्ने अस्त्रहरुको पहिचान र प्रयोगमा जोड दिनु उपयुक्त हुनेछ । तसर्थ अनुसन्धान गर्ने र नविन मार्ग पहिल्याउने कार्यहरुलाई पनि तीव्रताका साथ अघि बढाइनु जरुरी छ ।

naradrijal45@gmail.com   

Facebook Comments