परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

झटारो

मीत्बा उबाच

खुब कहलिएका ‘हुने-खाने’हरु समेत आत्तिन थालेको बेला

हुँदा-खानेहरु’ दिनानुदिन अन्योलमा परेका छन् ।

हतार-हतार ‘आ…जे पर्ला’ भन्दै हैसियत अनुसारको

सामल मन-मनमा बोकेर गाउँ-बेसी छरिएका छन्।।

 

न्वारनको नाम कृषिप्रधान देश भए’नि अगुवाहरु 

भागशान्तीमा कुर्सीप्रधान-पथ तर्फ तल्लिन छन् ।

आफ्नो अनुहारको कालो दाग पुछ्ने कष्ट गर्ने भन्दा

मागेको ऐनालाई दोषारोपणतर्फ टाठा-बाठाजो डटेकाछन्।।

 

अन्य आकर्षणहरू

भोजन : लघुकथा

सरकार ‘थाहा’ चाहियो?

खुशी

सम्झनामा दशैँ 

देश- विदेशमा र सामाजिक संजालमा

भित्र-भित्र मान्छे जति मुर्मुरिए पनि,

ओठे राष्ट्रभक्ति जो-जसले जति कुर्लिए पनि,

देशमा अभाव, हानथाप र भ्रमको राम्रै बजार छ।

 

अहो, अचेल घाँस बेचेर कुवा खन्नेहरु भन्दा पनि

घाँसी नै बेचेर जुवा खेल्नेहरुले निर्धक्क दोसल्ला ओढेका छन्।

शहरका बग्रेल्ती खानु-भक्त र लानु-भक्तहरुको अगाडि

विचरा भानुभक्तहरु जति छन्– यी सबै अल्पमतमा छन् ।।

Facebook Comments