परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बाल भोगाइमा कोरोना भाइरस

बाल नजर

अहिले संसारभरि नै कोभिड १९ (कोरोना भाइरस) ले महामारीको रूप लिएको छ । नेपाललाई पनि यसले धेरै नै दुःखित बनाएको छ । सारा नेपालीहरूलाई डर र चिन्तामा पारेको छ ।

आमा, बुवाले गर्ने गरेका घरका कामहरु कसरी गरिदाँ रहेछन्, कति गाह्रो रहेछ भन्ने बल्ल बुझ्दैछु । सबैजनाले मिठामिठा खानेकुरा खाएर, पढेर, टेलिभिजन हेरेर, खेलेर दिनहरु बिताउँदै छन् होला ।

सबै नेपाली दाजुभाइ, दिदी बहिनीहरू यसबाट बच्न घरमा नै बसेका छन् । म पनि सधैं घरमा नै बसेको छु । यसले गर्दा हामी जस्ता बच्चाहरूले परिक्षा सकिएर पनि कतै घुम्न जान पाएको छैन । बरु घरमा बसेर परिवारसँग नयाँ नयाँ कामहरूको अनुभव गर्दैछौं ।

आमा, बुवाले गर्ने गरेका घरका कामहरू कसरी गरिँदा रहेछन्, कति गाह्रो रहेछ भन्ने बल्ल बुझ्दैछु । सबैजनाले मिठामिठा खानेकुरा खाएर, पढेर, टेलिभिजन हेरेर, खेलेर दिनहरू बिताउँदै छन् होला । म पनि मेरा आमा–बुवालाई काम सघाएर, पढेर, खेलेर, टेलिभिजन हेरेर दिनहरू बिताउँदै छु ।

यसबेला हामी सबैजना घरमा बसेर, बेलाबेलामा सावुन पानीले हात धोएर आफू र आफ्नो परिवारको सुरक्षा गरौं । कोभिड १९ बाट मुक्त हौं ।

कक्षा– २
बालबाटिका इन्टरनेशनल स्कूल, काठमाडौं

Facebook Comments