परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हेमराज सत्य

कविता

१. एउटा अर्को सत्य

जेठो,

छिमेकी बिर्खेले साँध मिच्याथ्यो

जिल्लामा तारिख धाउँदैछ

 

माइलो,

विदेशको भूत चढ्या धेरै भो

भिसाको लागि सास्ती पाउँदैछ

 

कान्छो,

खै के भने नेताजीले चुनावमा

मन्त्री निवासको चक्कर लाउँदैछ

 

सानुमुइयाँ,

पीआरवालासँग चिना मिल्या छ रे

मनभरि उतैको झण्डा फर्फराउँदैछ

 

यस्तै भएर यो बर्खामा

‘बाह्र छोरा तेह्र नाति, धान फल्ने खेतमा डोजरको ताँती’

भन्नु पर्ने बेला आउँदैछ !

 

२. महसुस

झुम्रे फुटबलमा

एक दर्जन गोल हान्दा,

भाले जुधाइमा

प्रतिद्वन्दीलाई ढाल्दा,

खोलामा बल्छी हान्दै

सिलभरि हिलेमाछा पार्दा,

अन्य आकर्षणहरू

देश डुल्दा फुरेका विचारहरू

कथा एकादेशको

जागीर वयष्क भएपछि

हरेक पटक लाग्थ्यो

राजा भनेको मैजस्तो हुँदो हो

हिरो पनि मैजस्तो हुँदो हो

 

उसबेला

फुरूङ्ग तन-मन लिएर घर पुग्दा

हिलाम्मे धुलाम्मे

हातखुट्टा लिएर आँगन टेक्न नपाउँदै

कि पाइन्थ्यो बाको बाघे झापड

कि त आमाको चड्कन,

म मनमनै भन्थेँ

‘यी सुड्डासुड्डीलाई

मेरो क्षमताको कदर गर्न

पटक्कै आउँदैन’

 

हुर्कँदै जाँदा भिडभाडमा

हजार झापड खाएपछि समयको

लाख चडकन पाएपछि समाजको

अक्कल आयो मलाई,

अहिले खुलमखुल्ला भन्न सक्छु

मेरो क्षमताको असली पहिचान

उसबेलै भएको रहेछ,

अहिलेसम्म म हरेक दिन

उसबेला राजा वा हिरो भएको

धङ्धङेमा बाँचिरहेको रहेछु !

Facebook Comments