परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हेमराजका दुई बिम्बहरू

कविता

फूर्ति

मैले नगाए दिनरात

कति निरस हुन्थ्यो यो धर्ती

मेरो नै सिको गरेर अहिले

फूर्ति लाउँछ त्यो मान्छे

 

यसै भन्दो हो झ्याउँकिरी

 

मैले नटर्टराए दिनरात

कति सुक्खा हुन्थ्यो यो धर्ती

मेरो मिहेनतमा गिर खेलेर

फूर्ति लाउँछ त्यो मान्छे

 

यसै भन्दो हो भ्यागुतो

 

म नकराए बिहान बेलुकी

कति लाटो हुन्थ्यो बबुरो

मेरो दीक्षाले बाठो भएर

फूर्ति लाउँछ त्यो मान्छे

 

यसै भन्दो हो काग

 

म नभुके रातभरि

टाट पल्टिन्थ्यो उहिल्यै

मेरो संरक्षणमा उँभो लागेर

फूर्ति लाउँछ त्यो मान्छे

 

अन्य आकर्षणहरू

फलको आशा पनि गर

हाम्रो आगत

दुई टुक्रा कविता

मेरो गाउँप्रति गीति समर्पण

गैर-भौगोलिक माहोलबाट

यसै भन्दो हो कुकुर

 

मैले दया गर्दै नगरे

कहाँ रहन्थ्यो यो धर्ती?

मेरो कृपामा बाँच्न पाएर

फूर्ति लाउँछन् यी भातमाराहरू !

 

यसै भनिरहन्छ मान्छे

 

यात्रामा हुँदा

अन्जान बाटोमा फेला परेको

त्यो गोबरको थासलाई

अनाहक कोट्याउने

वा मिल्काउने चेष्टा नगर

 

अनन्त यात्रामा छौ तिमी

नाघेर वा तर्केर अघि बढ

कामै देखाउने मन भए

छोपिदेऊ पतिंगरले

 

अमानत हो धर्तीको त्यो तिमीजस्तै

एकदिनको घामले

या एकछिनको पानीले

मिलाउँछ त्यसलाई माटोमा

Facebook Comments