परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधानमन्त्रीज्यू लक डाउन होइन, अब कृषि उत्पादनतर्फ केन्द्रित हुनुस्

नेपाल राष्ट्रका प्रधानमन्त्री सम्माननीय के पी शर्मा ओलीज्यू,

काया रुग्ण भए पनि तपाईले देखाएको आत्मविश्वास सराहनीय छ । भगवान श्री पशुपतिनाथले तपाईलाई आत्मबलका साथै शारीरिक निरोगिता प्रदान गरी रहुँन भन्ने कामना गर्छु । हुन त तपाईलाई यो सब लेख्नुको कुनै औचित्य छैन । तपाई त धर्म नमानने मात्र होइन, धर्मको अस्तित्वलाई नै इन्कार गर्ने समूहको प्रतिनिधित्व गर्नुहुन्छ । तर जसरी तपाई ‘आदत से लाचार’ यो जोगी पनि आदतले लाचार प्राणी भएको कारण कसैप्रति पनि शुभेच्छा, करुणा र मंगलकामना व्यक्त गर्नबाट विमुख हुन सक्दैन ।

महोदय, ‘ग्लोबलाइजेस’ को यस युगमा कुनै वैज्ञानिक उन्नति नगरे कै भएपनि हामीले संसारभरी भएको उन्नति प्रगतिको लाभ उपभोग गरेका छौं भने संसारको कुनै कुनामा भएको विकृति, विसंगति अथवा नकारात्मकताको दुष्प्रभावबाट पनि जोगिनु संभव छैन । म कुरा कोरोना भाइरसबाट उत्पन्न महामारीको कुरा गरी रहेको छु । चीनको वुहानबाट शुरु भएको यस विषाणुले विश्वका दुई सयभन्दा बढी देशमा प्रकोप विस्तार गरी सकेको छ ।

एक सय दिन अघि शुरु भएको यस विषाणुको संक्रमणले विश्वका १७  लाखभन्दा बढी मानिसलाई रोगी तुल्याउनुका साथै एक लाखभन्दा बढी मानिसलाई कालको मुखमा हालिसकेको छ । आउने दुई साता विश्वका लागि झनै विकट पीडादायी हुने संभावना दृष्टिगोचर भइसकेका छ  । अधिकांश विश्व अहिले लकडाउनको अवस्थामा गुज्री रहेको छ । नेपाल पनि यसबाट पृथक हुनसक्ने अवस्था थिएन, तपाईको सरकारले पहिलो पटक सात दिने लकडाउनको घोषणा गरेर उपयुक्त पाइला चाल्यो । तपाई र सरकारको यस जागरुकताप्रति सबैले व्यापक समर्थन गरे ।

कोरोना विषाणु त अस्तित्वमा आएको (सार्स– सीओभी २, कोभीड– १९) झण्डै एक सय दिन मात्रै भएको छ ।

महोदयलाई विदित नै छ हामी कहाँ संस्थागत, नीतिगत, राज्यपोषित भ्रष्टाचाररुपी विषाणु कैयौं दशकदेखि नै सक्रिय रहेर मुलुकको श्वास प्रश्वास अवरोध गर्न कोरोना विषाणुभन्दा घातक सिद्ध भइसकेका छन् । दुःखका साथ भन्नु परिरहेको छ तपाईले नेतृत्व गरेको सरकारका सदस्यहरु पनि यसबाट अछुतो रहन सकेनन ।

एयरपोर्ट सील छन्, नाका सील छन्, कथंकदाचित आइपुगेका व्यक्तिलाई क्वारेन्टिनको अनिवार्य ज्यवस्था गरेर देशव्यापी लक डाउनु लम्ब्याउने निर्णय माथि पुनर्विचार गर्नुपर्ने आवश्यकता भइसकेको छ । एकै पटक सम्पूर्ण लक डाउनु खोल्न उचित पक्कै हुँदैन । सीमाना र विमानस्थल लकडाउनलाई कायमै राखी देशभित्र चरण चरणमा गरी लक डाउन खोल्ने पहल गर्नुस् । भारतमा थपिएको लक डाउनले नेपाललाई हित नै गर्छ । लामो दुरीका यातायात उपलब्ध नभए पछि ओहोरदोहोर गर्नेको चापमा खासै वृद्धि हुँदैन । 

महोदय, नसोच्नु होला म तपाईलाई यस जघन्य अपराधमा निर्लिप्त भएको संकेत गरिरहेको छु । मेरो आशय यति मात्र हो महोदय तपाईको शासनकालमा यदि देशले तरक्कीको फड्को मा¥यो भने त्यसको श्रेयको श्रीपेच तपाई कै शीरमा सुशोभित हुन्छ, होइन र ! यसैगरी महोदय तपाईको मन्त्रीमण्डलमा भएका भ्रष्टाचार र अकर्मण्यताको कलंकबाट के तपाई उन्मुक्ति लिन पाउनु हुन्छ ?

मलाई तपाईको नेतृत्व क्षमतामाथी कुनै शंका अथवा संदेह छैन । न तपाईको आलोचना गर्दै म राजीनामा माग्ने औपचारिक लेखकीय गरिमा अथवा दायित्व प्रदर्शनको पाखण्ड नै गर्छु । तपाईको सट्टा जो आए पनि के नै फरक पर्छ ! नेपालको संविधान अनुसार जनादेश पाएर बनेको वैधानिक प्रधानमन्त्री तपाई नै हो । हाम्रो संविधानमा विदेशबाट आयात गरेर प्रधानमन्त्री बनाउने सुलभता अङ्कित छैन । देशमा उपलब्ध सबै अनुहारहरु समस्त देशवासीका सामु निर्लज्जताको पराकाष्ठासम्म पारदर्शी देखिएकै हुन ।

महोदय, तपाई बाँचुञ्जेल प्रधानमन्त्री भए पनि अथवा जीवनमा जति पटक प्रधानमन्त्री भए पनि तपाईले जीवनमा अर्जित गरेका उपलब्धिमा कुनै नयाँ विशेषण थपिदैन । नेपालको प्रधानमन्त्री भन्ने विशेषण बाहेक, जुन विशेषण तपाईले पहिलो पटक प्रधानमन्त्री हुँदा नै पाइसक्नु भएको थियो । महोदय, अन्यथा नलागोस्, तपाईसंग समय बढी छैन (हुन त हामी कसैको समयबारे कसैलाई थाहा छैन), तपाईलाई सुवर्ण अवसर प्राप्त भएको छ । आपद र विपद मै व्यक्तिको सही मूल्याङ्कन हुन्छ । शास्त्र भन्छन् :

अन्य आकर्षणहरू

आपद काल परखिये चारी / धीरज धर्म मित्र अरु नारी ।

तपाईको धैर्यको  अग्निपरीक्षाको बेला हो यो, तपाईको बुद्धिको, कौशलको, नेतृत्व र दूरदर्शिताको परीक्षणकाल हो यो । तपाई उत्तीर्ण भए नेपाल र नेपाली संकटावस्थाबाट पार हुन्छन् तर स्मरण गर्नुस् तपाईको असफलताले मुलुक पुनः तीस चालिस वर्ष पुरानो अवस्थामा फर्किन सक्छ । मेरो भनाइले चित्त नदुखाउनु होला, कोरोना कहरपछि तपाईको सरकारका गतिविधि मुलुकको स्वास्थ्यका लागि त्यति अनुकूल छैनन ।

तपाईको सरकारले तेस्रो पटक थपेको देशव्यापी लक डाउनको मेरो विचारमा आवश्यकता थिएन । हो, देशका केही भागमा स्थिति खतराजन्य छ । त्यहाँ तदारुकताका साथ व्यापक र गहन अभियान चलाउनु पर्ने आवश्यकता छ । तर देशको राजधानी काठमाडौंको कुरा गर्दा यहाँ स्थिति सामान्य भइसकेको छ । काठमाडौंमा देखा परेका दुई जाना कोरोनाका विरामी पछि कुनै नयाँ संक्रमण भेटिएको छैन  ।

पन्द्र दिनको लक डाउनमा नयाँ कुनै केस नदेखिएकोले काठमाडौंमा लक डाउन थपिनुले कुनै अर्थ राख्दैन । अब तपाई भारत कै सिको गर्नु हुन्छ भने भारतको स्थिति विस्फोटक छ । २१ दिने देशव्यापी लक डाउनको १८ दिन पछि पनि भारतमा स्थिति नियन्त्रणमा आउनुको  सट्टा विकराल हुदै गईरहेको छ । ओडिसा, पञ्जाब, महाराष्ट्र, राजस्थानले ३० अप्रिलसम्म (थप १५ दिने ) लक डाउनको घोषणा गरिसकेका छन् । सीमावर्ती बिहार र उत्तर प्रदेश राज्य लक डाउन थप्ने मानसिकतामा पुगी सकेका छन । भारतीय प्रम मोदी असमंजस्यको स्थितिमा हुनुहुन्छ,  देश भरी पुनः लक डाउनको अवधि थप्ने कि नथप्ने, उनलाई निर्णय गर्न सजिलो छैन ।

प्रधानमन्त्री महोदय, तपाईलाई संज्ञान पक्कै हुनुपर्छ यही २० दिने  लकडाउनले नेपालको निजी क्षेत्रको झण्डै २५/३० प्रतिशत रोजगारी समाप्त पारिसकेको छ । आउने पाँच छ महिनासम्म रेमिट्यन्स  शुन्य हुनेवाला छ । पर्यटन उद्योग कम्तिमा एक वर्ष थला बस्छ । कृषि बाहेक अन्य कुनै उद्यमले नेपाललाई यो संकटबाट उकास्न सक्दैनन् । राज्यको सारा शक्ति कृषिमा केन्द्रित गरी मुलुकलाई  घोर विपदबाट सकुशल पार लगाउन आजैदेखि आफ्नो भएभरिको ऊर्जा लगानी गर्ने रणनीति बनाउन सक्रिय हुनुस् भन्ने मन्त्रणा दिदै विराम लिन्छु ।

नेपालमा जम्मा संक्रमणका नौ वटा केस सार्वजनिक भएका छन् । काठमाडौंमा भेटिएका दुई वटा केस (चैत्र १० र १२ गते ) पछि  आजसम्म कुनै नयाँ केस भेटिएका छैनन् । बाग्लुङमा चैत १५ र २० मा एक एकवटा गरी दुइवटा केस भेटिएका छन् । सुदूर पश्चिममा चैत १४ मा एउटा र चैत  २२ मा तीनवटा कोरोना संक्रमणका केस भेटिएका छन् । काश्कीमा माघ महीनामा भेटिएका एक जाना निको भइसकेका छन् ।  सुदूरपश्चिम बाहेक दोस्रो चरणको सङ्क्रमण काहीँ कतै पनि देखिएको  छैन । मुलुक विगत २० दिनदेखि लक डाउनको अवस्थामा छ । यस अवधिमा भारतबाट फर्किने बाहेक काहीँ कतैबाट कसैले नेपाल प्रवेश गरेका छैनन । लक डाउन पछि भारतबाट फर्केका नेपाली आइपुगेका स्थान बाहेक सबै स्थान सुरक्षित छन । नेपाल सरकारको गहन दायित्व भारतबाट फर्केका नेपाली नागरिकलाई सुरक्षित रुपमा १५ दिन क्वारेन्टिनमा राख्नुका साथै तिनको सम्पर्कमा रहेका अन्य नेपालीलाई सर्न नदिनु हो । अब पूरा मुलुकलाई ठप्प बनाएर आर्थिक संकट निम्त्याउनु उचित हुँदैन ।

एयरपोर्ट सील छन्, नाका सील छन्, कथंकदाचित आइपुगेका व्यक्तिलाई क्वारेन्टिनको अनिवार्य व्यवस्था गरेर देशव्यापी लक डाउन लम्ब्याउने निर्णय माथि पुनर्विचार गर्नुपर्ने आवश्यकता भइसकेको छ । एकै पटक सम्पूर्ण लक डाउन खोल्न उचित पक्कै हुँदैन । सीमाना र विमानस्थल लकडाउनलाई कायमै राखी देशभित्र चरण चरणमा गरी लक डाउन खोल्ने पहल गर्नुस् । भारतमा थपिएको लक डाउनले नेपाललाई हित नै गर्छ । लामो दुरीका यातायात उपलब्ध नभए पछि ओहोरदोहोर गर्नेको चापमा खासै वृद्धि हुँदैन ।

उता भारतले पनि सीमा क्षेत्रमा कडाइँ गरी नै रहेको छ । यस्तोमा नेपालले सीमामा कडाई गरेर (अझ थपेर) शहर भित्रको क्षेत्रगत रुपमा लक डाउन हटाउनु पर्छ । हो, लामो दुरीको यातायातमा अझै केही दिन प्रतिबन्ध यथावत हुनुपर्छ ।

प्रधानमन्त्री महोदय, तपाईलाई संज्ञान पक्कै हुनुपर्छ यही २० दिने  लक डाउनले नेपालको निजी क्षेत्रको झण्डै २५/३० प्रतिशत रोजगारी समाप्त पारिसकेको छ । आउने पाँच छ महिनासम्म रेमिट्यन्स  शुन्य हुने वाला छ । पर्यटन उद्योग कम्तिमा एक वर्ष थला बस्छ । कृषि बाहेक अन्य कुनै उद्यमले नेपाललाई यो संकटबाट उकास्न सक्दैनन् । राज्यको सारा शक्ति कृषिमा केन्द्रित गरी मुलुकलाई  घोर विपदबाट सकुशल पार लगाउन आजैदेखि आफ्नो भएभरिको ऊर्जा लगानी गर्ने रणनीति बनाउन सक्रिय हुनुस् भन्ने मन्त्रणा दिदै विराम लिन्छु । भगवान श्री पशुपतिनाथले तपाईलाई सुस्वास्थ्य र सद्बुद्धि निरन्तर प्रदान गरुन यही प्रार्थना छ ।

Facebook Comments