परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यस्तो नभए कस्तो हुन्छ?

चट्याङ-प्रहार

भोट हाल्ने बेलामा नभएको नाता पनि तानतुन पारेर हाल्नु हुन्छ 

सकभर आफ्नै रगतको नभए ससुरालीको  नाता खोज्नु हुन्छ 

त्यो पनि नभेटे ठाउँको या देखेको या नाम सुनेको चैँ रोज्नु हुन्छ 

त्यो पनि नभए गाउँलेको नातेदारमा चित्त बुझाउनु हुन्छ 

 

अझ आफु भएको पार्टीको छ भने त्यो उम्मेदवार त देवदूत नै हुन्छ

आफ्नो पार्टी छैन भने बाउ–आमा या नातेदारको पार्टी भए पनि हुन्छ

पार्टीकै छ भने चोर, डाँका, लफुङ्गो, हत्यारा जस्तो भए पनि हुन्छ 

पार्टीको हुँदाहुँदै चुनावमा बाउ नै उठे पनि  बाउलाई भोट दिनु हुन्छ ?

त्यो पनि केही नभए कसैले नगद या जिन्सी दिनेलाई भोट दिनु हुन्छ 

बुद्धि र बिबेकभन्दा स्वार्थ र लोभको भरमा भोट दिएपछि यस्तै हुन्छ   

 

जितेपछि उसले नाता देख्ने कुरै भएन, ऊ त सरकार चलाउने भयो 

सरकारमा उसको चाला दखेर तपाईलाई झोँक चल्ने नै भयो 

तपाईको चाला देखेर उसलाई हाँसो उठ्नु स्वाभाविक भयो  

भोट हाल्दा आफ्नो नाता खोजेपछि जस्तो हुनुपर्ने हो त्यस्तै भयो 

  

तपाईले  भोट हाल्दा उसको सरकार चलाउने बुद्धि तपाईमा सर्छ 

अनि आफ्नो स्वार्थ मात्र हेर्ने तपाईको लोभी बुद्धि उसमा सर्छ 

सरकारमा गएपछि आफ्नै स्वार्थ र लोभ पूरा गर्ने शिवाय ऊ सोच्दैन   

अनि सरकारले गरेका कुनै पनि काम तपाईलाई मन पर्दैन 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

अनि तपाई सरकार सराप-पुराणको पूर्ण पाठ थाल्नु हुन्छ 

चिया र भट्टी गफमा सरकारको कामको उछित्तो काड्नु हुन्छ 

लेख लेख्नु हुन्छ, कविता भट्ट्याउनु हुन्छ या फेसबुकमा फेस्याउनु हुन्छ, 

सरकार कसरी चलाउनु पर्छ भन्ने कुरा त ऊ होइन तपाई जान्नु हुन्छ 

सरकारमा गएको त्यो बिचरोसँग त भोट दिनुअघिको तपाईको बुद्धि हुन्छ 

किनभने भोट हाल्ने बेला आपसमा बुद्धि साटासाट भइसकेको हुन्छ 

त्यसैले त ऊ स्वार्थ र लोभमा चुर्लुम्म डुबेर सरकार चलाउन नजान्ने हुन्छ 

सरकारले के कसो गर्दा ठीक हुन्थ्यो या हुन्छ भन्ने जान्ने त तपाई नै हुनहुन्छ 

 

फरक यत्ति हो कि तपाई सडकमा र ऊ चैँ मन्त्रालयमा हुन्छ 

आफ्ना कुरा सुनाउन तपाई घर बाहिर जानु पर्छ, उसका कुरा विश्वले सुन्छ

तपाईका अघिपछि  कुकुरहरू घुम्छन्, उसको अघिपछि सिपाही तैनाथ हुन्छन्

ऐना पुछेर हेर्नुहोस त आफ्नु अनुहार, प्रायः जस्ता जनता त्यस्तै नेता हुन्छन्   

 

तपाई यस्तो जान्ने हुँदाहुँदै पनि सरकार चलाउन त उसैले पर्छ  

हो, जान्ने त तपाई नै हो, सरकार पो उसले चलाउनु पर्छ 

भोट हाल्ने बेलामा आफ्नु विवेकमा बिर्को लगाउनु हुन्छ 

मात्रै आफ्नो लोभ हेरेर भोट हालेपछि  यस्तो नभए कस्तो हुन्छ?! 

 

Facebook Comments