परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

काठमाडौं, चैत्र २४। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले यो निर्णय गरेको हो।

नवनियुक्त गभर्नर अधिकारी यसअघि नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो।

नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरबाट अवकास प्राप्त चार्टर्ड एकाउन्टेन्ट अधिकारी अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नरमा बढुवा हुनुभएको थियो।

नेपाल राष्ट्र बैङ्कका १७ औँ गभर्नरका रूपमा नियुक्त अधिकारीसँग ३० बर्ष राष्ट्र बैंकमा काम गरेको अनुभव छ।

Facebook Comments