परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गैर-दार्शनिक गन्थन 

 प्रिय रघुजी,

तपाईँले सम्पूर्ण देशवासीका नाममा जारी गर्नु भएको पत्रमा म पनि समेटिएको महसुस गरेर जवाफ होइन तपाईँको पत्रको पूरकको रूपमा यो पत्र पठाएको छु।  

अरू बेला पनि तपाईँ लगायत अन्य साथीभाइले नघच्घच्याएसम्म एक हरफ लेख्न काँडा उम्रिने मान्छे म। यो बन्दाबन्दीमा हात जहाँ पायो त्यहीँ नलग्नूपटक पटक धोइ राख्नू’ भनेको सुन्दासुन्दा होलाअत्यन्त जरूरी कामबाहेक हात पनि थन्क्याएर बसेको थिएँ। तर कुनै न कुनै बेला तपाईँको झटारो आइपुग्छ भन्ने त थियो नै। फोनको घण्टी बज्योबजेरै छोड्यो। अरू बेला त दशचोटि नचिमोटी एउटा लेखोट तयार गर्न नसक्ने मानिस यो लकडाउनमा पूरै पेनडाउन गरेर बसेको छ भन्ने जानेरै फोन गर्नु भएको थियो होला। तर न त तपाईँको फोन अघिन पछियो दिमागमा लेख्न र पढ्न दिन लायक केही कुरा फुरेको भए त मरिजाऊँ१ फोन पाएपछि एकपल्ट सोचेँ पनि, ‘लकडाउनमा चूपचाप नसुतेर कति ल्याङ् गरिराख्या हो बूढा’ भनेर निहुँ खोजौँ। तर लाग्यो,ओहोयस्तो बेला लेखक(संचारकर्मीहरू सुते भने मजस्ता मौसमी लण्ठूहरू कहिल्यै उठ्दैनन्। अनि अरू केही गर्न नसके पनि बाँचुञ्जेल साथीभाइको मन भाँच्नु हुँदैन नि भनेर लेख्न बसेँ।   

अस्ति एकजना विद्वान् मित्रले दर्शन छाँटिहाले फोन मैके गर्ने महोदययस्तो लाग्न थाल्यो किजिन्दगी लकडाउनमा शुरू भयोलकडाउनमै अन्त्य हुँदैछकसैलाई घरमा आउन नदेऊकसैकामा नजाऊ’ भनेर उपल्लो उर्दी आएको बेलामा मेरो लागि त घुमाई फिराई फोन नउठाऊफोन नगर’ भनेजस्तो भाको छ। मान्छे आए भने कोरोना भाइरसको डरफोन आयो भने करूणा भाइरसको। मानिसहरू कि त आफ्नै गनगन सुनाउँछन्कि त नेता-मन्त्रीको सत्तोसराप। 

तर म कोरोनाको बारेमा बोल्दिनँ। नेताको बारेमा पनि बोल्दिनँ। म न त भाइरस विशेषज्ञ,न कोरोना वैज्ञानिकन राजनीतिक विश्लेषक। अहिलेलाई आफ्नै फुर्सदको विशेषज्ञ भएको छुत्यसैमा उब्जेका गन्थनहरू लेख्छु। मलाई कसैसँग गुनासो गर्नु पनि छैनउपदेश झाड्नु पनि छैन। मजस्ता चालीसेले गाँजेका मानिसहरू खासै अर्ती उपदेशमा उत्रिएको देख्तिनँ आजकल। विचराहरूलाई आफ्नै धोती सम्हाल्न धौ धौ छ। आफूभन्दा तल र माथिका पुस्ता सम्हाल्न धौ धौ छकताबाट अरूलाई सम्हाल्ने समय मिल्नु र

जति बेला चालीस कटेसि रमाउँला’ भन्ने गीत खूब चल्दैथियोमलाई चालीसेले लपेट्न शुरू गरेको थियो। सोच्थेँ यो गीतले चालीस नपुगेकालाई ढाडस दिनुभन्दा बढी मलाई जिस्क्याइरहेको छ। बहत्तर सालको भुइँचालोपछि त धेरै समय मलाई झन् लागेको थियोम पचास पनि काट्दिनँ। कम से कम मेरो ठूलो छोराको इन्जिनियर बन्ने ईच्छामात्र पूरा गर्दिन पाए मेरो छोटो जीवन धन्य हुनेथियो। यही सोच्दै छट्पटाएको थिएँ। 

अहिले पनि धेरै मानिसहरू जीवन बचाउने बारेमा सोच्दैछन्। म त आइपरे मृत्युसँग लड्ने मनोवल कसरी जुटाउने वा यो अकाट्य सत्यलाई कसरी वरण गर्ने भन्ने विषयमा पनि चिन्तन गर्नु पर्छ भन्दैछु। होयस बारेमा पनि बोलौँ नलेखौँ न। चारैतिर कालरूपी अँध्यारो मडराएको भान गराउने होहल्ला छ। मचाहिँ बाँचेका मानिसहरूको खुसीबाट उज्यालो महसुस गर्ने प्रयास पनि गर्दैछु। प्रसिद्ध भारतीय कलाकार राजेश खन्नाको आनन्द भन्ने सिनेमाको एक लाइन जीवन बुझ्न मेरा लागि काफी रहेको छः बाबू मुशाय,जिन्दगी बडी होनी चाहिएलंबी नहीं। अरूलाई काम नलागेको तर कष्टै कष्टले भरिएको लामो जीवनको लोभमा डराएर पलपल जिउनुको पनि कुनै अर्थ छ?

त्यही समय आमाको फोक्सोको समस्यामा पटक पटकको हस्पिटलतिरको दौड्धूप बाबजुद आमा बित्दा लाग्यो मृत्यु सर्वथा अस्वीकार्य परिस्थिति नै होइन। धान्न नसक्ने जीवन त अर्थहीन हुँदो रहेछ है। आमाको मुहारमा अन्तिम श्वास लिएपछिको शान्ति र आराम देखिसक्दा मलाई एक प्रकारको ज्ञान प्राप्त भयो। सालामृत्युपछिको आफ्नो अवस्था केही सेकेण्डमात्र भए पनि महसुस गर्न सक्ने शक्ति थपेर जीवन बनाइ दिएको भए मर्छु भन्ने डर कम हुन्थ्यो होला मानिसलाई। मानिसले धेरै कुरा लडेर लिन सक्लात्यो अनुभव लिन सक्दैन। 

अहिले पनि धेरै मानिसहरू जीवन बचाउने बारेमा सोच्दैछन्। म त आइपरे मृत्युसँग लड्ने मनोवल कसरी जुटाउने वा यो अकाट्य सत्यलाई कसरी वरण गर्ने भन्ने विषयमा पनि चिन्तन गर्नु पर्छ भन्दैछु। होयस बारेमा पनि बोलौँ नलेखौँ न। चारैतिर कालरूपी अँध्यारो मडराएको भान गराउने होहल्ला छ। मचाहिँ बाँचेका मानिसहरूको खुसीबाट उज्यालो महसुस गर्ने प्रयास पनि गर्दैछु। प्रसिद्ध भारतीय कलाकार राजेश खन्नाको आनन्द भन्ने सिनेमाको एक लाइन जीवन बुझ्न मेरा लागि काफी रहेको छः बाबू मुशाय,जिन्दगी बडी होनी चाहिएलंबी नहीं। अरूलाई काम नलागेको तर कष्टै कष्टले भरिएको लामो जीवनको लोभमा डराएर पलपल जिउनुको पनि कुनै अर्थ छ?

हुन त यो सबै लकडाउनमा खाली बस्दाको तर्कना नै हो। धेरैले मजस्तै सोचिरहेका होलान्। हिजोआज अलि अलि पढे लेखेकोसामाजिक सञ्जालमा सक्रीयसंचारमाध्यमबाट प्रक्षेपित समाचारहरूलाई निरन्तर हेरिरहनेसुनिरहने मान्छेको दिमागमा कति कुरा खेलिराखेको होला! सबैले लेख्न वा बोल्न थाले कोरोनाभन्दा ठूलो महाव्याधी मानिसहरूको विचारले ल्याउने पक्का छ। हामी आफूलाई भाग्यमानी ठानौँसामाजिक सञ्जालमा पोखिने एकदुई हरफ बाहेक हरेक मान्छे लेख्न र बोल्न बसेको छैन र लेख्‍ने हैसियत पनि राख्दैन। यसबेला बोल्नु नपर्नेले नबोले पुग्छलेख्‍नु नपर्नेले नलेखे। विचारको संक्रमण भोक र रोगको भन्दा कडा हुन्छ। आम मानिसको मन भाँडियो भने सम्हाल्न सक्ने ज्ञानी गुरू मैदानमा उतार्न गाह्रो छ अहिले।

हिजोआज धेरै साथीभाइहरू पुराना फोटा फेसबुकमा टाँसेर टिप्पणी बटुल्न ब्यस्त छन्। समय कटाउने ठिकै तरिका होला यो। के गर्नेभविष्य सोचेर बसौँ भन्दा कोभिडले भविष्यै अनिश्चित बनाएको छ। मलाई पनि यो विचारले नतानेको त होइन। तर पुराना एल्बम खोजेरफोटो छानेर,फोटोको फोटो खिचेर फेसबुकसम्म पुग्नु थोरै काम हो र?बरू ज्यानमा थोरै जोश् भरियोस् भनेर उहिले नै सिकेका जोशिला गीतहरू गाउँदै बसेको छु।  तीसवर्ष अघि नै गाउन छोडेका गीतहरू भटाभट सम्झिँदा लाग्योहैट खुट्टा तन्काउने बेला त कहाँ भाको रैछ र! म अहिले जोड जोडले कोठामा एक्लै गाउँदै बस्या छु,यस्ता गीतहरूः

मर्नैपर्छ एकदिन सबैलेहामी पनि मर्छौँ

हामी मर्दा जनताको शिर उठाई मर्छौं

 

रोक्ने को हो दूरदर्शी विचारका धारा

को हो नयाँ नेपालको बोक्ने अभिभारा

 

फाँशीमा गाँठो सुर्केका पुर्खाका हामी चेला हौँ

बाँझो उझिन्ने वर्खाका हातका हामी ठेला हौँ

अन्य आकर्षणहरू

जागीर वयष्क भएपछि

फैलिएको धर्ती देऊ

हेमराज काफ्लेका दुई कविता

पुर्खाको साटो फेर्नलाई आजै बोल नेपालीजिन्दावाद!’”

यस्तो बेला मजस्ता उपबुज्रुगहरूले थुतुनो नै चलाएर बस्ने त रैछ नि। केही दिन अघिसम्म सोचिरहेको थिएँ थुतुनो चलाएर भाइरस भगाउन सक्ने भए अहिले मजस्ता मान्छे कति मैदानमा हुन्थे होलान्। यस्तो सर्वत्र संकट परेको बेला सबैभन्दा नाकाम नै मजस्तो उपबुज्रुगमात्र हो रैछ भनेर दिक्दार मान्दा मान्दै माथिबाट निर्देशन आयोः अनलाइन कक्षा शुरू गर! फलस्वरूपसूचना(प्रविधि मर्त्यलोकका सम्पूर्ण कष्टहरूबाट मुक्ति दिने संजीवनी हो भन्ने अमिट विश्वास बोकेका नयाँ जोशका युवाहरू वरपर आउँछन् र साहित्य तथा संचारकलाको आस्वादनमा सरीक हुन्छन्। यसले केही राहत मिलेको छ।

मनमा आउँछसजिलो समयमा मात्र काम लाग्ने कस्तो विद्या पढिएछ। तर गर्ने के! डाक्टर बन्ने गच्छे थिएन। पुलिस र आर्मीमा जाने लक्ष्य थिएन। राजनीति अलिकतिमात्र बुझियो,गरिएन। नेताजनप्रतिनिधी वा मन्त्री बनिएन। न त निजामती सेवाले तान्यो,न व्यापारले। यीमध्ये कोही न कोही भएको भएमात्र अहिलेको जस्तो समयमा काम लागिने रहेछ। मैले गर्न नसक्ने काम गर्न सक्नेहरूमात्र अहिले मैदानमा छन्। मजस्ताको भागमा त अर्तीउपदेशगुनासोगालीबकबक अनि गुप्तबास छ। दिमाग अलिक गहन विषयहरूमा समेत चल्ने भए आफूलाई दार्शनिक बनाउने बेला पनि यही हुन्थ्यो होला।

तर अरूबेला मिलिक्क बित्ने समय शिलशिलेबर काम नहुँदा कति ढिलो बितेको होला। आजकल घाम झुल्केर अस्ताउँदा एक जुग पार गरेजस्तो हुन्छ। 

मनमा आउँछसजिलो समयमा मात्र काम लाग्ने कस्तो विद्या पढिएछ। तर गर्ने के! डाक्टर बन्ने गच्छे थिएन। पुलिस र आर्मीमा जाने लक्ष्य थिएन। राजनीति अलिकतिमात्र बुझियो,गरिएन। नेताजनप्रतिनिधी वा मन्त्री बनिएन। न त निजामती सेवाले तान्यो,न व्यापारले। यीमध्ये कोही न कोही भएको भएमात्र अहिलेको जस्तो समयमा काम लागिने रहेछ। मैले गर्न नसक्ने काम गर्न सक्नेहरूमात्र अहिले मैदानमा छन्। मजस्ताको भागमा त अर्तीउपदेशगुनासोगालीबकबक अनि गुप्तबास छ। दिमाग अलिक गहन विषयहरूमा समेत चल्ने भए आफूलाई दार्शनिक बनाउने बेला पनि यही हुन्थ्यो होला। एकहप्ता नकाटेको फुली सक्न लागेको दाह्री लिएर ऐनाको अगाडि अचानक उभिँदामात्र लाग्छबिना काम थन्किएपछि मान्छे दार्शनिक नबने पनि दार्शनिकजस्तो चाहिँ देखिने रहेछ।  

घरीघरी टेलिभिजन खोल्दा भएभरका संवेगहरू सक्रिय हुन पाउने गरी रिमोट थिच्ने गरेको छु। शक्ति राष्ट्रका राजनेताठुटेनेताव्यापारका प्रणेतादेखि अभिनेतासम्म कोरोनाको वरिपरि घुमेका छन्। चीनको चमेरोत्यही चमेराको आलोचनामा तल्लीन अर्को महादेशवासी राष्ट्रप्रमुखअन्तर्राष्ट्रिय उडानबाट फर्केको स्वदेशीघण्टौँ हिँडेर सीमानासम्म आइपुगेको गाउँले परदेशीभिड जम्मा गरेर प्रवचन दिने धर्मगुरूभोकको डरले लकडाउन उलंघन गर्ने मजदुरदेखि लकडाउनको बारेमा राजनीति नगर्न चेतावनी दिने राजनीतिज्ञ र पक्षप्रतिपक्षहरूले सिर्जेको कोलाहल पनि कोरोना भाइरसभन्दा कम त्रासद छैन अहिले। 

विदेशी संचारमाध्यमहरूले शक्तिराष्ट्रकै सरकारहरू निरीह भएको चित्रण गरिरहँदा कताकता लागिरहेको छहिजोआज त सरकार नै नदेखेका हाम्रा गाउँघरहरूको सान्दर्भिकता पो बढी रहेछ।

सामाजिक संजालमायो देशमा बसेर उँभो लागिन्न भनेर विदेश पसेकाहरू अरू बेलाको संकटमा जस्तो अर्तीउपदेशमा उत्रेका छैनन्। सपनाको संसारमै ज्यान जोगाउन हम्मेहम्मे परेको छ उनीहरूलाई। गाउँ बँझ्याएर सहर पसेकाहरू केही गाउँ फर्केका छन्वा गाउँ फर्किन पाए हुन्थ्यो भनेर सहरमै गनगनाइ रहेका छन्। त्यही गनगनलाई खुच्चिङ् पर्‍यो भन्नेहरूको संख्या पनि उत्तिकै छ। त्यो संजालको संसारमा एकछिन अल्झियो भने त नोभेल कोरोनाभन्दा ठूलो भाइरसले गाँज्लाजस्तो लाग्छ। 

यसपाली हातको पनि ऐतिहासिक चर्चा भयो। हुँदा हुँदै दक्षिण कोरियाले त महामारीको बेला देब्रे हातको प्रयोगबारे नियम नै बनाएर तालिम पनि दियो भन्ने पढ्न पाइयो। मलाई यही बेला देब्रे हातप्रति मानिसले गरेको भेदभावको बारेमा निबन्ध वा संवाद लेख्न मन लाग्यो। तर केही लेख्न पुग्ने गरी बिचार नै फुरेन। यतिसम्म महसुस भयो कि कर्मशील र मिहेनती मानिसहरूले मात्र दाहिने र देब्रेलाई बराबर चलाउँदा रहेछन्। अथवाकिसानमजदुरहलीहजामदर्जीसुनारमिझारडकर्मी,सिकर्मीवाद्यवादक आदिका लागि देब्रे हात पनि अपरिहार्य रहेछ।

यसै बिच कोरोना छल्न गाउँ छिरेको मेरो कान्छो छोराले फोनमा गुनासो गर्‍यो, “बाबायहाँ त गर्ने कुरा केही छैन। कस्तो बोर लागेको छ।विचरावाईफाईयुक्त मोबाइल र ल्यापटपमा टाँसिइरहने बच्चो अहिले गाउँ पुग्दा जुकेटोको मारमा रन्थनिएर भुइँमा पछारिएको बर्खे जुकोजस्तै भएको छ। माछा वा फट्याङ्ग्रो मारेर एउटा कमिलालाई सुँघ्न देअनि त्यो कमिलाले अरू धेरैलाई बोलाएर आफ्नो शिकार लिएर गएको हेर्। होइन भने बाँस काट्नचिर्नभाटो तास्न,डोरी बाट्न सिकेर धनुवाँण बनाएर शिकार खेल्न जा। मोबाइलल्यापटप र वाइफाइ नहुने बेला बच्चा यसरी नै रमाइलो गर्थेलम्फू। यस्तो गरेपछि हरेक दिन एउटा निबन्ध लेख्।म दिनै पिच्छे उसलाई यस्तै उपाय बताइरहेको छु। 

यसपाली हातको पनि ऐतिहासिक चर्चा भयो। हुँदा हुँदै दक्षिण कोरियाले त महामारीको बेला देब्रे हातको प्रयोगबारे नियम नै बनाएर तालिम पनि दियो भन्ने पढ्न पाइयो। मलाई यही बेला देब्रे हातप्रति मानिसले गरेको भेदभावको बारेमा निबन्ध वा संवाद लेख्न मन लाग्यो। तर केही लेख्न पुग्ने गरी बिचार नै फुरेन। यतिसम्म महसुस भयो कि कर्मशील र मिहेनती मानिसहरूले मात्र दाहिने र देब्रेलाई बराबर चलाउँदा रहेछन्। अथवाकिसानमजदुरहलीहजामदर्जीसुनारमिझारडकर्मी,सिकर्मीवाद्यवादक आदिका लागि देब्रे हात पनि अपरिहार्य रहेछ। मजस्ताहरूका लागि त पुच्छर सफा गर्नेदाहिने बाहुलाको टाँक लगाउनेदाहिने हातको पछाडि कन्याउनेजस्ता आधा दर्जन कामभन्दा बाहेक देब्रे हात सजावटको सामानजस्तो मात्र पो रहेछ। दाहिनेले चाहिँ महानतम् कामहरू गरेको पुरूषार्थको जसमात्र होइनदेब्रे हातलाई पछि पार्ने वा चोट पुर्‍याउने अलावा अन्य बाहिरी घोर वदमाशीहरूको दोष पनि लिँदो रहेछ। अनि संकटको बेलामा मान्छेको हालत सहज बेलाको देब्रे हातको जस्तो हुँदो रहेछ। 

यो दुनियाँमा हामीले सिक्नुपर्ने धेरै कुरा बाँकी रहेछन्। हामीलाई ठिक लाउन केही न केही घटना घट्नै परेको थियोघट्योघट्दैछ।  मृत्यू अपरिहार्य छ भनेर खासै वास्ता नगर्ने म आफैँ मृत्युबाट भाग्यो भने बाँचिन्छ भन्ने कुरा सिक्दैछु। हो रहेछकालसँग जोगिन असम्भव भए पनि अकालसँग केही हदसम्म सम्भव रहेछ। अरू बेला उकुशमुकुश लाग्ने मेरो घर र बौद्धिक प्रगतिको वाधक लागेको परिवार अहिले वरदान सावित भएका छन्। समस्या बानीमा रहेछसोचमा रहेछ। हुनसक्छअबका दिनमा मानिसबाट सिर्जित अर्को विपत्तिको कवचको रूपमा केही हदसम्म यही अनुभूतिले काम गर्नेछ।

रघुजी,

मेरो फुर्सदको दिनचर्या जस्तो छ त्यस्तै अन्धाधुन्ध गन्थन लेखेर झारो टारेको छु। दुनियाँलाई छोपेको यो विपत्तीका कारण विधिविधाताविधायक र विज्ञान समेतबाट मानिसको विश्‍वास उठेको बेला म नाथेको गन्थनले दुईचार फुर्सदिला मानिसहरूको केही मिनेटसम्म कट्ला। भाग्यको बारेमा थाहा छैनतर अहिलेको कर्म र अनुशासनले अकाल गमनको वाध्यता त पक्का टर्ला। म त कल्पना गर्दैछुयो विपद् टरेपछिको दुनियाँले थोरै समयका लागिमात्र भएपनि आँधीपछिको खुलापन र स्वच्छता देख्नेछ । बाँचेका असल मानिसहरूले त्यो स्वच्छतालाई जोगाउन कोशिश गर्नेछन्। त्यसमा हामी पनि पर्‍यौ भने सहयात्रा जारी रहनेछ।

अहिलेका लागि आनन्द  सिनेमाको यो वाक्य दोहोर्‍याएर बीट मार्न चाहन्छु, “बाबू मुशायजिन्दगी बडी होनी चाहिएलंबी नहीं। 

धन्यवाद !

Facebook Comments