परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जीवन ज्युँने कला

कसैले आदेश देओस् वा नदेओस् अंधकारमा द्विप प्रज्ज्वलन गर्नु एक महान कार्य हो । द्विप प्रज्ज्वलन मानसिक शान्तिका लागि गरिन्छ । यसको विरोध किन ? यसमाथि मजाक किन ? अर्कातिर द्विप प्रज्ज्वलन हाम्रो संस्कार पनि त हो । होइन र ?

हिजो साँझको हाम्रो द्विप प्रज्ज्वलन कोरोना भाइरसले मृत्यु भएकाहरुलाई मौन श्रद्धाञ्जली हुन सक्दैन ? कोरोना भाइरससँग आज लडिरहेका बिरामीहरुको लागि स्वास्थ्यलाभको कामना हुन सक्दैन द्विप प्रज्ज्वलन ? संसारभरीका स्वास्थ्यकर्मीहरुको लागि सामूहिक प्रार्थना हुन सक्दैन द्विप प्रज्ज्वलन ? उक्त भाइरस बिरुद्ध कुनै न कुनै तवरले कुनै पनि काममा खटिरहेका सुरक्षाकर्मी र स्वयंसेवकहरुको लागि ढाडस हुन सक्दैन द्विप प्रज्ज्वलन ? के द्विप प्रज्ज्वलन गर्नु ज्ञानको आह्वान वा सादगीको पुकारा हुन सक्दैन ?

दियो बालेर कोरोना हट्छ भनेर कसले भन्यो ? कसले भनेन रु किन भन्यो ? किन भनेन ? के अब हर कुरालाई विवादास्पद बनाउँदै लैजाउँ ? एक थोपा भए पनि आफ्नो एउटा विवेक हुन्छ कि हुँदैन ? के त्यो विवेक पनि एक किशिमको प्रकाश नै होइन र ? खोइ त त्यसको प्रयोग गरेको रु अनि किन नगरेको ?

त्यसो त ज्ञानको ‘मेटाफोर’ प्रकाशसँग हुने गर्छ । बाह्य अंधकारलाई प्रकाशले निमिट्यान्न पार्छ भने ज्ञानले हाम्रो भित्री अन्धकारलाई तिरोहित गरिदिन्छ । अर्को कुरा, अन्धकारमा भट्किरहेको कुनै व्यक्तिले टाढा कतै मधुरो प्रकाश देख्यो भने उसका पदचापहरु आफ से आफ त्यता बढ्न थाल्छन् । तसर्थ प्रकाश निराशामा आशाको उर्जास्रोत पनि हो । बत्तिमा किराहरु त आकर्शित हुन्छन् भने हामी त मानव हौँ । जगतका कथित बुद्धिमान प्राणी ।

पूर्वीय सभ्यताको धरोहर ‘निर्वाण’ अर्थात ‘इन्लाइटनमेन्ट’ भन्ने शब्द सतप्रतिशत प्रकाशसँग सम्बन्धित छ । जसको आह्वान स्वरुप पनि द्विप प्रज्ज्वलन गर्ने गरिन्छ । जसरी अन्धकारमा एउटा दियोले प्रकाश छर्छ, त्यसरी नै ‘निर्वाण’ अवस्थामा व्यक्तिको अन्तस् पनि प्रकाशवान हुने गर्दछ । साधनामा लीन भएकाहरुलाई सोध, प्रकाशको महत्व के हो । अन्धकारमा रुमल्लिइ रहेकाहरुलाई सोध, पुलकित दियोको मतलव के हो ।

अन्धकारमा जलिरहेको एउटा दियो कुनै भगवान भन्दा कम हुन्छ र ? अनि भित्री अन्धकार सखाप पारेको साधक कुनै भगवानभन्दा कम होला त रु द्विप प्रज्ज्वलनको विरोध गर्नु अन्धकारमा बस्दाबस्दा अवशादग्रस्त भएर बर्बराउनु जस्तो हो कि होइन ? के हामी अंधकारसँग यति धेरै अभ्यस्त भइसक्यौँ कि अब हाम्रा लागि प्रकाशको एउटा आशावादी किरण पनि आँखाको कसिंगर बन्न पुग्यो ?

द्विप प्रज्ज्वलन जस्तो महान कार्यलाई किन राजनीतिसँग जोड्नु ? छिमेकी प्रधानमन्त्री मोदीलाई किन गाली गर्नु रु के हिजो भाजपाको मात्रै ‘जन्मदिन’ थियो र ? द्विप प्रज्ज्वलन गर्दा भाजपालाई मात्रै होइन, हिजो जन्मदिन परेका सबैलाई पनि त प्रकाश गयो होला नि । गएन होला त ? जाओस् न त । मैले द्विप प्रज्ज्वलन गर्दा धेरैलाई उर्जा मिल्छ भने किन नगर्ने ? बहुजन हिताय सुख किन भनिएको ? बसुधैव कुटुम्बकम किन भनिएको ? सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु मा कस्चित दुःख भागभवेत किन भनिएको ? भवतु सब्ब मंगलम किन कहिएको त ?

मलाई लाग्यो, मान्छेहरु आफ्नो र अरुको मानसिक स्वास्थ्यसँग खेलवाड गर्छन् । प्रथम कुरा, यहाँ मानसिक स्वास्थ्य बारे चासो नै व्यक्त छैन । मानिसहरु शरीर केन्द्रित छन् र शरीरको दायराभन्दा इतर सोच्न पनि सक्दैनन् । नत्र अन्धकारमा द्विप प्रज्ज्वलन गर्दा विरोध केको ? मानसिक शान्तिको विरोध ? भाइचाराको विरोध ? कि हो यो आफ्नै विरोध ? कि यो विरोधका लागि विरोध हो ? कि विरोध गर्ने आदतले ग्रस्त छन् मान्छेहरु यहाँ ? केको आशक्ति हो यो ? कहाँको कुन नकारात्मक तरंगले ग्रस्त तुल्यायो हाम्रो सभ्यतालाई ? जिन्दगी किन यति धेरै राजनीतिकरण भइरहेको छ यहाँ ?

निश्कर्ष के हो भने, यहाँ मान्छेहरु आफैँसँग नाराज छन् ।

एउटा प्रेरक कथाले विषयवस्तुमा प्रकाश छर्न मन लाग्यो :

जीवन ज्युँने कला सिक्न एउटा बाईस वर्षे युवक एकदिन नाम कहलिएका गुरुका आश्रममा पुग्यो । युवक निकै वैराग्यिएको थियो । जगतको दुरुह हालत र मान्छेहरुको घिनलाग्दो स्वार्थ देखेर अनि भोगेर ऊ आजित भइसकेको थियो ।

उसलाई जताततै क्रोध जाग्थ्यो । उसको कुरा कसैसँग मिल्दैनथ्यो । युवकले जति नै जायज कुरा गरे पनि मान्छेहरुले उसलाई पागल भन्थे । यस्ता अनुभवले युवकको रगत उम्लिएको थियो । साथसाथै ऊ जिन्दगीदेखि निकै निरास पनि हुनपुगेको थियो ।

उता गुरु निकै उर्जावान देखिन्थे । उनी जागृतिको धून बजाउन पोख्त । कहाँसम्म भनिन्थ्यो भने मरेको लाशमा पनि उर्जा प्रवाहित गरेर जीवित गरिदिने क्षमता राख्थे, उनी ।

गुरुले युवकको कुरा ध्यानपूर्वक सुने ।

भेट्नासाथ पाउ छोएर उसले भनेको थियो, ‘म जीवनलाई समग्रमा ज्युँन चाहन्छु । म जीवन ज्युँने कला सिक्न आएको हुँ । ममाथि कृपा बक्सियोस् हजुर ! म एक दुःखी मनुवा हुँ ।’

युवकको आँखामा नियालेर गुरु तीखो दृष्टिपात गरिरहेका थिए । युवकको कुरा सुनेपछि केहीबेर आँखा बन्द गरेर उनले भने, ‘खुशीको कुरा हो कि तिमी जीवन ज्युँने कला सिक्न आएछौ । तर अब धेरै ढिलो भइसक्यो । अबको ठिक २४ घण्टामा तिम्रो मृत्यु हुन्छ !’

गुरुको कुरा सुनेर केटो पलभरमै पसिनापसिना हुनपुग्यो । उसलाई आफू उभिएको जमिन अकस्मात् तल भासिए जस्तो भयो । ऊ चारैतिर अन्धकार देख्न थाल्यो । जीवनमा धेरैथोक गर्न बाँकि नै रहेको अवस्थामा मृत्यु ? कसलाई चित्त बुझ्दो हो र ?

गुरुले उसलाई नियालेर अपलक हेरिरहेका थिए । आध्यात्मिक गुरु हुनुका साथै उनी एक भबिस्यद्रष्टा पनि भएको कुरा युवकले सुनेको थियो । उनले काटेका अटकल वा लखहरु सतप्रतिशत मेल खान्थे ।

तसर्थ गुरुको उक्त भबिस्यबाणी नपत्याउने कुरै भएन ।

युवकको मुख सुक्यो । गुरुसँग मागेर एक अङ्खोरा पानी उसले लगभग एकै झट्कामा घुट्क्यायो । अनि केही पनि नबोली रातो भएको अनुहार लिएर फुत्तै बाहिरियो ।

गुरु कराए, ‘ए बाबू सुन त, जीवन ज्युँने कला त सिकेर जाऊ । सजिलो छ । केवल एउटा मन्त्र घोक्नु पर्छ र त्यसलाई हरेक बिहान जप गर्नुपर्छ ।’

ढोकाबाट ओझेल हुँदै गरेको युवक गुरुको आवाज सुनेर फरक्क फर्कियो र झोंक्किएर भन्यो, ‘अब मर्ने बेलामा घण्टाको जीवन ज्युँने कला ? भो चाहिएन मलाई हरियो कांक्रो !’

अनि ऊ त्यहाँबाट आफ्नो घरतर्फ दगु¥यो । बाटामा ऊ बैंक छि¥यो र आफ्नो खाताबाट सबै पैसा निकाल्यो । अनि ऊ आफूले सधैँ खाजा खाने रेस्टुरेन्ट गयो । उधारो खाएको रकम ति¥यो । अनि भन्यो, ‘साहूजी मबाट बिगतमा कुनै गल्ती भएको भए माफ पाउँ है !’

हिजोसम्म थर्काइथर्काइ उधारो खाने युवकको चम्किलो मुस्कान र मृदु आवाज सुनेर साहूजी छक्क प¥यो । युवकलाई ऊ केही सोध्न खोज्दै थियो । तर युवक निमेषभरमै सडकमा खडा रिक्सा रोकेर त्यसमा चढी एकातिर बत्तियो ।

युवक आफ्नी गर्लफ्रेण्डको घर पुग्यो । गर्लफ्रेण्डसँग केही दिनदेखि ऊ नाराज थियो । केटीले अब बिहे गरौँ भन्दा ऊ मानेको थिएन । यसै कुराले उनीहरुको लगभग ब्रेकअप नै भइसकेको अवस्था थियो ।

अन्य आकर्षणहरू

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

बा-आमा देवता हाम्रा

युवकले उपहारको एउटा पोको केटीका हातमा थमायो र भन्यो, ‘मलाई माफ गरिदेउ प्रिये ! मैले तिम्रो माया बुझ्न सकिँन । तिमी महान छौ । तिमी हृदयकी खानी हौ । म नै गलत थिएँ । मलाई माफ गरिदेऊ !’

अनि युवकले डाँको छाड्यो । केटी ट्वाँ परी र युवकलाई अंगालोमा हाली । युवकले सुँक्कसुँक्क गर्न छाडेपछि केटीले सोधी, ‘त्यसो भए हामी कहिले बिहे गर्ने त जानू ?’

केटीको अंगालोबाट बिस्तारै बाहिर निस्किएर केटाले भन्यो, ‘बाईस घण्टापछि !’

अनि ऊ त्यहाँबाट सौहार्दपूर्ण वातावरणमा निस्कियो । उसको आगमन र सकारात्मक आभा पाएर केटी आह्लादित भइ ।

बतासिएर युवक आफ्नो घर पुग्यो । घरमा उसको कसैसँग कुरा मिल्दैनथ्यो । बाबू, आमा, दाजु र बहिनीसँग निकै दिनदेखि उसको दोहोरो कुराकानी भएको थिएन । सबैले उसलाई आवारा भन्थे । सफ्टवेअर बनाएर बेचेर पैसा कमाए पनि ऊसँग कोही खुशी थिएनन् । पछिल्लो अवस्थामा घरका सबै सदस्यहरुलाई उसले क्रोधले आगो हुँदै भनेको थियो, ‘मलाई बुझेनौ तिमीहरुले । कहिल्यै बुझेनौ । किनभने म जगतमा सत्य खोजिरहेको छु । थाहा छ रु सत्यका अन्वेषकहरुले जिन्दगीको बाटोमा एक्लै हिँड्नुपर्छ !’

तर त्यसदिन ऊ नितान्त भिन्नै भावमा देखिन्थ्यो । उसले टन्नै फलफूल, मिठाई र अनेक उपहारहरु किनेर घर लगेको थियो । युवकले कुन्नी कताबाट एउटा मुस्कान झिक्दै भन्यो, ‘म नै गलत थिएँ । मैले आफ्नो घरलाई बुझ्न सकेको थिइँन । यो घर स्वर्ग हो ।’

अचानक उसको यस्तो कुरा सुनेर घरका सबै जना छक्क परिरहेका थिए । उनीहरुले सोचे, आज अचानक यो के चमत्कार हुन पुग्यो ?

त्यसपछि युवक आफ्नो कोठामा पुग्यो । उसलाई आफ्नो घर नै अनौठो लागिरहेको थियो । हिजोसम्म तुच्छ लाग्ने घरका सदस्यहरुलाई अचानक ऊ देवदूत जस्तै देखिरहेको थियो ।

आफ्नो कोठाको ढोका भित्रबाट लगाएर युवकले एउटा फोन लगायो । जसलाई उसले फोन लगायो त्यो उसको खास दुश्मन थियो । युवकले फोनमा भन्यो, ‘मैले तपाईंलाई चिन्न सकिँन । तपाईं राम्रो मान्छे हो । गल्ती मेरै थियो । कृपया मलाई माफ गरिदिनु होला ।’

त्यसपछि युवकले मोबाइलमा डाटा किन्यो र जिन्दगीमा पहिलोपल्ट एउटा सकारात्मक स्टाटस ठोक्यो, ‘दुनियाँ त ठिक रहेछ । तर म गलत रहेछु । अन्तर रहेछ केवल हेर्ने नजरको ।’

अनि उसले च्याटमा आफूसँग मनमुटाव भएका मान्छेहरुसँग पनि माफी माग्यो । सम्झीसम्झी उसले मान्छेहरुसँग क्षमाभाव पोख्यो । उसमा अचानक आएको यो परिवर्तन देखेर उसको पहुँचमा रहेका मान्छेहरु छक्क परे ।

२३ घण्टा बिते ।

आफूलाई नास्तिक भन्न रुचाउने त्यो युवक यतिबेला आफनो घरको पूजाकोठामा पल्याँटी कसेर बसेको थियो । सारा धार्मिक पुस्तकहरु झिकेर ऊ जोरजोरसँग भटाभट संस्कृतका मन्त्रहरु वाचन गरिरहेको थियो ।

हेर्दाहेर्दै २४ घण्टा पनि बित्यो । उसको मुटुको धड्कन तेज हुँदै थियो । ऊ झन जोरजोरले मन्त्रहरु पढ्न थाल्यो ।

गुरुले दिएको निर्धारित समय पनि आयो । तर केही भएन । गुरुले दिएको समय कट्यो । ऊ मरेन । गुरुले दिएको समय कटेको दुई घण्टापछि उसले एकपटक आफूलाई चिमोटेर हेर्यो । अहँ ऊ मरेको थिएन । लौ अचम्म !

उसलाई एकसाथ अनौठो र उदेक महसूस् भइरहेको थियो । डरलाई काबूमा राखेर अबेर नगरी ऊ पुनः गुरुको आश्रम तिर हान्नियो ।

अनि गुरुका अगाडि पुगेर क्रोधले चिच्यायो, ‘तिमी जस्तो महान गुरु पनि झुठो निस्कियौ । मेरो मृत्युबारे तिमीले दिएको समयबाट अहिले चार घण्टा कटिसकेको छ । तर पनि म जीवित छु ! किन झूठ बोल्यौ गुरु महाशय ?’

बडा अनौठो आवाज निकालेर बोलिरहेको थियो युवक । गुरु भने उसको हालत देखेर मन्दमन्द मुस्कुराइरहेका थिए ।

केहीबेर युवकको कुरा चुपचाप सुनेपछि मौनता तोड्दै गुरुले भने, ‘हो मैले झूठ बोलेको थिएँ । तँ नालायकलाई जगाउनका लागि झूठ बोलेको थिएँ । अनुकम्पास्वरुप आफूलाई प्राप्त भएको जीवनलाई लत्याएर अरु नै कुनै काल्पनिक सत्ताको पछि भेडो झैँ दगुरिरहेको तँ जस्तो नास्तिकलाई जगाउन मैले तेरो मृत्युको गलत भबिस्यबाणी गरिदिएको थिएँ । सुन केटा, तैँले पछिल्लो २४ घण्टा जसरी जिन्दगी जिइस् त्यसरी सँधै ज्युँन सकिस् भने तैँले जीवन ज्युँने कला सिकिस् भन्ने म ठान्छु । र, सुतिरहेका मान्छे जगाउन म यस्तैयस्तै अनेक जुक्ति निकाल्ने गर्दछु । किनभने मृत्युलाई अनुभूत नगरी जीवन जान्न सकिन्न र जीवनलाई भरपूर नबाँची मृत्युलाई पनि बुझ्न सकिन्न । हरेक दिन यही भावमा ज्युँनू कि मृत्यु मेरो एकदमै नजिक छ र यो कुनै पनि बेला टप्किन सक्छ । अब दुनियाँप्रति वैरभाव होइन केवल करुणाभावको अभ्युदय हुन्छ !’

केटाले डाको मात्रै छोड्न सकेन । अनि ऊ गुरुका चरणकमलमा घोप्टियो ।

के हामी यो युवक भन्दा कम छौँ ?

त्यसैले सकारात्मक सोचको बिकास गरौँ । घर स्वर्ग हो । केही दिन घर बस्दा हामीलाई किन छटपटी ? किन नकारात्मकता ? के हामीले आफ्नो घरलाई नरक बनाइसक्यौँ ? त्यसो हो भने पनि आजैबाट हामी आआफ्नो घरलाई स्वर्ग बनाउने चेष्टामा लागिहालौँ ।

घरै बसौँ । कोरोना महामारीको कहर काटौँ ।

Facebook Comments