परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आफ्नैले सक्ने भए मन्त्रीलाई

फुटानी

‘आपुई sss! सल्लाबोटे कान्छो हैन ! लौ, यस्तो बेलामा कहाँ दगुरेको हौ ?’ बोजुको आवाज सुनेर म पनि घरबाट बाहिर निस्किएँ ।

कहाँ जानु हौ बोजु ! यहीसम्म आको नि ! कति कोठामा थुप्रिएर बस्नु भनेर खुट्टा तन्काउन बाहिर निस्किएको । अनि बोजु काठमाण्डौमा हर्केको खबर के छ नि ?

के हुन्छ हौ कान्छा ! लकडाउनले गर्दा कोठामा कुचुक्क परेर बसेको छ अरे । त्यसको अनलाइन कि के जाति चलाउ छ नि, हो त्यसमा भा’को नभाको लेखेर बस्छ नि । त्यसको बाउ चाहिँ ले पो हिजो बेलुकी सुनाउँदै थियो त । सत्ये कुरो पनि अलि–अलि मिसाउदो रछ । भ्रष्टाचार गरेको कुरो लेख्दा आफैंले पैसा गनेर बुझे जस्तो लेख्छ अरे । लु, भिरघरे पनि आई पुगो ।

कहाँ जौँ कहाँ जौँ भयो अनि आएँ नि हौ बोजु ।

‘लु बसेर कुरो गर हौ तिमारु । तर धेरै नजिक चाहिँ नबस है । म च्या बनार ल्याउँ छु’ भन्दै बोजु घर भित्र पस्नु भयो ।

सल्लाबोटे कान्छालाई बडो खुलदुली लागेर भिरघरेतिर फर्किएर सोध्यो ।

हौ भिरघरे दाइ ! हाम्रो हर्केले लेखेको भ्रष्टाचारको कुरो, कोरोना भाइरस नियन्त्रणका लागि चाइनाबाट ल्याएका सामान सबै काम नलाग्ने, गुणस्तरहिन भएको भनेर लेखेको कुरो, अनि कोरोना लागेर मरेका मानिसहरु जतिलाई होइन भनेर सरकारले ढाँट्यो भनेर लेखेको कुरो के साँच्चै हो त ?

म त अहिलेका पत्रकारले लेखेको कुरो चाहिँ पत्याउदिन है कान्छा । कसरी पत्याउनु ! सामान किनेको विल त चारवटा अनलाइनमा चारै खालको आको छ । एउटा अंकलाई एकजानले १ बनाए छ, अर्कोले त्यही अंकलाई ३ बनाए छ, तेस्रोले ५ ठोके छ र चौथोले त्यही १ लाई ७ बनाएर लेखे छ । १ र ३ लेख्नेले भ्रष्टाचार भएको छैन भनेर ब्याख्या गरे, ५ र ७ लेख्नेले भ्रष्टाचार ग¥यो भनेर ठोके ।

अनि दाइ, त्यो सामान चाहिँ काम नलाग्ने गुणस्तरहिन हो भनेर कसरी जान्यो ?

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

माओवादीको कन्तविजोग!

प्रलाप भित्रका प्रचण्ड !

लु कान्छा यो खालको कुरो चैं नगर ! हाम्रो पत्रकारले सप्पै कुरो अनुमान गरेकै भरमा जान्दछ । हेर कान्छा ! राजधानी र शहर बजारतिरका मान्छे आफूलाई धेरै बाठो ठान्छन् । पत्रकार त झन ए बावा हो…. ! स्वास्थ्य विज्ञ, बाली विज्ञ, भ्रष्टाचार विज्ञ, राजनीति विज्ञ बन्दै विश्व व्राह्मण्ड विज्ञ भै पो जान्छ त । खेद्नु प¥यो भने ओल्लो भित्ता देखि पल्लो भित्ता पु¥याउँछन् ।

अनि कान्छा ! अचेल के गर्दै छस् ?

के गर्नु ! समचार हे¥यो, बस्यो । अरु काम भए पो ! समचार पनि भयङ्कर डर लाग्ने गरी दिन्छन् । वास्तवमा हामीलाई अँत्याएका मात्र हुन । विदेशबाट आउनेहर्लाई कोरेन्टिनमा राख्ने ग¥यो भने यहाँ कोरोना सोरोना क्यै आउँदैन ।

भन्छौ नि कान्छा ! अर्कालाई अँत्याउने, धम्क्याउने, छुद्रता प्रदर्शन गर्ने, त्राहिमाम बनाउने कर्म नगरी नेपाली बस्नै सक्तैनन् । एsss बोजु, च्या पो ल्याउनु भो ! जाड नै छपनीले छानेर एक डबका दे’को भा’हुने थ्यो । अब भैगो यही तातो च्या खानु प¥यो ।

दाइ ! अनि नेकपाको सरकार माथि त विभिन्न खालको आरोप लगाउँदै छन् नि ! यो चाहिँ साँच्चै हो कि ख्याल ख्याल हो ?

हेर कान्छा ! हुन त म पर्तिपक्षेको मान्छे । तै पनि मलाई के लाग्छ भने – यो नेकपा भन्ने नै बेकारको कुरा हो । एकता हुदै हुदैन । अहिले त्यो पार्टी भित्र तातो तेलमा पानीको छिटा परेपछि पड्किए जस्तै भा’को छ । अब माओवादी पक्षेका सञ्चार माध्यमले एमालेका मन्त्रीहर्को खेदो खनेर लेख्या लेख्यै छन् । ईश्वर पोखरेल, भानुभक्त ढकाल, योगेश भट्टराई र युवराज खतिवडालाई बर्खास्त गर्न नलगाई छोड्दैनन् । यी मन्त्रीहर्लाई खाए पनि विष लाग्छ नखाए पनि विष लाग्छ ।

हैन, एउटै पार्टीको भर पनि किन यसो गरेको ?

कान्छाले कुरै बुझ्दैन । एउटा भनेर दुईटा पार्टी चलाएका छन् । अहिलेका प्रधानमन्त्रीलाई एक्लो बनाएर भुइँमा पछार्न पहिलाका माओवादीहरु कन्दनी कसेर लागेका छन् । त्यो हेर्न टाढा जानै पर्दैन । माओवादी नजिकका सञ्चार माध्यम हेरे पुग्छ । कताको एमाले कहाँको माओवादी ! अब एमालेका मन्त्रीहरु सकिने दिन आए । मेरो निचोड के छ भने एमाले सकेर मात्रै माओवादी सन्तुष्ट हुन्छ । आफु त सकिएकै छ । नरहे बाँस, नबजे बासुरी । लौ लाल सलाम !

Facebook Comments