परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आउनुहोस् असान्दर्भिक वार्ता गरौं !

आज एउटा लेख तयार गर्छु भन्ने थियो सकिन । सक्नु पनि कसरी ! दिमागमा कोरोना, लकडाउन, भ्रष्टाचार र सरकार विरोधी भारी बोकाई दिएको छ । अनि कसरी लेखिन्छ ? भयो यो कोठामा थुनिएर र यिनै समाचारहरु सुनेर म लेख्न सक्तिन ।

एउटा जमात ‘कोरोना सोरोना मारो गोली, सरकारको राजिनामा पहिलो कुरा हो ’ भनेर भित्र भित्रै आगो झोस्तै छ । अर्को जमात कोरोनाबाट बाँचौ अनि कहाँ के भएको हो खोजौला भन्दै छ । दुनिया आ–आफ्नै तालमा छ । विरोध गर्ने विरोध गरेरै रमाई रहेका छन्, समर्थन गर्ने समर्थनमै ।

मेरा मित्र ज्ञानमित्र लेख्नु हुन्छ ‘कसको विरोध गर्नु, विगत ३० वर्षमा सबैको अनुहार र चरित्र नदेखेको हो र !’

वास्तवमा नकारात्मक भावनाले मनमस्तिष्क गाँजे पछि मान्छे टिमुरकिएर पोखिन्छ । उफ्रिन्छ, बटारिन्छ र थेचारिन्छ । उ कहिल्यै सन्तुष्ट हुन सक्तैन । नकारात्मक सोच्ने र लेख्ने मनुवाहरु पनि असन्तुष्टि र कुण्ठाको पोको फुकाएर बसेका पाइन्छन् । भ्रष्टाचारको बारेमा लेखिएका गन्थनको इतिहास खोतल्दै एकजना मित्र भन्नुहुन्छ – पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै बेला सबैभन्दा ठूलो भ्रष्टाचारी भनियो । प्राडो, पजेरो, पैसा बाँड्नेदेखि सरुवा, बढुवा, नियुक्ति सबैमा पैसा असुलेको आरोप लगाइयो ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिले पनि अकुत सम्पत्तिको मालिक र कालो धन भएका व्यापारीहरुको रक्षक भनिदैछ ।

म चाहिँ यो निशुल्क उपदेश, सल्लाह, सुझाव दिने गालिगलौज वा सराप्ने र नैतिकताको पाठ पढाउने काम गर्न सक्तिन । वास्तवमा भन्नुहुन्छ भने म चाहिँ आज गम्भीर वार्तालापका लागि ग्रामिण क्षेत्रका गृहिणीहरुसंग बस्ने वाला थिए । मैले जान्न चाहेको थिएँ, त्यहाँ कसरी गुजारा चलिरहेको छ भनेर । तर, आज म त्यहाँ जान सकिन । सायद भोलि म त्यहाँ पुग्छु र त्यहाँको जनजीवन बारे सोधी खोजी गर्छु ।

स्वर्गीय खुमबहादुर खड्का र वामदेव गौतमलाई भ्रष्टाचारीको पगरी गुत्थाएर खेद्नुसम्म खेदे । फेरि अहिले आएर केही मन्त्री मिलेर असाध्य ठूलो भ्रष्टाचार गरेको प्रमाणित गर्न एक थरि दिलोज्यानले लागेका छन् । सञ्चार माध्यममा यस्तै पढ्दै र सुन्दै आएको धेरै वर्ष वितेछ । अहिले लकडाउनका बेला पनि यस्तै फजुल र असान्दर्भिक विषयमा घोत्लिने हो र ! आउनु होस् अरुनै विषयमा वार्तालाप गरौं ।

यदि यस्तै खुराफाती विषय मनपर्छ भने तपाईं पनि नैतिकताको पाठ पढाउन पोथा पल्टाएर बस्नुहोस् । दिनुहोस् त्यसपछि दनादन नैतिक शिक्षा । विना मूल्य अर्ति, उपदेश र नैतिकताको पाठ पढाउने र धारे हात लगाएर मन नपरेको व्यक्तिलाई सराप्ता खाएको पनि पच्छ र मन शान्त हुन्छ । कुण्ठा पोख्ने र मन हल्का बनाउने नेपाली उपाय एउटा यो पनि हो ।

म चाहिँ यो निशुल्क उपदेश, सल्लाह, सुझाव दिने गालिगलौज वा सराप्ने र नैतिकताको पाठ पढाउने काम गर्न सक्तिन । वास्तवमा भन्नुहुन्छ भने म चाहिँ आज गम्भीर वार्तालापका लागि ग्रामिण क्षेत्रका गृहिणीहरुसंग बस्ने वाला थिए । मैले जान्न चाहेको थिएँ, त्यहाँ कसरी गुजारा चलिरहेको छ भनेर । तर, आज म त्यहाँ जान सकिन । सायद भोलि म त्यहाँ पुग्छु र त्यहाँको जनजीवन बारे सोधी खोजी गर्छु ।

अहिले त म अरु नै विषयमा प्रवेश गर्न खोज्दै छु । वेसरोकार, वेप्रसंग र विना कामको विषय जुन हो त्यसमै प्रवेश गरेर रमाउने । लकडाउनले कोठामा थुनेर राखेको बेला पनि बौद्धिक, अर्थपूर्ण र गम्भीर विषयमा प्रवेश गरेर फेरि किन बोझिलो बन्ने ?

काठमाडौंमा ओल्लो घर, पल्लो घर खासै चिनजान हुदैन । आफ्नो काममा ब्यास्त भएर पनि होला मानिसहरु एक अर्कासंग त्यति बोल्दैनन् । क्रमशः हामी नेपाली परम्पराबाट टाढा हुदै छौं ।

वास्तवमा हामी अर्कै हुदै गएका छौं । नढाँटी भनौ हामीमा मानवीयता हराउँदै गएको छ । सहयोगी भावना विलाउँदै गएको छ । भौतिक सुख भोगको असिमित चाहनाले मानिस स्वार्थमा निर्लिप्त भएको छ । हामी एक अर्कालाई सहयोग गर्न सक्ने अवस्थामा रहेनौं ।

पहिले पहिले अपरिचित व्यक्ति भेट हुदा एकले अर्कोलाई ‘को पर्नु भयो !’ भनेर सोध्ने चलन थियो । अहिले त्यो चलन हरायो । ‘को पर्नु भयो’ भन्यो भने ‘नङ्ग्रयाउनु भो’ भनेर हिड्छन् । ओल्लो घर पल्लो घर ऐंचो पैंचो हरायो ।काठमाडौंमा त झन् कल्पनै नगरे हुन्छ ।

वास्तवमा हामी अर्कै हुदै गएका छौं । नढाँटी भनौ हामीमा मानवीयता हराउँदै गएको छ । सहयोगी भावना विलाउँदै गएको छ । भौतिक सुख भोगको असिमित चाहनाले मानिस स्वार्थमा निर्लिप्त भएको छ । हामी एक अर्कालाई सहयोग गर्न सक्ने अवस्थामा रहेनौं ।

यो गहन विषय तर्फ पनि नलागौं । बरु छतमा चढेर परपरसम्मको दृष्यावलोकन गरौं ।

आज मौसम थोरै बदली भएको छ । ऊ… पर हेर्नुहोस् त डाँडाको टुप्पामा लागेका बादलका गुच्छाहरुले हिजोसम्म देखिएका हिमालहरु छोपी दिए छ ।

घरहरुले नछोप्ने हो भने उपत्यका वरिपरिका डाँडाहरु सुन्दर देखिने थिए । तर, हामी मान्छे प्रकृति माथि आक्रमण गर्छौ अनि जब प्रकृतिले प्रतिक्रिया जनाउँछ अनि पश्चाताप गर्छौ ।

उ… त्यो पर देखिएको गुज्येश्वरी माथि पशुपति नजिकै रहेको विश्वरुपको जंगल हो । यता पट्टी उ… एयरपोर्ट । पवित्र बागमतीको कथा भने उ परको घरको उत्तापटी सुकेर, लुकेर आफ्नो ब्यथा सुनाउँदै बसेको छ । मान्छेले गरेको उपद्रो बागमतीले भोगी रहेको छ । सायद यस्तै यस्तै भएर होला हरेक खालका रोगब्याधी भित्रिएको ।

समय बलवान हुन्छ । हेर्नुहोस् त्यस्तो कोलाहलपूर्ण काठमाडौं कति शान्तसंग बस्न सकेको ! अहँ कुनै आवाज छैन । त्रास छ, पीडा छ, उकुस मुकुस छ । अनि काठमाण्डौ शान्त छ । काठमाडौंलाई प्रकृतिले सुन्दर बनाएको थियो । उब्जाउ, मलिलो काठमाडौ कंक्रिटमय भएको छ । मान्छे आफूलाई सुखी र सम्पन्न बनाउने उद्देश्य बोकेर काठमाडौं छिर्छ । र, अवसरको खोजीमा यिनै मान्छेको भिडमा हराउँछ । हुन पनि हो ! अन्यत्र अवसर नपाए पछि जाओस् पनि कहाँ ! अनि काठमाडौमा भिड नभए कहाँ हुन्छ ?

Facebook Comments