परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लकडाउनमा कोरोनाको त्रासदीपूर्ण समाचार

कोरोना डायरी

लेख्न पटकै मन छैन । पढन पहिला नै बिर्सिसकेको छु । घर भित्र कोच्चिएर बस्नु पर्ने पट्यार लाग्दो समय ङिच्च गरेर मेरै वरिपरि छरिएको छ । जिन्दगीले पहिलोपटक `लकडाउन´भोग्दै छ । र म यही `लकडाउन´सँग लहसिएर बसेको छु । यस्तो बेलामा समय कटनीको लागि मात्र भए पनि लेख्ने जाँगर चलाउनु पर्ने हो । तर,जाँगर जति फकाए पनि चलेन । समाचार हेरौ भने पनि कोरोना, कोरोना र कोरोना मात्र छ । त्यसले झन विरक्तिको खास्टो ओढाएर झाङलझुङगल मात्र पार्छ। फेसबुक लगायत सामाजिक सञ्जालका टिप्पणीहरू हेरौ भने अधिकांश घिन लाग्ने खालका छन् । कतिपय अनलाइनका खबर पनि सत्यको ढाकछोप गरेर उडन फिरिरी बनाइएका छन् । यस्तो बेलामा के गर्ने ? लौन मित्रहरू सुझाव पाउ ।

लहडी पत्रकार र वितण्डावादी सामाजिक सञ्जाल प्रयोग कर्ताले थोरै भएको दिमाग पनि निचोरेको कागतीको खोस्टा जस्तो बनाई दिए । अाफूले चिनेकै मित्रहरूले सूत्रको हवाला दिदै हो नै जस्तो गरेर समाचार पस्किए पछि पढ्नै प-यो । पढ्दापढ्दै `यो समाचार झुठ हो´ भन्ने लाग्न थाल्छ । अनि सम्बन्धित पक्षलाई फोन गरेर सोध्दा झुठ भएको पत्ता लाग्छ । यहाँ सबै समाचार त्यस्तै झुठमा अाधारित छन् भन्न खोजिएको होइन । जस्तै केही नमुनाको रुपमा भनौं – धनगढीमा कोरोनाको कारणले एक जनाको मृत्यु, झापामा कोरोना लागेका एक ब्यक्ति भागे, स्वास्थमन्त्री भानुभक्त ढकालद्वारा करोडौं भ्रष्टाचार, कोरोनाबाट अाज तीनजनाको मृत्यु ।यस्ता समाचार पढ्दै गएपछि त्यो पढ्ने मान्छे पागल नभए के लेख्ने चाहिँ हुन्छ ? बिरामीको मृत्यु कुर्ने काम र बिरामीको रोग के हो भनेर डाक्टरलाई सोध्ने फुर्सद पत्रकारको भागमा पर्दै परेन ।

सबैलाई भयग्रस्त बनाएको छ कोरोनाले । यही मौका छोपेर स्कूप मार्न तम्सिन्छन मेरा पत्रकार सहयोद्धाहरू । समयले कठिन र अकल्पनीय मानसिक युद्ध मच्चाएको छ मस्तिष्कमा । त्यही घाइते मस्तिष्कमा बज्र प्रहार गर्छ समाचारले । म पनि छट्पटी, खुलदुली र यमानको भयसँग लड्दै छु कोठामा एक्लै बसेर । कमसेकम यो स्थितिमा प्रहार नगर्दा राम्रो हुन्थ्यो नि मित्र । फेरि अर्को समाचार हेरें । लेखेको थियो “चीनबाट अाएको सामान बोकेर विराटनगर उडेको प्लेन बीच बाटोबाटै फर्कियो” ।ला…! के भयो नि भन्दै अौषधि लिएर गएका भाइ भुवन खतिवडालाई फोन गरे । भाइले अाफू विराटनगरमा अौषधी पु-याएर फर्किसकेको बताए ।

मन त्यसै त्यसै उद्देलित र थकिलो बन्न पुग्यो । तल झरेर फेरि कोठा भित्र पसें । उत्पादिलो काम केही नभए पछि मोबाइल फोन खोलेर त्यसमै ज्ञान मित्रको `कोरोना, कर्नाटकवाली माताजी र प्रार्थना´ भन्ने लेख पढे । लेखमा पोखिएका थोरै कुरा मनले समेट्यो । केही सकुन मिलेको अनुभूति मनले गर्यो । ज्ञान मित्रलाई फोन गरें । उहाँलाई पनि सञ्चार माध्यम र सामाजिक सञ्जालले हावाकावा खेलाई सके छ । गोरखापत्र र रेडियो नेपाल बाहेक अरु सबै बन्द गर्नु पर्ने तर्क गर्नु भयो । मित्रले यो महामारीको बेलामा पनि समाजमा सन्त्रास फैलाउने र अातँङक बढाउने काम पत्रकारिता क्षेत्रबाट भई रहेको बताउँदै अाक्रोस पोख्नु भयो ।हाम्रो संवाद सकिएपछि विश्वका अस्त्र-सस्त्रधारी अणु प्रमाणु बंम निर्माता शक्तिशाली राष्ट्रहरू कोरोना भाइरससँग कति लाचार देखिए भनेर सोच्न थाले ।

एकछिन पछि उक्त समाचार अनलाइनले हटाई सके छ । अाफ्नो समाचार सूत्र नै कमजोर भूमिमा उभिएको छ भन्ने लागेपछि पत्रकारले अर्को सूत्र खोज्नु पर्छ । अरु अनलाइनले पनि समाचार दिए ।एउटाले – सुदूरपश्चिमका लागि उपचार सामाग्री लिएर धनगढी उडेको सेनाको जहाजमा खराबी अाएपछि बीच बाटोबाटै सेनाको जहाज फर्किएको र अब मर्मत पछि फेरि जाने लेख्यो भनेअ र्कोले – सेनिटाइजर पोखिएकाले फर्किएको हो । चुइएको सेनिटाइजर झिकेर पुनः उडान हुने भनेर लेख्यो । कुन समाचार पत्याउने कुन नपत्याउने ! दिमागले अाफू थुनिएको कोठा भित्रै विश्व ब्रह्माण्ड देख्यो । म थुचुक्क बसें ।

भयो है कति गनथन गर्नु भन्दै छतमा उक्लिएँ । टनटलापुर घाम लागेको छ । मेरो टोल सुनसान छ । लाग्छ यतै कतै मृत्युको डण्डा बोकेर यमराज घुम्दै छ र हामी त्योबाट छलिदै छौं । मृत्यु शाश्वत सत्य हो । तर, मान्छे मृत्यु कल्पना गर्दैन जीवन कल्पना गर्छ । बाँच्ने जिजिविसाले मानव सभ्यतालाई जीवित राख्न सकेको छ । यो अभ्यास मानव सभ्यताको सुरुमै गर्न थालेको हुनु पर्छ । त्यसैले त हामी छौं ।छत तातो रापिलो बनेको छ । वरपरका घरको पानी ट्याङ्की माथि बसेका कागहरू झर्को लाग्ने गरी कराउँदै छन् । मन विरक्तिएर अायो । यसो गमलामा लगाइएका फूलहरू तिर हेरें । ती पनि मुर्झाएका, अोइललाएका देखिन्छन् ।विश्वका मै हुँ भन्ने रब्रह्माण्ड मेरो मुठ्ठीमा छ भने जस्तो गरि डुग्रिने राष्ट्रहरू त एउटा भाइरससँग जुध्न नसकेर मुर्छा पर्दै छन् भने सुकोमल फूलहरू अोइलाउनु अस्वभाविक होइन ।

मन त्यसै त्यसै उद्देलित र थकिलो बन्न पुग्यो । तल झरेर फेरि कोठा भित्र पसें । उत्पादिलो काम केही नभए पछि मोबाइल फोन खोलेर त्यसमै ज्ञान मित्रको `कोरोना, कर्नाटकवाली माताजी र प्रार्थना´ भन्ने लेख पढे । लेखमा पोखिएका थोरै कुरा मनले समेट्यो । केही सकुन मिलेको अनुभूति मनले गर्यो । ज्ञान मित्रलाई फोन गरें । उहाँलाई पनि सञ्चार माध्यम र सामाजिक सञ्जालले हावाकावा खेलाई सके छ । गोरखापत्र र रेडियो नेपाल बाहेक अरु सबै बन्द गर्नु पर्ने तर्क गर्नु भयो । मित्रले यो महामारीको बेलामा पनि समाजमा सन्त्रास फैलाउने र अातँङक बढाउने काम पत्रकारिता क्षेत्रबाट भई रहेको बताउँदै अाक्रोस पोख्नु भयो ।हाम्रो संवाद सकिएपछि विश्वका अस्त्र-सस्त्रधारी अणु प्रमाणु बंम निर्माता शक्तिशाली राष्ट्रहरू कोरोना भाइरससँग कति लाचार देखिए भनेर सोच्न थाले ।

युरोपेली मुलुक इटली र स्पेनमा कोरोना भाइरसले सबैभन्दा बढी मानवीय क्षति पु-यायो । अमेरिकाको पनि चोटा कोठामा प्रवेश गरेर कोरोनाले अातङ्क मच्चाउदै छ । र मानवीय क्षति पनि बढाउदै छ । जर्मनी के गर्ने के नगर्ने भन्दै अात्तिएको अवस्थामा छ । सबै शक्तिशाली मुलुकहरू सो्त्र्याम हुदै छन् । अहिलेसम्म विज्ञानले विकास गरेका सबै प्रकारका झिटिझाम्टालाई कोरोनाले अर्थहीन बनाई दिएको छ ।

अन्य आकर्षणहरू

हुन त दैनिक उपभोग्य वस्तु घरमा नपुगे पछि मान्छेले गरोस् पनि के ? विश्वका कतिपय शहरहरूमा पुरै लकडाउन गर्दा कोरोनाबाट मुक्ति मिलेको खबरहरू पनि अाइरहेका छन् । तर, हाम्रो अवस्था त्यस्तो छैन । जो हामीसँगै हाम्रो भारत पनि छ । खुला सीमानाको फाइदा बेफाइदा, धनी राष्ट्र, विज्ञानको खोज, पुजीवाद,घमण्डका पहाड सबैको पोल एउटै कोरोनाले खोली दियो ।

अहो ! जतासुकै जहाँ पनि ब्याप्त कोरोना । नेताको भाषण, पत्रपत्रिका, अनलाइन, सामाजिक सञ्जाल, अोल्लो घर पल्लो घर छत संवाद। कोरोना बाहेक कुरो कन्थो अरु छैन । झिङन्याहा मन भएकै बेला पत्रकार मोहन मैनालीले फेसबुकमै `जाने होइन हजुर काबुल ? भनेर सोध्नु भयो ।म पनि के कम । खुसी हुदै मन भरी सातुसामल बोकेर लागे मोहन मैनालीको पछिपछि । काबुलमा विशाल पोखरी, पोखरीमा खेली रहेका राजहास र अरु चराहरू, चारबाग,जतासुकै फूलै, डाडा माथिको ठूलो पर्खाल, उ… परको एेतिहासिक गुफा हेर्दै गए । ठाउँ निकै रमाइलो । तर, के गर्नु काबुल यत्रा पनि शुभ साहितको भएन । जब मोहन मैनालीले `त्यो जुगमा मानिस कोरोनाभन्दा पनि निर्दयी रहेछन्´ भन्नू भयो म फनक्क फर्किए । अहो ! त्यो जुगमा पनि कोरोना ! यो यात्राले पनि मनको थकाइ मेट्न सकेन ।

फेरि फोनको घन्टी बज्यो । नचिनेको नम्बर । उठाए । उताबाट कसैको अावाज अायो- नमस्कार ! म बर्दियाबाट थापा बोलेको । यहाँका स्थानीय बासिन्दा लकडाउनमा बसेका छौं । तर, बाहिर भने गाडीका गाडी मान्छे भरिएर अाउने जाने क्रम जारी छ । तपाईंले कसैलाई भनेर रोकी दिनु प-यो ।

कुरो बुझ्दा भारतबाट अाएका तर अरु जिल्लाका ब्यक्तिहरूलाई प्रशासनले अाअाफ्नै जिल्ला पठाउने चाँजोपाँजो मिलाएको रहेछ । यो ठिक हो वा बेठीक हो मैले छुट्याउन सकिन । नेपाल -भारत खुला सीमा बन्द हुन सक्ने अबस्था छदैछैन । त्यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै जसो नेपाली भारततिर काम गर्न जाने गरेका छन् । कोरोनाका कारण कामधाम बन्द भएपछि उनीहरू अाफ्नो घर फर्किनु स्वभाविक नै हो । तर, उनीहरूलाई कोरोनटाइनमा राख्नु पर्ने थियो वा थिएन त्यो स्थानीय सरकारले जान्ने कुरा भयो ।हुन त काठमाडौंमै पनि विहान बेलुका किनमेल गर्ने ठाउँमा मान्छेहरू ठेलमठेल नै देखिन्छन् । कोही त त्यसै रल्लिएर हिडेका पाइन्छन् । अन्यत्र पनि हालत यस्तै भएको सुनिन्छ । वास्तवमा विश्वका अधिकांश मुलुकका मानिसको सोच हाम्रो भन्दा फरक रहेको पाइएन ।

हुन त दैनिक उपभोग्य वस्तु घरमा नपुगे पछि मान्छेले गरोस् पनि के ? विश्वका कतिपय शहरहरूमा पुरै लकडाउन गर्दा कोरोनाबाट मुक्ति मिलेको खबरहरू पनि अाइरहेका छन् । तर, हाम्रो अवस्था त्यस्तो छैन । जो हामीसँगै हाम्रो भारत पनि छ । खुला सीमानाको फाइदा बेफाइदा, धनी राष्ट्र, विज्ञानको खोज, पुजीवाद, घमण्डका पहाड सबैको पोल एउटै कोरोनाले खोली दियो ।

लु अब भयो । कति पट्यार लाग्दो गनथन गर्नु । अब साबुन पानीले हात धुने,सेनेटाइजर र माक्स प्रयोग गर्ने, लकडाउन भरि घरबाट बाहिर ननिस्कने, रुघा खोकी लागेमातातोपानीमा कागतीको रस मिलाएर खाने भनेर सन्देश पठाउन थाल्नु परो ।

Facebook Comments