परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

‘जुम्रा, लामखुट्टे मारेभन्दा पनि यहाँ मान्छे मार्न सजिलो छ’

वरिष्ठ पत्रकार मणिराज शर्माको राणाकालको जेल डायरी (भाग-६)

…मैले फेरि उनसँग हाम्रो अवस्थाको अध्ययन गरेर मात्र कुनै निर्णय गर्नुहोस् भनेर अनुरोध गरेँ । तर उनले साफ इन्कार गर्दै भने कि उनलाई यस जेलको वातावरण वर्तमान अवस्थाका कांग्रेसहरूले एकदम दयाशून्य बनाइसकेको हुनाले उनले मेरो अनुरोधको वास्ता नगर्ने नै विचार प्रकट गरे । चारैतिरका कुराहरूबाट सम्झाउँदा, आफ्नो दुःख देखाई दयाको भीख माग्दा पनि जब यस्तो कठोर जवाफ पाएको थिएँ । अनि मैले नरमैसँग तर व्यङ्ग्यपूर्वक भनेँ, ‘हुन त तपाई आफूलाई म यहाँको मोहन शमशेर हुँ भन्नुहुन्छ, हामी पनि देख्न त त्यस्तै देख्छौँ तर यहाँलाई यो पनि याद हुनुपर्छ कि हामी बाहिरको मोहन शमशेरसँग डराई तपाईको छत्रछायाँमा आएका हैनौँ । मेरा यी कुराहरू सुनेर उनले मेरो पैतालादेखि टाउकासम्म खूब आँखा बढाए र भने— तपाईको कुरा मैले राम्रो बुझिनँ ।

एघार दिनका दिन चौकीदार, मुलनाइके, नाइके र भाइचौकीदार समेत आट दश जना सिक्टरहरू ब्रह्मचारीको कोठा— यसै कोठामा पसे । बुलुकीपख काँचो पीठो र चिउरा जबरजस्ती गरी कोच्याएछन् । भोलिपल्ट त ब्रह्मचारी कोठैमा बितिसकेका । सब हामी जम्मा भयौँ । नाक र मुखबाट चिउरा र काँचो पीठो निस्किराखेको, मरेछ भने, बाहिर निकाले । अकालमा ब्रह्मचारीको ज्यानै लिए ।’

मैले उनलाई आफूले भनेका कुराहरू व्याख्या गरेर सम्झाएँ । उनी यति भनेर उठेर गए— ‘यही कोठा हो, जसमा यस्ता जिद्दीवालको भूत घुमिरहेछ ।’

‘जिद्दीवालको भूत घुमिरहेछ’ भन्ने उनको वाक्य अनौठो लाग्यो । जहिले कुरा ग¥यो, एउटा समस्या नै सामु खडा हुन्छ । उनको यस वाक्यले गर्दा नाना तर्क वितर्क उठ्न थाल्यो । केही छिनपछि खानपिन सकेर मैले सिफ्टरहरूसँग प्रश्न गरेँ । तिनमध्ये एउटाले भन्न थाल्यो, ‘हजुर, यो छिँडीमा यस जेलका कुनै कैदीहरू पनि बस्दैनन् । बाहिरबाट जो नयाँ कैदी आउँछ, त्यो पनि एक रातभन्दा बस्दैन । यहाँ खालि हजुरहरू जस्ता कांग्रेस मात्र राख्ने गरेको छ । यो छिँडी चीसो मात्र हैन, हजुर यहाँ भूत पनि छ ।’

‘पुग नपुग दुई वर्ष जति भयो होला, यसै छिँडीमा जिल्लाबाट ल्याएको भनी तीन जना कांग्रेस ल्याएर राखिएको थियो । कुरुवा यस्तै न हो, म पनि कुरुवामै परेको थिएँ । कांग्रेस ब्रह्मचारी रैछन् । एक दिन उनले पकाएको भात ज्यादा भएर हो कि उनलाई खान मन नलागेर हो, मलाई खान दिए । यहाँ के र कति पान्छ, त्यो हजुरहरूलाई थाहा भै नै सक्यो । त्यसैले मैले उनले दिएको खाएँ । खाइसकेर कसौँडी माझिदिनै प¥यो । भात आफूले खाने अनि बिचरा ब्रह्मचारीलाई कसौँडी माझ्न लगाउन भएन । फेरि हाम्रो त नोकरी गर्ने जात नै भो । कसौँडी माझ्न लागेको कसैले देखेछ । चौकीदारकहाँ कुरा पुगिहाल्यो । बेलुकी मलाई चौकीमा बोलाए । साफसँग चुटाइ खाएँ । तीन दिनको दाउरा र तिहुनको पैसा जरिवाना गरे । मेरो पालो पनि बललिदिए । त्यसको तीन दिनपछि ब्रह्मचारीले अनसन गरे भन्ने कुरा सिफ्टरहरूमा चलेका सुनेँ । ब्रह्मचारीको नाम जयशङ्करानन्द थियो । त्यस दिनसम्म हामीलाई अनसन भनेको थाहा थिएन । त्यसैले के गरेछन् भनेर चिहाउने निकै कोशिस ग¥यौँ तर उनले केही गरेको पनि देखेनौँ । अर्को दिन चामल नथाप्दा पो ठेकदारबाटै थाहा भयो, अनसन भनेको नखाइकनै बस्ने भनेर । त त्यहीँ चामल थाप्न लागेकै बेलामा हामीले थाहा पायौँ कि जेलखान (झ्यालखाना) राम्रो बनाऊ, भित्र अत्याचार नगर अनि मात्र खान्छु नत्र आत्महत्या गर्छु भनेर बसेका रहेछन् । ’

अन्य आकर्षणहरू

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

बा-आमा देवता हाम्रा

कुरा बडो घतलाग्दो र डरलाग्दो समेत भएकाले हाम्रो उत्सुकता अरु बढ्दै गयो । निन्दा टाढाटाढा भाग्दै गयो । हामी बीचबीचमा प्रश्न गर्दै उसलाई अरु आफ्नो भनाइमा विश्वास पार्ने किसिमबाट चुरोट आदि दिँदै सुन्न थाल्यौँ ।

ऊ भन्दै गयो, ‘अनसन बसेको सात दिनको दिन बाहिर लप्टनले चौकीदारलाई बोलाएर केके भनेछन् । चौकीदार आएर ब्रह्मचारीका दुई जना साथीलाई अन्तै सारे । अर्को दिनदेखि पानी पनि नखाएका बिचरा ब्रह्मचारीलाई धम्क्याई, तसाई केही खुवाउन खोजे । सातासम्म त उनी त्यस्तो गलेका पनि थिएनन् । त्यसैले खान मानेनन तर यो वास्तवमा यमपुरी हो । एघार दिनका दिन चौकीदार, मुलनाइके, नाइके र भाइचौकीदार समेत आट दश जना सिक्टरहरू ब्रह्मचारीको कोठा— यसै कोठामा पसे । बुलुकीपख काँचो पीठो र चिउरा जबरजस्ती गरी कोच्याएछन् । भोलिपल्ट त ब्रह्मचारी कोठैमा बितिसकेका । सब हामी जम्मा भयौँ । नाक र मुखबाट चिउरा र काँचो पीठो निस्किराखेको, मरेछ भने, बाहिर निकाले । अकालमा ब्रह्मचारीको ज्यानै लिए ।’

घटनाको विवरण सकियो । हाम्रो जीउ पनि ढक्क फुले जस्तो भयो । हामीले आपसमा कुरा ग¥यौँ । यौटाले साध्यो पनि— ‘के पछि कसरी म¥यो, किन म¥यो भन्नेमा खोजी भएन ?’ सिक्टर भन्दै गयो, ‘के खोजी हुनु हजुर, हामीले जुम्रा, लामखुट्टे मारेभन्दा पनि उनीहरूलाई यहाँ मानिस मार्न सजिलो छ ।’

आमा, यो ज्यादै लामो घटनाको बयानमा लागेँ । अरु केही लेख्न सकिँन । बी. एल. शर्मा सोध्न आएको बुझेँ । त्यसको म भोलि यथार्थ लेखेर पठाउँला । अहिले जुन जवाफ दिनुभएको छ, त्यो नै ज्यादा छ ।

अँ, साँच्ची, चुरोट अरु पठाई दिबक्सेला । किनकि चुरोटको निम्ति हैन, कागजको निम्ति । साथै, कागज किफायत गर्दागर्दा जस्तो अक्षर लेख्न थालेको छु, त्यो बुझिन्छ कि बुझिँदैन, खबर गर्नुहोला । जनकले पठाएको सेल र आलुको अचार पाएँ । अरु पछि । (क्रमशः)

Facebook Comments