परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोनालाई झापाली काँग्रेसको थप्पड !

फुटानी

‘ए झुम्री ! कोरोना भाइरस भनेको के हो ? पात्रोमा हेर्त !’

‘तिमी पनि के भा’को हौ बुढा ! पात्रो होइन इन्टरनेट भनन !’

जेमा भए पनि हेरेर असाध्य राम्रो खवर सुना न ! उहाँ गंगा किनारको भट्टराईको च्याँ पसलमा त नराम्रो खवर सुनाउँछन् त ।

चिया पसलको सस्तो कुरा खवर होइन । त्यो त गफ हो । बिहान च्याँ पसल र बेलुका भट्टीको गफलाई बागमतीमा बगाई देउ बुढा ।

के कुरो गर्छे यो झुम्री ! यस्तो कुराले मेरो कन्सिरी तात्छ ! मैले भने पछि बढी भएर मलाई राष्ट्रिय सभामा जान नपाएको बामदेवलाई जस्तो रिस उठ्ने बनाउँछे ।
तिमी पनि निहुँ खोज्ने कुरा नगर । झुठको खेती गरेर म नै प्राधिकार सम्पन्न व्यक्ति हुँ भन्दै माओवादीको नेतृत्व गर्ने र पछि पार्टी सहित एमालेका केपी शर्मा ओली समक्ष आत्मासमर्पण गर्नेहरु पनि नेपालमा थिए । घमण्ड नगरे हुन्छ । वरु चिया पसलको गफ चाहिँ सुनाउन ।

के सुनाउनु त्यहाँको कुरा । एकसे एक विश्व ब्रमाण्ड जानेको छु भन्दै गफ गर्ने व्यक्तिहरु त्यहाँ आउँछन् । कोही त नेकपाका प्रचन्नले जस्तै कहिले जङ्गिएर बोल्ने र कहिले लुत्रुक्क पर्ने खालका पनि आईपुग्छन् । अहिले त्यो चिया पसल माओवादीलाई भित्र्याए पछिको एमाले जस्तो भा’को छ । त्यहा कोलाहाल छ । के नमिलेको के नमिलेको जस्तो ।

त्यो च्या पसलमा घनश्याम बड्डा पनि आउँछन् ?

‘को घनश्याम बड्डा भनेकी !’

‘घनश्याम पौडेल क्या !’

एsss! ती दाडी ! आउँछन् नि विचरा अनाडीले गरेको टपरटुइँयाँ गफ सुनेर जिल्ल पर्दै फर्किन्छन् । अलि अलि बुझ्ने चाहिँ त्यहाँ खासै बोल्दैनन् ।

भनेपछि त्यहाँ झापातिरका काँग्रेसी जस्ता मान्छे भेला हुदा रान ! एउटाले बोल्यो कि अर्कोलाई रिस उठ्ने । कृष्ण प्रसाद बोल्दा विश्वप्रकास चस्किने, विश्व प्रकाश बोल्दा कृष्ण प्रसाद झस्किने ।

त्यसो नभन झुम्री ! हाम्रो विश्वप्रकासले पठाको कोरोना सन्देश बाँडेर झापाली काँग्रेसहरु घिरौला जत्रो नाक बनार बसेका छन् ।

जिल्ला स्तरका झापाली काँग्रेस आपूm केही सिर्जना गर्न सक्तैनन् केन्द्रको सन्देशलाई आफ्नै जिल्लामा फलेको मिठो फल झैं गरेर बाँड्छन् ।

के–को मिठो फल हुन्थ्यो नि बुढा ! झापाली काग्रेसले बाँडेको त काउसो हो भन्ने हल्ला आको छ । देउवा, पौडेल, कोइराला, सिटौला पक्ष भर कसले कसलाई काउसो दलेको हो भन्ने नै झापाली काँग्रेस थाहा पाउँदैनन् अरे ।

काँग्रेसको कुरा होइन । कोरोनाको कुरा गर्न झुम्री । सरखारले के गर्दै छ । पत्रकार हर्ले के लेख्दै छन् ?

हौ बुढा । हाम्रा पत्रकार चाहिं मान्नै पर्छ क्या ! भयङ्कर, हाहाकार, त्रासदी, खतरनाक, भयावह, डेन्जर, समाप्त जस्ता शब्द राखेर समाचारको ब्यापार गर्छन् । कोरोनाले विश्वमा करोडौ मान्छे मरे जस्तो गरेर लेख्छन् । युट्युवे, ट्वीटे, फेसबुकेहरु त्रास फैलाउन काफी भएकै बेला अनलाइनेहरु पनि कम्मर कसेर तर्साउन जुटेका छन् । यिर्नालाई मैले भेट्ने हो भने कोर्रा ठोकेर ठाउँको ठाउँ लडाइदिन्थेँ ।

हेर झुम्री । जे सुकै भए पनि यो केरोनालाई परास्त गर्न सबै मिल्नै पर्छ । नेपाली काँग्रेस जस्तो चारतिर फर्किएर र नेकपा जस्तो तीनतिर उफ्रिएर हुदैन । हामी सबै एक भयौं भने कोरोना भाइरसलाई जित्न सकिन्छ । होइन भने गएको चुनावमा नेपाली काँग्रेस हारे जस्तो सोत्र्याम हारिन्छ । सबैलाई चेतना भया ।

Facebook Comments