परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना जंग

कविता

उवानबाट कोरोनाले शुरु गर्यो जंग
नयां वर्ष उत्सव पनि भयो त्यसै भंग
चीनीया ती जन्ताहरु उत्सवमा थिए
एक अर्कामा भविश्यको आशिष बाढ्दै थिए ।

सुरु दिनमा प्रशासनले हल्का संग लियो
साम्यवादको विरोध भनी त्यसै पन्छाइ दियो
डाक्टर वेनलिङ कोरोनाको उपचारमा थिए
सेवा गर्दा गर्दै आफ्नो जीवन वली दिए ।

उवान भित्र सबैतिर भाइरस डुल्नु डुल्यो
सरकार र प्रशासनको बल्ल निन्द्रा खुल्यो
बन्द भए यातायात गाउ शहर बस्ती
बन्द भयो उवान सारा सबै तिर गस्ती ।

कति मरे होनहार लाउलाउ खाउखाउ भन्ने
कति फसे संक्रमित भै बाकी दिन गन्ने
तिनको सेवा रातोदिन गर्ने योध्दाहरु
मामारीको रणभूमीमा लड्ने योध्दाहरु ।

उर्दी आछ बाहिर कतै नजानु है भिडमा
उर्दी भाछ स्वास्थ्य सेवी जानु पर्छ काममा
अस्पताल भो रण मैदान सबै सेता आर्मी
नमन छ है संसारका सबै स्वास्थ्य कर्मी ।

विरामीको रेखदेख गर्ने स्वास्थ्य सेवीहरु
जीवन रक्षा खातिर लड्ने वीर योध्दाहरु
ज्यानको जोखिम उठाई लड्ने वीरंगनालाई
सलाम गर्छु नमन गर्छु जोडी दुई हातलाई ।

कोही बाच्छन आफु मात्रै कोही अरुको लागि
अग्रपंक्ति जुधीराछ मानवताका लागि
शहीद भए वेनलिङ अनि संक्रमित छन कति
उपचारमा जुटे सबै स्वास्थ्यकर्मी जति ।

कोभिड १९ माहामारी संसार भरी छायो
सभ्यताको इतिहासमा कालो दिन आयो
कस्तो रोग होला यस्तो रोगी भेट्न हुन्न
आफ्नो प्यारो मान्छेलाई छुन सम्म हुन्न ।

युरोप देखि अमेरिका कोही बाकी छैनन
अफ्रिका र एसियामा झनै खाली छैनन
विकासको उच्चाईलाई यस्ले धावा बोल्यो
मानवताको गहिराईलाई यस्ले नाप्न खोज्यो।

(कोरोना भाइरसको माहामारीमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरू प्रति समर्पित ।)

Facebook Comments