परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आनन्दका पाँच टुक्रा

साहित्य

१.

जीवनको यात्रा थालिएछ तिम्रो आगमनले
फाटेको मन टालिएछ तिम्रो आगमनले
पत्थरको मुटु केही छिनमा पानी नै भयो
सुन जस्तो गालिएछ तिम्रो आगमनले !

 

२.

पलपलले झूठो आश्वासन दिइरह्यो
क्षणक्षण मेरो सताब्दी झैँ बितिरह्यो
गुलाबले आफ्नो धर्म कहिल्यै छाडेन
बन्द कितावलाई सुवासित बनाइरह्यो !

३.

दालमा नुन कम थियो, रोटी तावामा थोरै जल्दै थियो
गरीव थियो ऊ, जीवन यिनै कुराहरूमा नै चल्दै थियो
हेरिरहने गर्छन् मान्छेहरू ढल्दै गरेको सुन्दर घामलाई
कसैको धन कमाउने आशासँगै घाम भने ढल्दै थियो !

४.

आगोलाई पानिसँग भेट्टाउनु किन?
तिमीलाई मेरो सामु आउनु किन?
बालुवामा लेखी आएको छु तिम्रो नाम
तर लहरले त्यो नाम मेटाउनु किन?
वर्षा, खडेरी सदा आरहन्छन् यहाँ
तिमी जिउँदा जिउँदै यहाँ मर्नु किन?

 

५.

ब्यवहार आफ्नो बदल्न चाहन्छु
हावाको बहावमा बहन चाहन्छु
सुन ए लुम्लेका हावाहरू हो,
म तिमीहरूसँग जल्न चाहन्छु !

कोही त लेखिदेऊ मेरो आत्मकथा
आज म सबै कुरा ओकल्न चाहन्छु
त्यहाँ नै किन ठक्कर लाग्छ मलाई
जुन ठाउँमा म सम्हालिन चाहन्छु !

Facebook Comments