परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सडेर मर्नुभन्दा बहादुरीले प्राण विसर्जन गरिन्छ न कि सडेर, गलेर

वरिष्ठ पत्रकार स्व. मणिराज उपाध्यायको जेल डायरी - भाग ५

यत्तिकैमा यौटा साथीले भने, ‘हेर, यहाँ यिनीहरूले संयुक्त मोर्चा बाँधेका रहेछन्, गर्नू, हामी मानव जातिमा चाहिँ हाम्रा दुई नेतासम्म पनि देशको हित सम्झेर निजी स्वार्थलाई त्यागी मिल्न सकेनन् ।’ यस उदाहरणले पंले ता हामी सब हाँस्यौँ । फेरि ती उडुस, उपियाँ आदि टिपटाप गरी दिक्क मान्दै सुत्यौँ ।

‘हेर्नुहोस्, आज हामी आएको पनि १६/१७ दिन भइसक्यो, घामको दर्शन गर्नसम्म पनि पाएका छैनौँ । शरीर सब ठण्डीले फुल्न लागिसक्यो’ भन्दै थिएँ उनले बीचैमा कुरा काटेर भने, ‘अब ८/१० दिन तपाईहरूको बानी बेहोरामाथी बिचार गरेर मास्तिर सार्नेछु । आज भोलि ता म यसको निम्ति केही गर्न सक्दिनँ ।’

वि.सं. २००८ सालमा युवा अवस्ठाका मणिराज उपाध्याय

आमा, चामल अब पठाइदिनु पर्दैन भनी लेखेकै थिएँ तर फेरि पनि पठाइदिनुभएको रहेछ । अबदेखि चामल नपठाइदिनुहोला । सुपारीहरू पाएँ । आलु पनि साथीहरूको घरबाट आएको जम्मा गर्दा निक्कै नै भैसकेको छ । पठाइदिनु पर्दैन । एकैचोटि धेरै भएकाले पहेँलो भएर गइराखेकको छ । फेरि पनि पठाइदिनुभएछ । अब तरकारीहरू पनि खबर नगरी नपठाइदिनुहोला ।

*****

आज बिहान उठ्दा सारा बिछ्यौना भिजेको र मेरो देब्रे हात समेत सर्दीले गर्दा चलाउन नहुने भैसकेको रहेछ । साथीहरू पनि कोही घुँडा दुख्यो, कोही आङ दुख्यो भन्न लागेकाले मलाई बडा दिक्क लाग्यो । एक मन बडा रिस र जोश पनि उठ्यो । मैले बिचारेँ, जे होस्, आज चाहे धन सवाल लगाओस्, चाहे कालकोठरीमै लैजाओस्, तर अवश्य यस छिँडीबाट हट्न झगडा गर्छु भन्ने निश्चय गरेँ । सबै साथीहरूलाई मैले आफ्नो विचार प्रकट गरेँ । यसमा दुई जना मसँग सहमत भए । अरु चाहिँ भएनन् ।

मैले उनीहरूलाई सम्झाउँदै भनेँ, ‘मर्न परेपछि खुट्टै तानेर, बुझ्नुभयो, बाथ भएर सडेर मर्नुभन्दा जुन बहादुरीले बिद्रोही बनी जेल आइएको छ, त्यही बहादुरीले प्राण विसर्जन गरिन्छ न कि सडेर, गलेर ।’

यत्तिकैमा भाइ नाइके आइपुग्यो । मैले उससँग मूल नाइके (बाबूसाहेब) लाई बोलाइदेऊ भनेँ । करीब आधा घण्टाको वाद बाबुसाहेब ‘बाजेले मलाई बोलाएको हो?’ मैले उनलाई बस्न आसन देखाउँदै भनेँ, ‘हो, मैले बोलाएको, बस्नुस् ।’ यौटा सिगरेट झिकेर उनलाई दिएँ र सलाई दिँदै मैले भनेँ, ‘यहाँ कसमा?

उनले आफू क्षेत्री हुँ भने । यसै सिलसिलासँग मैले कुरा उठाउँदै उनलाई भनेँ, ‘हेर्नुहोस्, आज हामी आएको पनि १६/१७ दिन भइसक्यो, घामको दर्शन गर्नसम्म पनि पाएका छैनौँ । शरीर सब ठण्डीले फुल्न लागिसक्यो’ भन्दै थिएँ उनले बीचैमा कुरा काटेर भने, ‘अब ८/१० दिन तपाईहरूको बानी बेहोरामाथी बिचार गरेर मास्तिर सार्नेछु । आज भोलि ता म यसको निम्ति केही गर्न सक्दिनँ ।’ (क्रमशः)

Facebook Comments