परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेता मूर्ख नै छान्नुपर्छ !

चट्याङ-प्रहार

तपाईंं सधैँ नेताले देश चलाउन जानेनन् मात्र भन्नुहुन्छ

देश राम्रोसँग चलाउन जान्ने नेता छान्न तपाईंं चैँ कहिले जान्नुहुन्छ ?

 

तपाईंंले चाहेका सबै कुरा आजको भोलि हुँदैन, धैर्य गर्नुपर्छ

आखिर नेताको पनि त केही निश्चित आयु हुन्छ, त्यति त कुर्नुपर्छ ।

“सामूहिक नेतृत्व”– यो शब्दावली त नेताहरूका लागि सुरक्षा कवच हुन्छ

त्यो भीडमा मुख्य अपराधी कुन चैं हो, कसरी पत्ता लगाउनुहुन्छ ?

नेता सधैं सप्पैभन्दा मूर्खलाई छान्नुपर्छ

अनि पो यो जानेन, ऊ जानेन भन्दै आफू विद्वान हुन पाइन्छ,

ऊ नै सप्पै जान्ने विद्वान परे त आफैंं मूर्ख बन्नुपर्छ

विद्वान त तपाईंं हामी छँदैछौ नि, नेता त मूर्ख नै छान्नुपर्छ !

 

मलाई त आफ्नो नेता गज्जब प्यारो लाग्छ

आफ्ना अक्षमता र विफलताका सबै दोष उसैलाई लगाउन पाइन्छ

उसैलाई मस्त सरापेर आफ्ना कुण्ठा रिस सबै शान्त पार्न पाइन्छ

नेतालाई सरापे जत्ति अरुलाई सराप्यो भने त गोदाइ खाइन्छ !

 

एकदिन एउटा जाबो भोट दिए बापत नै

४–५ वर्ष लगातार यस्तरी सराप्न पाइएको छ

यस्ता नेता पाउँदा पनि तपाईंंको चित्त नबुझे

के तपाईंंलाई चैं सराप्ने नेता चाहिएको छ ?

Facebook Comments