परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सत्यको मूल्य

कविता

मलाई के थाहा,

तिमी यति कमजोर छौ

सत्य स्वीकार्ने

साहस पनि तिमीमा छैन

वास्तवमा यो जानेको भए

किन म सत्य बोल्थेँ!

र तिम्रो अप्रिय भएर

किन मिल्कन खोज्थेँ !

 

मैले पनि

चाप्लुसी गर्न जानेको थिएँ

सत्य लुकाएर, रङ्ग भरेर

तिम्रो गुणगान गर्न सक्ने थिएँ !

 

अबको पटक निश्चय नै ठीक हुन्छ भन्दै

जनता झुक्याएर

नातावाद, भ्रष्टाचार र लुटको बजारमा

रणमूल्य पार्ने नेताहरूले झैँ

म पनि त

आश्वासनको झूटो पोको खोलेर

व्यापार गर्न सक्थेँ !

मैले मात्रै सधैँ

सत्य नै बोल्नुपर्ने के थियो र !

Facebook Comments