परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धेनु झैं देश दोए !

कविता (छन्द: मन्दाक्रान्ता)

बाँधी खुट्टा बलजफतले धेनु झैं देश दोए

पापी कालो धन जति थियो शुद्ध पारेर धोए

बाधा हाम्रा अविरल बढे गाँठिए खै त फोए?

कस्ले सुन्ने गरिब जनता झाँक हालेर रोए॥१

 

फाँडे धूपी सकल पथमा नीलकाँडा पलाए

छाया पर्दै प्रियजन गए भष्टले ओत पाए

ताकीताकीकन शर कठै! देशमाथि चलाए

मौलाएका सकुशल मियो रेट्न थाले ढलाए॥२

 

पाले कुत्ता महलहरुमा नस्ल सारे सुधारे

गाई खौलातिर सब हुले गोरु झैँ लोक नारे

हाँसी बाँच्ने रहर जनको ध्वंस पारे, बिगारे

अन्य आकर्षणहरू

देउवा दाइसंग अनुनय विनय !

बोलाउँछु फोन गरेर

आन्दोलनको अपिल

माघी

यात्री बोकी रहबिच पुगी नाउमै प्वाल पारे॥३

 

हाले बृध्दाश्रमतिर लगी बाबु आमा बिसाए

कालो कूटै जनक जननीलाई पोसे मिसाए

भ्रष्टाचारी पतित जनको चाकडी गर्न धाए

हाकाहाकी मति भ्रमित भै स्वाँठले शेष खाए॥४

 

यै माटोमा अनुपम भए स्रोत सामर्थ्य नाना

छोडौँ हामी अरु मुलुकमा गर्न मान्छे रमाना

यो नेपाली घर बगर भो उर्लियो आँसु-दाना

पारौँ सारा सबल जनता देश पारौँ घराना॥५

 

Facebook Comments