परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मन्त्री बाँस्कोटाद्वारा राजीनामा

काठमाडौँ । सेक्युरिटी प्रेस खरिदका सिलसिलामा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिनुभएको छ ।

ट्वीटरमार्फत् मन्त्री बाँस्कोटाले लेख्नुभएको छ, “मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँछु।”

घुस मागेको भनिएको अडिओसहितका सामग्री विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न मन्त्री बाँस्कोटाको राजीनामाको माग गर्दै संसद् र बाहिर आवाज उठेका थिए ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारका विषयमा आफूले नजिक र टाढा भनेर नछुट्याउने बताउनुभएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

Facebook Comments