परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दस जनालाई नइ पुरस्कार

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका दस जना महानुभावहरूलाई २०७६ सालको पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले चिकित्सा क्षेत्रका सुविख्यात डा. गौरीशङकरलाल दासलाई नइ भावि पुरस्कार’, राष्ट्रियता प्रबर्द्धनका लागि मानक राष्ट्रिय झन्डाका निर्माता इन्जिनियर श्री शङ्करनाथ रिमाललाई नइ कीर्तिनिधि पुरस्कार’ महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई नइ ईश्वर बराल पुरस्कार’ र अन्तर्राष्ट्रिय स्तरको अभिनय गरी नेपालीहरूको प्रतिष्ठा बढाएवापत श्री मनीषा कोइरालालाई नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यसैगरी जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत श्री मदनकृष्ण श्रेष्ठ तथा श्री हरिवङ्श आचार्य (मह जोडी) लाई नइ देरुनीख सुकीर्ति पुरस्कार’, आधुनिक मोतीराम भट्टका रूपमा प्रसिद्ध झापाका चूडामणि रेग्मीलाई नइ भाजप पुरस्कार’, हिन्दूधर्म र संस्कृतिका अभियन्तालेखक तथा चिन्तक प्रा.डा.सोमप्रसाद खतिवडालाई नइ चन्द्रधन पुरस्कार’, सुप्रसिद्ध सङ्गीतकारगायक तथा गीतकार प्रा.दीपक जङ्गमलाई नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकामा रहेर सङ्गठनात्मक तथा सिर्जनात्मक रूपमा नेपाली भाषासाहित्यमा समर्पित श्रीमती गीता खत्रीलाई नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी सबै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरू समर्पण गरिने छन् ।

Facebook Comments