परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढाबुढी हराए !

चट्याङमास्टरको झटारो

पैसा बुढाबुढीका कस्मेटिक पसलले खाए

बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।

 

न कपाल कसैको फुल्छ, न दाँतै कसैको झर्छ,

न फुलो परेको आँखा, न चाउरी नै देखा पर्छ,

न तालुखुइले कोही छ, छैनन् कोही थोता–थोती

फेशन अझ अचम्मै— कुन भाले, कुन हो पोथी ?

 

स्कुल, पार्टी, पिकनिक, गल्ली, कुना, शहरमा–

ठिटाठिटीले भ्याए; बुढाबुढी जति क्लिनिकमा ।

प्रवचन, पुराण कता छ ? भोलि त्यहीँ नै भेटौंला

इयररिङ्ग झिकेर आउनू, हियरिङ्ग एड लगाउँला ।

 

बुढी गन्हाउँछे ठूसठूस, नुहाए रङ्ग गइजान्छ

बुढाको पेट खराब छ, पाउडर जो धेरै खान्छ ।

बाल्दाबाल्दा अगरबत्ती, धुवैँधुवाँ छ घरमा

गन्ध लुकोस् कतिन्जेल, धुवाँ सुँघाएको भरमा ?

 

पैसा बुढाबुढीका कस्मेटिक पसलले खाए

बुढाबुढी हराए, जब ब्युटीपार्लर आए ।

Facebook Comments