परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पार्टी विलय कि एकता !

गफाष्टक

उता काठमाण्डौमा जाडो छरे । मौसम चिसिएर चिसो न चिसो भए पनि राजनीति भने उघ्रपात रुपमा तातिएको छ भन्छन् । अस्ति एउटा कार्जेकर्ममा कामरेड प्रचन्नले १७ हजार मान्छे मरेको पाँच हजार मात्र आफूले मारेको भन्नु भयो अरे । त्यो विषयलाई उरालेर धेरैले मनपरी भने अरे ।

हामी काठमाण्डौंबाट टाढा बस्नेहर्लाई ‘अरे’ ले ठूलो पर्भाव पार्छ । ‘यसो अरे’, ‘त्यसो अरे’ भन्दा भन्दै अनि ‘कसो अरे’ भनेपछि हामी विलखबन्दमा पर्छौ । खासमा प्रचन्नले किन त्यो भने अरे ! मैले मात्र होइन मेरी झुम्रीले पनि त्यस्तो कुरा पत्याइनन् । बरु वालुवाटारमा सभामुखको विषयमा के निर्ने भयो कुन्नि ! त्यो चाहिँ बुझ्न पाए हुन्थ्यो भन्दै थिइन ।

‘यदि सभामुख पद पूर्व माओवादीलाई नदिने हो भने पार्टी विलय गराएको के काम’ भन्छे त गाँठे झुम्री त !

कति वाठी हुनु परेको यसलाई ! ‘कता पार्टी विलय हुनु एकिकरण हो’ भन्दा पनि पत्याउदिन त ! फेरि चाक्सी बोटे ठूले पनि पार्टी एकिकरण भएको भन्दा पटक्कै मान्दैन । बरु पार्टी विलय भएको वेख्या गर्छ र भन्छ – पर्त पर्तिकामा ‘कारेकारी’ लेख्न लगाउदैमा पार्टी अधक्षे हुदैन र पार्टी को अधक्षे चुनाप जितेर आको हुनुपर्छ । अर्को कुरा ‘पूर्व माओवादी’ भनेर उनीहरु आफै सगर्व घोषणा गर्दै हिड्छन् । एकिकरण भएको हो भने के को पूर्व के को पश्चिम ? कुरो त ठूलेको पनि मनासिवै हो ।

यसो गमेर ल्याउदा भावनात्मक एकता भएकै छैन काका भनेर भिरघरेले पनि भनेकै हो । खै हाम्रा प्रचन्न पनि किन हामफालेका हुनन् । एमालेहर्ले कुखुरा भुत्ल्याए जसरी भुत्ल्याए पछि थाहा पाउने होलान । चुनापमा मोहन विक्रमको नियति भोग्नु परे पनि आफ्नै पार्टी ठिक हुन्थ्यो ।

अहिले त ननिल्नु नओकल्नु पो भयो । ३० सौ वर्ष पार्टी अध्यक्ष भएर हुँङ्कार गर्ने हाम्रा प्रचन्न काम्रेड ‘ओलीले के बोल्ने हुन् नि’ भनेर थर्र थर्राएर काम्दै हिड्नु पर्छ । खै हामी कार्जेकर्ता त निचोरिएको कागती जस्ता भयौं भने बिचरा उनको पनि सेक्पा सुक्यो होला ।

अन्य आकर्षणहरू

सत्ता मोह

झुक्नै लाग्यो

नवराजका पाँच मुक्तक

समय यन्त्र 

सत्ताको फल (कविता)

समय बलवान हुन्छ भन्थे हो रछ । समयले मान्छेलाई कहिले बाघ जस्तो कहिले स्याल जस्तो बनाउदो रै छ । अब नमुच्छनु काम्लोमा सातु मुछी सकेपछि घिनाउनु हुदैन काम्रेड !

सबै साथी लाखापाखा लागे पनि हिम्मत हार्नु हुदैन । मोहन बैद्य, विप्लव बाबुरामहरु गए । महरा जेल पु¥याइए । हुन त महरा पथमा हामी सयौं छौं । एक पटक कुख्रा चोर देखि हाँडी फोरसम्मलाई पार्टीमा ल्याएकै हो । अहिले उनारु धेरै नेता छन् । हाम्रो संगठन भन्नु नै ठूलो सोर, हाहा र हुहु र साइसाइ सुइ सुइ त थियो । अरु के नै थियो र ! प्रचन्न काम्रेडले पहिला भूमिगत कालको अन्त्यमा ३३ सयलाई ३३ हजार भनेर तत्कालिन वुर्जुवा सरकार (अहिले पनि त्यही सरकार) लाई छक्याउनु भएको थियो । अहिले म झलझली त्यही सम्झी राको छु । अब पनि केही विग्रिएको छैन । फेरि पनि कुनै त्यस्तै उपाय झिकेर ओलीलाई छक्याउनु भयो भने तपाइँलाई सबैले मान्छन् ।

अहिले सभामुख पद खाली छ । यदि ‘पूर्व’ माओवादीका भागमा त्यो पद पर्दैन भने एमालेलाई दिनु हुदैन । हेक्का रहोस् एमालेको संगठन दह्रो छ । हाम्रो जस्तो खोक्रो होइन । अलि अलि गर्दै मुख्य पद जति एमालेलाई नै दिने हो भने माओवादीका नेता काम्रेडहरु उपल्लो डोल्पामा भेडा चराउन मैसंग आए हुन्छ ।

अब जातिय मुद्दा फेरि उठाउनु पर्छ । थारु, महरा, लगायतलाई जेलबाट छुटाएर अर्को केही गर्न नलगाइ हुदैन । होइन भने हामीलाई यिनार्ले ‘कहाँ जान्छस् हराउने, विलाउनेको फेद’ बनाउन वेर छैन ।

लौ त काम्रेड लालसलाम ’

Facebook Comments