परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एकिकृत कर प्रणालीमा चेम्बरको जोड

काठमाडौँ, पुस २९ । नेपाल चेम्वर अफ कमर्सका विभिन्न तहका पदाधिकारी तथा कार्य समिति सदस्यहरूले मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीसंग शिष्टाचार भेटघाट गरेका छन् । त्यस अवसरमा नेपालको व्यवसायिक क्षेत्रका बिबिध पक्षहरुवारे नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष  राजेशकाजी श्रेष्ठले व्यवसाय सञ्चालन खर्च बढी रहेको भन्दै संघीय प्रणाली पश्चात करको दरमा एक रुपता नभएकोले एकिकृत कर प्रणाली लागू गरिनु पर्नेमा जोड दिनुभयाे ।

श्रेष्ठले राष्ट्रपति भण्डारी समक्ष चेम्वरले ७० वर्षको अवधिमा निजी क्षेत्रको सशक्तिकरणको लागि चेम्वरले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै चेम्वरको संरचना तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्वन्ध र त्यसबाट मुलुकले प्राप्त गरेको लगानी तथा व्यापारको लागि भएको योगदानवारे चर्चा गर्नुभएको थियो ।
श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लास्तर तथा नगरस्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रका केही चुनौतीबारे पनि प्रकाश पार्नु भएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले चेम्वरका अध्यक्ष श्रेष्ठको अभिव्यक्तिबाट नेपालको अर्थतन्त्रको दिशा तथा यसका अन्तरनिहीत समस्यावारे बुझने अवसर प्राप्त भएकोले यसलाइ सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले समृद्ध नेपाल तथा सुखी नेपालीेको सपना साकार पार्नसरकारको प्रयाशलाई सघाउन उद्यमी÷व्यवसायीहरूलाई आग्रह गर्नु भयो । ‘हाम्रो शक्ति के हो, त्यो पहिचान गरौ र हामीसंग के छ त्यो दिने हो र हामीसंग के छैन, त्यो लिने हो, हामीले हाम्रो शक्तिमा आधारित अर्थतन्त्रको बिकाश गरौ’, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

Facebook Comments