परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राष्ट्रिय समृद्धि तर्फका पाइला नयाँ वर्षमा अझ उचाईमा पुग्ने

प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । ईस्वी सम्बतको नयाँ वर्ष २०२० का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ब्यक्त गर्नुभएको छ । भर्खरै बिदा भएको सन् २०१९ नेपालको सुस्थीर राजनीतिक उपलब्धिको वर्ष रहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले– अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन र दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार ग¥यौं । बिदा भएको वर्षमा अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा केही चुनौति समेत सामना गर्नु परेको कुरा प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गर्दै भन्नुभएको छ– हामीले त्यस्ता अवरोधहरुलाई भोग्यौं पनि । तर, हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । शुभकामना सन्देशको पूर्ण पाठ निम्न अनुसार छ :

आजदेखि सुरु भएको नयाँ वर्ष सन् २०२० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइन्छ । बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको ईस्वी सम्बतलाई हामी अंग्रेजी नयाँ वर्षका रुपमा मनाउँछौं ।

हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थीर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो । यसै वर्ष हामीले अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार ग¥यौं । यही समयमा हामीले पृथकताबादी प्रबृत्तिलाई सधैंका लागि अन्त्य ग¥यौं । विकासका केही दूरगामी योजनाहरु यसैवर्ष थालनी ग¥यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न ग¥यौं । चार वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नता उन्मूख छ । ब्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरि हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं । निराशाहरु विनिमय गरि समय ब्यतीत गर्ने हाम्रो समाजिक प्रबृत्ति संक्रमणकालीन संशयहरुलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको छ । अर्थात्, समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक संघर्ष र ब्यवस्थापनको बहसबाट सिंगै समाज यस अवधीमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ ।

अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौति अवश्य रहे । हामीले त्यस्ता अवरोधहरुलाई भोग्यौं पनि । तर, हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएका छौं । राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्नेछन् भन्ने म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिनेगरी उचाईमा उठ्नेछ । जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ । निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा बिफल हुन दिनेछैनँ । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु ।

अन्त्यमा, नयाँ वर्ष सन् २०२० लाई हामी नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गर्दैछौं । सन् २०२०ः स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्, पुनः हार्दिक शुभकामना ।

Facebook Comments