परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाल भ्रमण वर्ष : आर्थिक क्रान्तिको थालनी

सफलताको शुभकामना

देशमा आजदेखि भ्रमण वर्ष सुरु भएको छ । बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले शुभारम्भ गरिएको यो भ्रमण वर्ष नेपालीका लागि सुखद पर्व त हुदै हो, त्यस बाहेक आर्थिक उपार्जनको मूल लक्ष पनि हो भनेर बुझ्न सकिन्छ । भ्रमण वर्ष २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष सरकारले लिएको छ । सृुन्दा महत्वकांक्षी योजना जस्तो लागे पनि यो लक्ष पुरा हुँदैन कि भनेर दुविधा मान्नु पर्ने अवस्था भने छैन । किन कि नेपालको प्राकृतिक सुन्दरता, नेपालीले आफ्ना पाहुनाप्रति गर्ने आत्मीय व्यवहार र हाम्रा पुर्खा निर्मित धरोहरको प्रचार मात्र गरे पनि प्रसस्त पर्यटक भित्रिन सक्छन् । विश्वमा रहेका नेपाल जस्ता थुप्रै देशले पर्यटन व्यवसायको माध्यमबाट धेरै विकास गरेका छन् । आर्थिक विकासका लागि पर्यटन प्रवद्र्धन गरेर उन्नति गर्ने देशहरुबाट हामीले शिक्षा लिन जरुरी छ ।

आजबाट सुरु भएको भ्रमण वर्षलाई निरन्तर रुपमा अघि बढाउँदै लान सकियो भने राष्ट्र विकासका लागि नेपालले कसैको मुख ताक्नु पर्ने अवस्था रहँदैन । मानिसमा रहेका केही कमजोर सोचाईले पर्यटन प्रवद्र्धनमा बाधा पुग्छ कि भन्ने ठानिएको छ भने त्यसलाई हटाउने दायित्व सम्बन्धित पक्षको हुन आउँछ । पर्यटक आगमनलाई सहज, सुलभ र दिगो बनाउने दायित्व सबै नेपालीको हुन आउँछ । त्यसमा पनि पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ ।

पाहुनाको स्वागत गर्न नेपालीहरु जान्दछन् । तर, विदेशी पाहुनाको बसाई लम्ब्याउन र उनीहरुबाट खुशी साथ खर्च गराउन नेपालीहरु कमै जानकार छन् । यसतर्फ पनि तत्–तत् क्षेत्रमा सम्बन्धित निकायले जानकारी गराउन सक्नुपर्छ । सामान्य व्यवहारले पर्यटकहरुलाई बाधा पुग्दा पनि हाम्रो प्रयासहरु असफल हुनसक्छ भन्ने तर्फ पनि हामी सचेत हुनु पर्दछ । झिना मसिना विषय भनेर पन्छिन हुँदैन ।

हामी अब महान अभियानमा होमिइसकेका छौं । थुप्रै काम बाँकी हुँदाहुदै पनि अभियान सुरु भएको छ । यस अभियानलाई सफल बनाउने दायित्व अब तपाई हाम्रो काँधमा छ । यो महान अभियान सरकारको मात्र होइन, पर्यटन मन्त्रालयको मात्र पनि होइन, सबै नेपाली यो अभियानसंग जोडिएका छन् । 

नेपाली र नेपालको विकासलाई टेवा पु¥याउने उद्देश्यले आजदेखि थालनी गरिएको यस भ्रमणमा वर्षको महत्वलाई हामीले अहिल्यै नबुझे पनि भविष्यमा बुझ्ने छौं । कमसेकम हामीले हाम्रा कमजोरीहरु थाहा पाएर सच्चाउने मौका पाउने छौं । पर्यटकलाई मन नपर्ने चिजहरु हामी पन्छाउन सक्ने छौं । पूर्वाधारहरु तयार गर्ने छौं । विमानस्थललाई सहज र चुस्त राख्न, शहरमा रहेका फोहोर मैला व्यवस्थापन गर्न, बाटो र पुलहरु बनाउन, अव्यवस्थित संचरनाहरुलाई व्यवस्थित गर्न र एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न हामी लाग्ने छौं । यो नै नेपालीका लागि पर्यटक भित्र्याउने उपलब्धीमूलक कार्य हुनसक्छ ।

हामी अब महान अभियानमा होमिइसकेका छौं । थुप्रै काम बाँकी हुँदाहुदै पनि अभियान सुरु भएको छ । यस अभियानलाई सफल बनाउने दायित्व अब तपाई हाम्रो काँधमा छ । यो महान अभियान सरकारको मात्र होइन, पर्यटन मन्त्रालयको मात्र पनि होइन, सबै नेपाली यो अभियानसंग जोडिएका छन् ।

पर्यटन विकासका लागि गर्नुपर्ने कामहरु धेरै छन् । पहिले त काठमाण्डौंको फोहोर व्यवस्थापन नै हो । यदि उचित रुपमा फाहोर व्यवस्थापन भएन भने नराम्रो सन्देश प्रवाह हुन्छ । जसले गर्दा हाम्रो उद्देश्यलाई बाधा पर्ने छ । दोश्रो विमानस्थलको अवस्था । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका कर्मचारीमा उत्कृष्ट व्यवहार, छिटो छरितो र चुस्त सेवा साथै सहज आगमन र प्रस्थान । यसपछि सडकको सुधार, ट्राफिक व्यवस्थापन, होटलहरुमा पर्यटकप्रति हार्दिकतापूर्ण व्यवस्था र पर्यटक लोभ्याउन सक्ने सांस्कृतिक स्वागत हामीले दिन सक्नुपर्छ । अन्यथा पर्यटकहरु त्यसै झुमिन आउँदैनन् ।

रुखलाई अंगालो मारेर मात्र पर्यावरण जोगिदैन । न्यून क्षतिमा उत्तम विकासको नमुना पेश गर्न सक्नु पर्छ । ठूलो र अर्थपूर्ण विकासका लागी केही क्षति ब्यहोर्न सक्नु पर्छ । अन्यथा निजगढको जङ्गल हेर्दै बस्नु पर्ने अवस्था आउन सक्छ । अति ठूलो क्षति हुने, नेपाल नै नरहने जस्तो गरी निजगढ विमानस्थल बन्नु हुँदैन भनेर अपब्याख्या गरिएको छ । स्थलमै गएर हेर्दा र योजना अध्ययन गर्दा त्यस्तो विघ्न वातावरणीय क्षति हुने देखिदैन । अफवाह सुनेर कुप्रचार गर्ने र वातावरणका नाममा विकास रोक्नेहरुले विश्वका राष्ट्रले गरेका विकासका नमुना हेरेर साथै अध्ययन गरेर मात्र धारण बनाउँदा राम्रो हुन्छ । 

हाम्रोमा हाललाई मुख्य समस्या वैकल्पिक विमानस्थल नहुनु नै हो । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल र एउटा मात्र रनवेका कारण, नेपाल भित्रिने विमान एयर ट्राफिकको कारणले आकाशमै घुमाई रहनु पर्ने वा दिल्ली लानु पर्ने अवस्था छ । यसलाई होलो, खुकुलो र सहज बनाउन अहिले नै सक्ने अवस्था देखिदैन । गौतम बुद्ध विमानस्थल निर्माण कार्य धमाधम भएपनि त्यो अरु एक वर्ष लाग्न सक्ने देखिन्छ । त्यो विमानस्थलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्ने र निजगढ विमानस्थलको निर्माण थालनी गर्नु पर्ने हुन्छ ।

रुखलाई अंगालो मारेर मात्र पर्यावरण जोगिदैन । न्यून क्षतिमा उत्तम विकासको नमुना पेश गर्न सक्नु पर्छ । ठूलो र अर्थपूर्ण विकासका लागी केही क्षति ब्यहोर्न सक्नु पर्छ । अन्यथा निजगढको जङ्गल हेर्दै बस्नु पर्ने अवस्था आउन सक्छ । अति ठूलो क्षति हुने, नेपाल नै नरहने जस्तो गरी निजगढ विमानस्थल बन्नु हुँदैन भनेर अपब्याख्या गरिएको छ । स्थलमै गएर हेर्दा र योजना अध्ययन गर्दा त्यस्तो विघ्न वातावरणीय क्षति हुने देखिदैन । अफवाह सुनेर कुप्रचार गर्ने र वातावरणका नाममा विकास रोक्नेहरुले विश्वका राष्ट्रले गरेका विकासका नमुना हेरेर साथै अध्ययन गरेर मात्र धारण बनाउँदा राम्रो हुन्छ ।

निजगढ विमानस्थल निकै सोचेर, उपयुक्त स्थान रोजेर निर्माण गर्न लागिएको योजना हो भन्ने बुझिन्छ । तर, केही मानिसहरु योजनाबद्ध ढंगले वातावरण र पर्यावरणको विषय उठाएर यो विमानस्थल बन्न नदिने खेल खेल्दै छन् । अब निजगढ विमानस्थल बनेन भने एक दुई वर्ष भित्रै हाम्रो देशमा विदेशबाट प्लेन आउन सक्ने अवस्था रहदैन । किनभने आन्तरिक उडानलाई नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपुग हुन थालीसकेको छ । गौतम बुद्ध वा पोखरा विमानस्थललाई जति बढाए पनि, जति खर्च गरे पनि निजगढ जस्तो अन्तर्राष्ट्रिय मापदण्ड अनुसरको कल्पना गरिएको छैन । र, त्यस खालको योजना पनि होइन ।

अहिले भ्रमण वर्ष सुरु भएको छ । यही मेसोमा विमानस्थालहरुको सुधार, निजगढ विमानस्थलको निर्माण थालनी गर्न उपयुक्त हुन्छ यदि वाधा अड्चन आउँछ भने निजगढलाई सदनबाट पास गर्नु पर्छ । राष्ट्रिय महत्वका योजनाहरुलाई बाधा पु¥याउने सबै खाले तगारा भत्काउन जरुरी छ । दु्रत मार्ग, निजगढ विमानस्थल, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी र अरुण तेस्रो आयोजना लगायतका आयोजनाहरु छिटोभन्दा छिटो सम्पन्न हुनुपर्छ । अन्यथा भ्रमण वर्षले सार्थक रुप लिन सक्तैन ।

एक पटक आएका पर्यटकलाई पटक पटक नेपालतिरै आउन मन लाग्ने बनाउन सक्ने खुवी हामीसँग हुनुपर्छ । उनीहरुलाई लामो समयसम्म नेपालमै बस्न, धेरैभन्दा धेरै खर्च गर्न उत्प्रेरित गर्ने र अर्को वर्ष पनि विदा मनाउन नेपालनै आउँछु भन्ने बनाउ सकिने हो भने वर्षको २० लाख मात्र होइन त्यो भन्दा धेरै पर्यटक आउन सक्छन् । हो, पक्कै पनि हामीमा केही कमजोरीहरु छन् । ती कमजोर पक्षलाई हामी आफंैले सच्चाउन पर्छ । पर्यटकको गन्तव्य नेपालको कुन स्थानसम्म हो त्यसलाई मध्यजनर गरेर बाटो, पुल, होटल र रमाइलो गर्न सक्ने स्थल हामीले बनाई दिनु पर्छ । अनि मात्र हाम्रो लक्ष भन्दा बढी पर्यटक आउन सक्छन् । 

भ्रमण वर्ष प्रारम्भलाई आर्थिक क्रान्तिको सुरुवातको रुपमा लिन सकिन्छ । नेपालीले ठूलठूला राजनीतिक क्रान्ति कुशलतापूर्वक सम्पन्न गरेका छन् । अब आर्थिक क्रान्तिको थालनी भएको छ । यो क्रान्ति राजनीतिक क्रान्ति जस्तो छिट्टै सम्पन्न हुँदैन । यो निरन्तर जारी रहने क्रान्ति हो । यस क्रान्तिलाई आफ्नै आर्थिक उपार्जनसँग जोडेर नेपालीले हेर्ने गर्नु पर्छ । विश्वका विभिन्न राष्ट्र पर्यटक भित्रिने ऋतु (सिजन) कुरेर बसेका हुन्छन् । हाम्रो त्यस्तो अवस्था छैन । बाह्रै महिना पर्यटक आउन सक्ने मौसम, वातावरण र हेर्र्न लायक स्थलहरु नेपालमा प्रसस्त छन् ।

एक पटक आएका पर्यटकलाई पटक पटक नेपालतिरै आउन मन लाग्ने बनाउन सक्ने खुवी हामीसँग हुनुपर्छ । उनीहरुलाई लामो समयसम्म नेपालमै बस्न, धेरैभन्दा धेरै खर्च गर्न उत्प्रेरित गर्ने र अर्को वर्ष पनि विदा मनाउन नेपालनै आउँछु भन्ने बनाउ सकिने हो भने वर्षको २० लाख मात्र होइन त्यो भन्दा धेरै पर्यटक आउन सक्छन् । हो, पक्कै पनि हामीमा केही कमजोरीहरु छन् । ती कमजोर पक्षलाई हामी आफंैले सच्चाउन पर्छ । पर्यटकको गन्तव्य नेपालको कुन स्थानसम्म हो त्यसलाई मध्यजनर गरेर बाटो, पुल, होटल र रमाइलो गर्न सक्ने स्थल हामीले बनाई दिनु पर्छ । अनि मात्र हाम्रो लक्ष भन्दा बढी पर्यटक आउन सक्छन् ।

सरकार अथवा पर्यटन मन्त्रालयले नीति निर्माण गर्दै पर्यटकलाई सहज हुने खालका कानून निर्माण गरिदिने मात्र हो । आईसकेका पर्यटकलाई सत्कारपूर्वक राख्ने र उचित व्यवस्था मिलाउने काम पर्यटन सम्बन्धी व्यवसायीकै हो । सबैले आ–आफ्नो स्थानबाट यथोचित प्रयत्न गर्ने हो भने भ्रमण वर्ष २०२० सफल हुने र यसले निरन्तरता पाउने विश्वास गर्न सकिन्छ । हामी नेपालीलाई पाहुनाको सत्कार गर्न परापूर्व कालदेखि नै आउँछ । हाम्रो परम्परा नै पाहुनलाई भगवानका रुपमा मान्ने छ । यसर्थ हामी पर्यटकहरुका लागि नेपाल नै पहिलो गन्तव्य हो भन्ने बनाउन सक्छौं ।

आजदेखि प्रारम्भ भएको भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाली जनता, पर्यटन व्यवसायी, पर्यटन मन्त्रलाय, नेपाल सरकार सबै सक्रिया हुने अवस्था छ । तर, शहरी क्षेत्रमा रहेको वायु प्रदुषण, ध्वनी प्रदुषण र ट्राफिक जाम नियन्त्रण गर्ने काम हुन जरुरी छ । यत्रा गाडीहरु हटाउन र ध्वनी नियन्त्रण गर्न आइतवार पर्खनु पर्दैन । यसलाई सरकराले छिटो सम्पन्न गर्नु पर्ने काममा राख्नु पर्छ ।

अन्त्यमा भ्रमण वर्षको लक्ष पुरा होस् र आर्थिक क्रान्तिको शुभारम्भ होस् भन्ने सबैलाई शुभकामना ।

Facebook Comments