परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

होर्डिङ बोर्डः व्यवस्थित कि विस्थापित ?

विज्ञापनको सशक्त माध्यम मध्ये एक हो होर्डिङ बोर्ड (Outdoor Advertisement) । के यो होर्डिङबोर्डले शहरलाई साच्चै नै कुरुप बनाएको छ त ? हेर्दा, सुन्दा र वास्तविकता त्यही नै देखिन्छ र हो पनि किनभने सम्बन्धित निकायले यसलाई व्यवस्थित गर्ने तर्फ कुनै ध्यान दिएको छैन भने अर्कोतिर होर्डिङबोर्ड व्यवसायीले पनि यसमा कुनै चासो लिएको देखिदैन ।

यदि हामीले होडिङबोर्ड लगायत अन्य विज्ञापनका माध्यमलाई व्यवस्थित गर्न सकेको खण्डमा शहर फोहर होइन कि अति सुन्दर र हेर्न लायक बनाउन पनि सकिन्छ । यसमा व्यवसायी र सरकारपक्ष दुवै इमान्दार हुनुपर्छ । व्यवसायीले विशेष गरी अहिलेको नयाँ प्रविधिअनुसारको डिजिटल बोर्डको प्रयोग गर्नुप¥यो वा अन्य किसिमबाट बनेका बोर्डहरु लगाउँदा विशेष ध्यान दिई आकर्षक फ्रेम बनाइ राख्न सकिन्छ । सबैभन्दा पहिले शहरमा भएका अव्यवस्थित बोर्डहरु लगाएत सबै खालका प्रचार माध्यमलाई हटाई त्यसलाई एउटा मापडण्डमा ल्याउनु आवश्यक छ ।

धेरै पहिला देखि नै शहरलाई सफा तथा स्वच्छ राख्नुपर्छ भन्ने उद्देश्यले पोस्टर, पम्प्लेट, वालपेन्टिङ, ब्यानर आदिलाई टास्ने वा झुन्डाएर राख्ने कार्यलाई बन्द गराइसकेको हो तर पनि विभिन्न किसिमका पोस्टर, पम्प्लेटहरु अहिले पनि बिजुलीका खम्बादेखि विभिन्न ठाउँमा यत्रतत्र टाँसेको देखिन्छन् । यसलाई कुनै पनि निकायले अनुगनमन गरेको देखिदैन । जसले गर्दा शहर अहिले पनि फोहरी नै देखिन्छ ।

यदि हामीले होडिङबोर्ड लगायत अन्य विज्ञापनका माध्यमलाई व्यवस्थित गर्न सकेको खण्डमा शहर फोहर होइन कि अति सुन्दर र हेर्न लायक बनाउन पनि सकिन्छ । यसमा व्यवसायी र सरकारपक्ष दुवै इमान्दार हुनुपर्छ । व्यवसायीले विशेष गरी अहिलेको नयाँ प्रविधिअनुसारको डिजिटल बोर्डको प्रयोग गर्नुप¥यो वा अन्य किसिमबाट बनेका बोर्डहरु लगाउँदा विशेष ध्यान दिई आकर्षक फ्रेम बनाइ राख्न सकिन्छ । सबैभन्दा पहिले शहरमा भएका अव्यवस्थित बोर्डहरु लगाएत सबै खालका प्रचार माध्यमलाई हटाई त्यसलाई एउटा मापडण्डमा ल्याउनु आवश्यक छ ।

शहरमा यति अव्यवस्थित प्रचारका सामग्रीहरु राखिएका छन कि हेर्नलाई पनि मुस्किल पछ्र्र र कुन प्रचार सामग्री के का हुन भन्नेसम्म छुट्याउन हम्मे हम्मे पर्छ । त्यसकारण राख्नुभन्दा पहिले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ जस्तो कि बोर्डको साइज कति हुनुपर्ने, बोर्डको साइजमा एकरुपता आउनुपर्ने, एउटा बोर्डबाट अर्को बोर्डको दुरी कति हुने ? कति हाइटमा लगाउने, दुर्घटना हुने खालका ठाउँमा लगाउन नदिने, बोर्डले ओगटेको ठाउँमा सरसफाई तथा बेलाबेलामा रंगरोगन गर्नुपर्ने, घरका भित्ता तथा अन्य ठाउँमा लगाउन मिल्ने वा नमिल्ने लगायत अन्य कुराहरुको अवलोकन गरी यसलाई व्यवस्थित गर्ने हो भने होर्डिङबोर्डले शहरलाई सुन्दर पनि देखाउन सकिन्छ । साथै बेलाबखतमा विदेशबाट भ्रमण आउने पाउनाहरुको फोटो पोस्टर बनाएर पोलपोलमा झुन्डाउनुभन्दा व्यवस्थित गरेर राखिएका डिजिटल वा अन्य बोर्डमा राखेर वा टाँसेर पनि सम्मान गर्न सकिन्छ । जसले गर्दा सधैंका लागि शहर सफा देखिन्छ पनि र व्यवस्थित हुनसक्छ ।

साथै राजश्व समेत उठ्ने र यसमा धेरै लगानी गरेर व्यवसायीहरुले ठूला कम्पनीहरु चलाइरहेका छन् जसको लगानी डुब्ने सम्भावना पनि हुने छैन भने त्यसमा आश्रित भएर बसेका सैयौंको रोजगारी पनि खोसिने छैन ।

Facebook Comments