परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लुइटेलको अध्यक्षतामा इन्जाको ग्लोबल कमिटी गठन

सामुदायिक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा आउँदो दुई वर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ ।

ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय) हुनुहुन्छ । उपाध्यक्षमा वरिष्ठ पत्रकारहरु टंक पन्त (एशिया), ददी सापकोटा (युरोप) र मनऋषि धिताल (अष्ट्रेलिया) हुनुहुन्छ।

ईञ्जा ग्लोवलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय रहनुभएको छ भने सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, पत्रकारहरू तीर्थ कोइराला, गंगा लामिटारे (अधिकारी) र घमराज लुइटेल हुनुहुन्छ ।

ईञ्जा ग्लोवल कमिटीको निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीति निर्माण तथा प्रशिक्षण), विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन हुनुभएको छ। कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल हुनुहुन्छ ।

पत्रकार टंक पन्तको अध्यक्षतामा गठित ईञ्जा एशियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने हुनुहुन्छ भने उपाध्यक्षहरुमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान), र मञ्जु गुरुङ (कोरिया) हुनुहुन्छ । महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । ईञ्जा एशियाको सदस्यहरुमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय, बिशाल गैरे र अनिल आचार्य रहनुभएको जानकारी इन्जाले दिएको छ ।

ईञ्जाद्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको सामुदायिक पत्रकारिता पुरस्कारका लागि ईञ्जाले सन् २०१९ भरिमा प्रकाशित वा प्रसारित आ-आफ्ना समाचारहरुको प्रति सामेल गरी आवेदन दिन सम्पूर्ण इच्छुक पत्रकारहरुलाई आह्वान गरेको छ ।

ईञ्जाले प्रदान गर्ने १ हजार अमेरिकी डलर राशीको स्रष्टा सम्मान पुरस्कारका लागि छनौट गर्न साहित्यकार तथा बरिष्ठ गीतकार अम्विका गुरुड, इन्जा वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहाल र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तिमगर रहेको समिति समेत गठन गरिएको छ।

यसैगरी प्रवासका नेपाली समुदायका हितमा राम्रो काम गर्ने संघ सस्थालाई थप प्रोत्साहन गर्न प्रत्येक बर्ष १ हजार अमेरिकी डलर राशीको पुरस्कारबाट सम्मानित गर्ने निर्णय इञ्जाले गरेको छ ।

 

 

Facebook Comments