परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाल नर्सिङ संघको निर्वाचनः प्रगतिशील समूह विजयी

काठमाडौं । नेपाल नर्सिङ संघको अस्ति पुस ९ गते भएको केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रगतिशील समूह अत्यधिक बहुमत सहित विजयी भएको छ । प्रगतिशील समूहकी मनकुमारी राईले अध्यक्षमा निकटमत प्रतिद्वन्दी मुना राना थापालाई एक हजार दुई सयभन्दा बढी मतले पराजित गर्नुभयो । यसैगरी बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा क्रमशः प्रगतिशील समूहकै रमेश सुब्बा, मिना बानिया र नर्वदा थापा भारी मतान्तरले विजयी हुनुभएको छ ।

अन्य पदाधिकारीहरु तथा सदस्यहरुमा पनि प्रगतिशील समूहले नै विजय हात पारेको छ । सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा, कल्पना श्रेष्ठ तथा सदस्यहरुमा विजया अधिकारी, हरी प्रसाद कोजु, सोनु शेर्पा, सपना विक, अञ्जु कुमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता के.सी. विजयी हुनभएको छ । निर्वाचनको मत परिणाम निम्न अनुसार रहेको छ :

Facebook Comments