परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रहस्य– विछट्टको असीम इच्छाशक्ति

समय बडो बलवान हुन्छ । समयले मानिसलाई खार्ने, तिखार्ने र सबल बनाउने चाँजोपाँजो मिलाउँछ । तर मानिसले समय सापेक्ष हुन जरुरी छ । अहिले हाम्रो समाज समयसँग तालमेल मिलाउन नसकेर उत्ताउलो र संवेदनहीन बन्न पुगेको छ । कतिपय बौद्धिक मानिने व्यक्ति पनि आलोकाँचो सोचको फेरो समातेर लहलहैमा रमाउदै गरेको देखिन्छ । यो फेरो समातेर आत्मारतिमा ‘उल्लास’ साट्ने मामलामा आमसञ्चारका माध्यममा कार्यरत पत्रकारहरु बढी नै सक्रिय छन् । कतिपय अनावश्यक अतिरञ्जित कुराहरु लेखेर, बोलेर, भट्याएर, आफ्ना श्रोता, दर्शक र पाठकलाई कोच्याउने काम पत्रकारहरुबाट भईरहेको देदा दुःख लाग्छ । खाए खा, नखाए घिचको छडी लिएर बजारमा निस्किएको आमसञ्चार माध्यमप्रति पाठकमा अविश्वास बढ्यो भने राष्ट्रलाई नै घाटा पुग्छ । यसर्थ पत्रकार आफैं सजग र सत्यलाई पर्गेल्न सक्ने हुन जरुरी छ ।

प्रधानमन्त्रीको स्वास्थ्य
अहिले मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको अप्रेशन गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको डाक्टरहरुले स्पष्ट पारेका छन् । सायद अब २/४ दिन पछि प्रधानमन्त्री बालुवाटार फर्किनु हुन्छ । तर, पत्रकारहरु डाक्टरको भनाई मान्ने पक्षमा छैनन् । कतिपय पत्रकारहरु प्रधानमन्त्रीको अवस्था सुधार भएको र उहाँ आफ्नो काममा चाँडै फर्किने भन्ने शब्द सुन्न पनि चाँहदैनन् । यस्तै समाचारहरु हेरेर नै होला प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापा ‘प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे मिडियामा तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढी आएको’ भन्नुहुन्छ । थापाले के पनि भन्नुभयो भने– उहाँ पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढ्नु भएको छ । तर सञ्चार माध्यमबाट बडो तिलस्मी ढङ्गले, नयाँ तथ्य प्राप्त गरे जस्तो गरी जे–जसरी बजारमा कथा छरिएको छ ती निराधार र असान्दर्भिक छन् ।

हो, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गोलघर भित्रै रगत छादेर बेहोस हुने गर्नुहुन्थ्यो । र, बौरिएपछि जेलभित्रको पनि जेल गोलघरको सानो प्वालबाट हामी जेल जीवन बिताइरहेका वन्दीहरुलाई भन्नुहुन्थ्यो– ‘म¥यो भनेर पीर मानेको कि क्या हो ? नेपाली जनतालाई स्वतन्त्र, सुखी सम्पन्न नबनाइ मर्दिन विश्वास गर्नुहोस्’ । हामीलाई उहाँको आश्चर्यलाग्दो आत्मवल देखेर प्रेरणा मिल्थ्यो । त्यही दुस्साही मनोवलको सहारामा केपीले गोलघरको पीडादायी जिन्दगीलाई सुदुर क्षितिजको सुन्दर सपनासंग घोलेर बिताउनुभयो ।

पत्रकारहरु अहिले प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर गम्भीर बन्न नसकेको भन्ने आरोप आरोप मात्र नभएर व्यवहारिक रुपमानै पुष्टि हुँदैछ । प्रधानमन्त्रीको उपचार गरिरहेका डाक्टरहरु समेत चकित हुनेगरी पत्रकारले रोग पत्ता लगाउने र उपचार गर्ने विधि समेत सिकाउने गरी समाचार लेख्न थालेका छन् । एकखाले बौद्धिक भनिनेहरु त्यही पत्रिका काखी च्यापेर भ्रम छर्न तल्लिन देखिन्छन् । वास्तवमा अहिले हाम्रो परिवेशमा, मानवीयता, संवेदनशीलता र भावनालाई समेत तिलाञ्जलि दिएर अगाडि बढ्ने अभ्यास नराम्ररी झाङ्गिन थालेको छ । यो समाजिक रोग फैलने क्रममा देखिन्छ । यस खालको परिवेश प्रवेश गारउने तत्वलाई रोक्न जरुरी छ ।

संघर्षशील जीवन
कतिपयलाई के भ्रम छ भने प्रधानमन्त्री केपी शर्मा ओली कुनै संघर्ष नगरी त्यहाँ पुग्नु भएको हो । यहाँ लेख्नै पर्छ र सोध्नै पर्छ नेपालको महत्वपूर्ण आन्दोलनहरुमा के केपी शर्मा ओलीको कुनै योगदान थिएन ? इतिहास साँक्षी छ उहाँ ऐतिहासिक झापा विद्रोहको एउटा सशक्त नायक हो । इतिहास साँक्षी छ उहाँ जेलजीवन भोगेका नेताहरुमध्ये सबैभन्दा कष्टकर पासविक यातना भोग्ने बाध्य परिएको नेता हो । इतिहास साँक्षी छ उहाँ आमूल परिवर्तनका लागि जिन्दगी अर्पण गर्न अघि सर्ने योद्धा हो । २००७ सालपछि भएका जुनसुकै आन्दोलनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान रहेको छ । सफल नेताको रुपमा आफूलाई स्थापित गर्न वर्तमान प्रधानमन्त्री कही कतै चुक्नु भएको छैन । काम गर्ने मानिसले कतिपय समयमा मानवीय त्रुटीगर्न सक्छ । यस्ता साधारण मानवीय त्रुटी प्रधानमन्त्रीबाट पनि भए होलान् । तर, अन्य क्षेत्रमा जानी वा नजानी उहाँबाट गम्भीर गल्ती भएको देखिदैन । जहिले पनि राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा खरोरुपमा प्रस्तुत हुनुहुने केपी शर्मा ओलीको जीवन साच्चै संघर्षशील, अध्ययनशील र आमूल परिवर्तनका लागि समर्पित थियो र छ भन्ने कुरा बिर्सन मिल्दैन ।

अन्य आकर्षणहरू

असीम इच्छाशक्ति
कोही पनि कल्पना गर्न सक्तैन प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्ष लामो गोलघरको कष्टकर जीवन भोगाइको बारेमा । ओर्किनफर्किन समेत मुस्किल पर्ने सानो (गोलघर) कालकोठरीमा नेल र हतकडी लगाएर, आफ्नै विस्तरामुनी दिसा पिसाव गर्नु पर्ने बाध्यता झेलेर तीन वर्ष बिताउनु सामान्य कुरा थिएन । त्यसमा पनि यातनाले थाङ्थिलो, टिवी र अल्सरले गाँजेको सारै दुब्लो शरीर घिसार्दै बाँच्नु पर्ने कष्टकर दिनहरु उहाँले बिताउनु भएको छ । त्यसबेला उहाँको सबभन्दा ठूलो र भरपर्दो साथी थियो– अकल्पनीय इच्छाशक्ति । खुट्टातिर पाँच केजीको फलामको नेल, दुवै खुट्टा जोड्ने नौं इन्चको फलामको सिक्री, दुवै हातमा हतकडी र त्यस्तै सिक्री भिरेर दुब्लो शरीर घिसार्दै केपी ओली जलेभित्र अदम्य सहास र परिवर्तनकोप्रतिको दृढताले जगाएको जीवनबारेको जीजिविषा पाल्नुहुन्थ्यो– ‘पंचायत व्यवस्था र राजतन्त्र फाल्ने दायित्व पुरा नगरी म कदापि मर्दिन ।’ उसिना चामलको ठस्स गनाउने भात, गाँन्टे मुलाको तर्लङ्गे झोलसँग खानु पर्ने बाध्यता, हिडडुल गर्न नपाउने परिवेश सम्झनु होस् त कसरी बाँच्छ होला मान्छे । त्यसमाथि उहाँलाई टिवी रोगले उपल्लो छेउ पु¥याइ सकेको थियो । अल्सरले हुरुक्कै प्राण लिन लागेको बताउँनु हुन्थ्यो । औषधी पनि समयमा नपाउने, पोषिलो खानेकुरा त परै जाओस् उसिना चामलको गनाउने भातलाई पनि धन्य ठान्नु पथ्र्यो । यस्तो कष्टपूर्ण जीवन भोग्दै गर्दा पनि केपी भन्नुहुन्थ्यो– स्वतन्त्र, सार्वभौम सम्पन्न मुलुकमा गणतन्त्र ल्याउने, नेपाललाई सम्पन्न बनाउने, नेपालीलाई समान, सम्पन्न र सुखी बनाउने, देशमा सुशासन कायम गर्ने र उत्पादनका साधन स्रोतको समानरुपमा वितरण गर्ने कार्य हामीले नै गर्नुपर्छ ।

केपीको गोलघर बस्दाको अवस्था बारेमा जानकार हुनुहुन्छ राधाकृष्ण मौनाली र मोहन चन्द्र अधिकारी । मैनालीले ‘नलेखिएको इतिहास’ नामक किताबको पेज नं. ६२ मा लेख्नु भएको छ – “केपी बिरामीले दिन दिनै थलिदै जानु भयो । हिकहिक गरेर बाडुली लागेपछि दिनभर रातभर रोकिन्नथ्यो । उहाँ खाना पनि निल्न नसक्ने हुनुहुन्थ्यो । यातनाको यो पाशविक दृश्य हामी टुलुटुलु हेर्न मात्र सक्थ्यौं । किनभने हामीलाई अलग अलग कोठामा थुनेर बाहिरबाट ताल्चा ठोकिएको थियो । गोलघर बाहिरबाट सहयोद्धहरुले खाना ल्याइदिएको बेला मात्र खाने प्रयोनजका लागि हामी तीनजनाको केही क्षण भेट हुन्थ्यो । जेलभित्रको खाना कमसल थियो । तत्कालीन सरकारले बन्दीहरुलाई रासनका रुपमा प्रतिदिन डेड माना उसिना चामल र ६० पैसा नगद दिन्थ्यो । त्यसले पेट भरी खान कहिल्यै पुग्दैनथ्यो ।”

हो, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गोलघर भित्रै रगत छादेर बेहोस हुने गर्नुहुन्थ्यो । र, बौरिएपछि जेलभित्रको पनि जेल गोलघरको सानो प्वालबाट हामी जेल जीवन बिताइरहेका वन्दीहरुलाई भन्नुहुन्थ्यो– ‘म¥यो भनेर पीर मानेको कि क्या हो ? नेपाली जनतालाई स्वतन्त्र, सुखी सम्पन्न नबनाइ मर्दिन विश्वास गर्नुहोस्’ । हामीलाई उहाँको आश्चर्यलाग्दो आत्मवल देखेर प्रेरणा मिल्थ्यो । त्यही दुस्साही मनोवलको सहारामा केपीले गोलघरको पीडादायी जिन्दगीलाई सुदुर क्षितिजको सुन्दर सपनासंग घोलेर बिताउनुभयो । दुब्लो शरीरलाई रोगले सिथिल बनाउँदा पनि असामान्य इच्छाशक्तिकै भरमा उहाँ अहिले हामीमाझ हुनुहुन्छ । उहाँँलाई इच्छाशक्तिले नै रोगबाट मुक्ति दिलाउँदै अहिले प्रधानमन्त्री बन्नुभएको होे । अहिले ढल्कँदो उमेरमा पनि अस्पतालमा भर्नाभएर बस्दा उहाँमा रहेको उही विछट्टको नौजवान इच्छाशक्ति उत्तिकै सशक्त रुपमा देखा परिरहेको छ । शायद यही इच्छाशक्ति नै अहिले पनि उहाँको उपचारको पहिलो आधार हो ।

अन्त्यमा
अहिले प्रधानमन्त्री अस्पतालमा हुनुहुन्छ । डाक्टरहरु भन्दैछन्– प्रधानमन्त्रीलाई अरु तीन–चार दिन राखेर डिस्चार्ज गरिनेछ । तर, केही व्यक्ति तथा केही सञ्चारमाध्यमहरु आफवाह फैलाउन र असान्दर्भिक कुरा गर्न तल्लीन छन् । यो देख्दा र सुन्दा यस्तो लाग्छ मानवीय संवेदनशीलता अब हराइसकेको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा जाग्नु स्वभाविक भए पनि मनगढन्ते आग्रह फैलाउनु चरम असहिष्णुता हो । यो नेपाली समाजको स्वभाव थिएन । यसवेला हामी सबैले गर्ने एउटै पुकारा हो– प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभसहित सक्रिय जीवनको हार्दिक कामना ।

Facebook Comments