परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फोहोरमैला व्यवथापनको एउटा बिम्ब ‘निलो ड्रम’

विज्ञान कथा

आजभोलि एकाविहानै हिड्ने मानिसको सङ्ख्यामा वृद्घि हुन थालेको छ । हुन पनि किन नहोस् डाक्टरले विहान हिड्नै सल्लाह दिन्छन् । मधुमेह र उच्च रक्तचापका लागी विहान हिड्दा फाईदा हुन्छ भन्छन् डाक्टरहरु । एकाविहान कहाँ र कता हिड्न जाने ? दिउँसो वायू प्रदुषण, मानिस र गाडीको भिडले हिड्न गाह्रो हुन्छ भने विहान जताततै सडकमा र्कापेट सरह छरीएको फोहरको डुङ्गुर र कुचीकारले कुचा चलाउँदा निस्केको धुलोले । कहाँबाट आयो विहान विहानै यति धेरै फोहर ? काठमाडौ उपत्यकाको जनसङ्ख्यामात्रै चालीस लाख मानिसले प्रयोग गरी फालेका सामान, खाद्यान्न आदि प्रतिदिन कति धेरै हुन्छ होला अनुमान गर्न पनि कठिन छ ।

एक अध्ययनले देखाए अनुसार काठमाडौ उपत्यकामा प्रतिदिन आठ सयदेखि एक हजार टन फोहरमैला उत्पादन हुने रहेछ । यी फोहरमा प्लाष्टिकको झोला, लत्ताकपडा, टिन र फलामले बनेका सामान तथा सिसाका टुक्रा र रेष्टुरेन्टबाट निस्कने खाद्य र अखाद्य फोहर विषेश हुन्छन् ।

अहिले फोहर व्यवस्थापनमा महानगरपालिकाले गरेको व्यवस्था भनेको कुनै निश्चत ठाँउमा फोहर फाल्न दिनु र विहान उठाएर लैजानु, विहान साना फोहर उठाउने गाडी टोलटोल लगेर फोहर सङ्कलन गर्नु हो । अनि केही ठाँउमा साना फोहर फाल्ने भाँडोको व्यवस्था हो । महानगरपालीका बाहेक कतिपय निजी कम्पनीले पनि फोहर उठाउने गरेका छन् । तर उनीहरुले उठाएका फोहर फाल्ने, पुन प्रयोग गर्ने वा पुन प्रयोगमा ल्याउने व्यवस्था छैन । बरु यी फोहोर पनि अन्त्यमा नगरपालीको फोहरमा नै मिसिने हो । यस्ता फोहरमा भेटिएका प्लाष्टिक केही मात्रामा छुट्टै सङ्कलन भएको देखिएता पनि अन्त्यमा यो कता पुग्छ भन्ने स्पष्ट देखिदैन ।

हामी सबैलाई थाहा छ, जताततै फोहर फाल्न हुन्न भनेर । यो कुरा अरुलाई सिकाउँन सजिलो पनि छ । तर मानिसले गर्दै आएको बानीमा परिवर्तन ल्याउन र जताततै फोहर नफाल्ने विकल्प दिन भने चाहिँ गाहो छ । उदाहरणका लागि धेरै वर्ष अघि काठमाडौंको फोहर उठाउन जिम्मा पाएको जर्मनीले, घरभित्रको फोहर बाहिर ल्याएर फाल्नुस् भनेर ठूला ठूला फलामे ड्रम राखिदिएको थियो । जस्ले गर्दा मानिसहरुलाई घरको फोहर बाहिर ल्याएर फाल्ने बानी लाग्यो जुन अहिलेसम्म कायम छ । पछि पछि मानिसहरुले त्यहाँ ड्रम भए वा नभए पनि फोहर बाहिर थुपार्न थाले । यो बानी बसिसकेकोले सरकारले विकल्प नदिएसम्म यो यथावत नै रहन्छ ।

साना साना प्लाष्टिकजन्य फोहरको सम्बन्धमा अहिले देखिएको फोहर गुट्खा, पानपराग र सुर्तीको खोलहरु छन् जुन प्रयोगकर्ताले जताततै फाल्ने गर्छन् र यसको उचित ब्यवस्थापन हुँदैन । नगरपालीकाले ठाउँ ठाउँमा प्रदुषण मापन गर्ने उपकरण जडान भएको पछाडि बटुवाले प्रयोग गर्ने साना साना फोहर राख्न सानो विन राखेको छ जुन सराहनीय कार्य छ । यसका केही समस्या भने पक्कै छन् । पहिला त धेरै मानिसले यस्तो विनको अगाडीको तस्वीर हेरेर एउटा बिज्ञापन भन्ने मात्र बुझेका छन् भने यो विन धेरै सानो भएकोले दिनभरिको हिड्ने मानिसले फालेका यस्ता फोहरको मात्रा धान्न सकेको छैन् । यसका लागि ठूला विन नै राखिनु पर्छ र धेरै ठाँउमा राखिनु पर्छ ।

हामी सबैलाई थाहा छ, जताततै फोहर फाल्न हुन्न भनेर । यो कुरा अरुलाई सिकाउँन सजिलो पनि छ । तर मानिसले गर्दै आएको बानीमा परिवर्तन ल्याउन र जताततै फोहर नफाल्ने विकल्प दिन भने चाहिँ गाहो छ । उदाहरणका लागि धेरै वर्ष अघि काठमाडौंको फोहर उठाउन जिम्मा पाएको जर्मनीले, घरभित्रको फोहर बाहिर ल्याएर फाल्नुस् भनेर ठूला ठूला फलामे ड्रम राखिदिएको थियो । जस्ले गर्दा मानिसहरुलाई घरको फोहर बाहिर ल्याएर फाल्ने बानी लाग्यो जुन अहिलेसम्म कायम छ । पछि पछि मानिसहरुले त्यहाँ ड्रम भए वा नभए पनि फोहर बाहिर थुपार्न थाले । यो बानी बसिसकेकोले सरकारले विकल्प नदिएसम्म यो यथावत नै रहन्छ ।

केही ब्यक्तिले सामाजिक सञ्जालको आडमा मानिसहरुलाई बाटोमा फोहर नफाल्न तर्साउँदै गरेको देख्न वा सुन्नमा आउने गरेको छ । एक जना नागरिकका हिसावले जथाभाबी फोहर फाल्न नदिनु र पहरेदारी गर्नु यो धेरै राम्रो कुरा हो तर यसरी फोहर बाटामा फाल्ने बानी कसरी लाग्यो भन्ने मनोवैज्ञानिक विश्लेषण गर्न जरुरी छ न की मोबाईलको क्यामेराले शिधा प्रशारणबाट बेइजत गर्नु । फोहरमैला व्यवस्थापनमा मनोवैज्ञानिक प्रसङ्ग जोडिएको हुनाले यो धेरै नै सम्वेदनशील विषय छ । यो बाटोमा फोहर फाल्ने प्रकृया तबसम्म रोकिने छैन् जबसम्म मानिसहरुले यसको विकल्प पाउँदैनन् । बरु यस्ता व्यक्तिले सोसल मिडियाको सट्टा नगरपालिकासँग समन्वय गरी धेरै फोहर फालिने ठाँउमा ड्रमको व्यवस्था गर्न पहल गरिदिएमा फोहर व्यवस्थापनमा सधाउ पुग्नेथियो ।

तर अझै पनि हामी फोहर व्यवस्थापनमा चुकेका छौं। हामी पहिलाको पुस्तालाई त फोहर हेर्ने वा फोहरमा बस्ने बानी लागिसकेको छ तर अबको नयाँ पुस्तालाई यो आदत हस्तान्तरण नगरौं । देशलाई सफा राखौं र निरोगी बनौं ।

नयाँ सडकमा किन बेलुका फोहरको थुप्रोको चाँङ्ग लाग्छ ? के यहाँ बस्ने व्यापारीहरुको फोहर फाल्न हुन्न भन्ने चेतना नभएर नै हो त ? एक पटक विचार गरौं त । यी व्यापारीहरुको व्यापार विहान १० वजेबाट शुरु हुन्छ र साँझमा सकिन्छ । नगरपालीकाको गाडी विहान ६ वा ७ वजे मात्र आउँछ भने साँझसम्म जम्मा भएको फोहर कता राखेर जाने । भोलि विहान ६ बजे फोहरका लागि मात्र आउन पनि व्यवहारिक कुरा भएन । त्यसैले साँझमा सडकमा फालेर जान्छन् । यदि साझको बेलामा नगरपालिकाले एउटा ड्रम यो ठाँउमा राखिदिने र विहान लैजाने हो भने उनीहरुलाई विकल्प हुन्छ र विस्तारै व्यवस्थापनमा सुधार हुन्छ । यस्तो उपत्यकाका अन्य ठाँउमा पनि गर्न सकिने छ ।

म आफ्नो घरमा निस्कने फोहरलाई (प्लास्टिक, सिसा, टिन र फलाम) छुट्टयाएर राख्छु र भान्छाबाट निस्केका तरकारीको टुक्रा र अन्य कुईने फोहरलाई हेरेर नगरपालीकाबाट किनेर ल्याएको ड्रममा वा मल बनाउने गड्यौलालाई हाल्छु । नकुईने फोहरको हकमा भने नगरपालीकाको फोहर उठाउने ट्रकमा हाल्दा यी एकै ठाँउमा हाल्छु । किनकी मसगँ अरु विकल्प छैन । जब म यो फोहरलाई ड्रममा हाल्छु त्यसरी छुट्याएको फोहरको औचित्य के नै रह्यो र । पक्कै पनि म जस्तै अरुले पनि यस्तो किसिमको समस्या भोग्नुपरेको हुनसक्छ । प्रतिदिन उठाउने फोहरको तालिका बाहेक हप्ताको एकचोटि प्लाष्टिक वा सिसा मात्रै छुट्टै सङ्कलन गर्न आएमा हामी जस्ता वातावरण जोगाउनु पर्छ, फोहर गर्नु हुदैन भन्ने मानिसलाई सहज हुने थियो । हामीकहाँबाट उठाइएका यस्ता फोहर ल्यान्डफील्ड साइटमा नभई यसलाई पुन प्रयोग गरीएमा फोहर मैलाको राम्रो र सहज व्यवस्थापन हुने थियो । साथसाथै नगरपालीकाको आय पनि बढ्ने थियो ।

अन्त्यमा, अहिलेको युगमा फोहर भनेको पैसा हो । फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रले फाईदा देखेर भित्र छिरिसकेको छ । तर अझै पनि हामी फोहर व्यवस्थापनमा चुकेका छौं। हामी पहिलाको पुस्तालाई त फोहर हेर्ने वा फोहरमा बस्ने बानी लागिसकेको छ तर अबको नयाँ पुस्तालाई यो आदत हस्तान्तरण नगरौं । देशलाई सफा राखौं र निरोगी बनौं ।

Facebook Comments