परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भूतपूर्व ब्रिटिस गोर्खाको समानता र गरिमाका लागि मानवअधिकार सम्मेलन काठमाडौंमा शुरु

ब्रिटिस गोर्खा मानवअधिकार सम्मेलन


काठमाडौं । आज काठमाडौंमा नेशलन सिम्पोसियम अन ह्युमेन राईट्स मोभमेन्ट फर इक्वालिटी एण्ड डिगनिटी अफ एक्स ब्रिटिस गोर्खा विषायक दुई दिने सेमिनार शुरु भएको छ । उद्घाटन समारोहमा  प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष जस्टीस खिलराज रेग्मी र पूर्व मन्त्री डा. प्रकाशशरण महत सहभागी हुनुभयो ।

उद्घाटन सभालाई नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, जनउत्तरदायित्वका लागि चिकित्सक, नेपालका अध्यक्ष डा. शरदराज वन्त, इन्जिनियर एसोसिएसन प्रदेश नं. ३ का अध्यक्ष इन्जिनियर नन्दलाल बन्जाडे, गोर्खा ब्रिगेड एसोसिएसनका अध्यक्ष क्याप्टेन भिम बहादुर गुरुङ्ग, पूर्व सांसद जयन्ती राई, पूर्व राज्यमन्त्री दिलमान पाख्रिन र पूर्व महान्यायाधिबक्ता प्रा.डा. युवराज संग्रौलाले संवोधन गर्नुभयो ।

सम्मेलनको दोस्रो दिन भोलि विषयगत छलफल हुने कार्यक्रम रहेको छ ।

 

Facebook Comments