परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नपढाएको विद्यार्थीलाई पत्र

मैले नपढाएको प्रिय विद्यार्थी,

मलाई थाहा छ, तिमी जताततै छौ । तर तिमीलाई थाहा छैन म यतै कतै छु । शायद तिम्रो र मेरो जम्काभेट भइसक्यो वा भएको छैन । म तिमीलाई चिन्छु, तर तिमीले मलाई चिन्दैनौ । मजस्ता आधा कपाल फुलेका बयस्कहरू यहाँ कति छन् कति । तिमीलाई आफ्नो परिवेश पहिले चिन्नुछ । अहिले एकपटक पनि परिचय नलिएको मान्छेको बारेमा हिसाबकिताब राख्ने बेला पनि त होइन !

मैले पढाउन पाएकाहरूले त यहाँ लेखिएका कुरा धेरथोर थाहा पाउनेछन् । मैले सोच्ने र सिकाउने कुराहरू जोसँग मेरो भेट नै हुँदैन तिनीहरूले पनि अलिकति थाहा पाउनु पर्छ भन्ने मेरो बिचार हो । मैले तिमीलाई सम्बोधन गर्ने जमर्को यही कारण गरेँ ।

मूल कुरा यसरी शुरू गरौँ । तिमीलाई लाग्छ, शिक्षक एउटा सामान्य मानिस हो । पक्का हो । तर तिमी त्यो मानिसलाई दुई रूपमा बुझिदेऊ । पात्रका रूपमा र व्यक्तिका रूपमा । पात्रका रूपमा सबै शिक्षकहरू लगभग एकै हुन् । तिमी मान या नमान अरूजस्तै म पनि तिम्रो उपाधीका लागि खट्ने, तिम्रो सफलताका लागि समर्पित, पेशाप्रति तन्मयता भएको सामान्य मानिस हुँ । चरित्रका धेरै आयामहरू नखुलेको एउटा रहस्य, अनि अनगिन्ती संवेगहरू लुकाएर निश्चित शैलीमा हिँडेको पथिक हुँ । तिम्रो जानकारीका लागि, म छ खालका प्रतिस्पर्धा स्वीकारेको परिवर्तनप्रेमी हुँ ।

नयाँ शत्र शुरू हुँदै नयाँ अनुहारहरू विश्वविद्यालयमा आएका छन् । हिजोआज विश्वविद्यालयतर्फको भौतिक यात्रा विल्कुल अपरम्परागत छ । विद्यार्थीहरू विद्युतीय बाटोबाट कक्षामा पुगिसक्दा मात्रै शिक्षकहरूसँग भेट हुन थालेको छ । त्यो बाटोमा यात्रा गरुञ्जेल पात्र रहेका तिमी अचानक व्यक्ति बन्दछौ । गतिलो सपना र महत्वाकांक्षासहित विश्वविद्यालय प्रवेश गरेका तिमीमा शुरूमा अनौठो फुर्तिफार्ति देखिन्छ । कमैले भन्छन् तिमीलाई, ’यो क्षणिक हो । केही हप्तापछि यो सबै जान्छ’ । तर वास्तविकता त्यही हो । केही समयपछि तिमीसँग सपनाहरूमात्र रहन्छन् । महत्वाकांक्षा सुषुप्त हुन्छ । फूर्तिफार्ति जान्छ । उच्चशिक्षाको प्रारम्भिक समय यही कारण अर्थपूर्ण हुन्छ । खासगरी ’मैले यो विधा र ठाउँ रोजेर गल्ती गरिनँछु’ भन्ने पहिलो महसुसको क्षण सार्थक रहनेछ । तिमीले बिस्तारै बुझ्दै जानेछौ, यो संस्था तिमीले अहिलेसम्म पढेकाभन्दा फरक छ, किनभने यसले तिमीलाई उपाधीका लागि तयार गरेर उपाधी दिनेमात्र काम गर्दैन, उपाधीपछिका स्वाभाविक संघर्षहरूका लागि पनि आत्मविश्वास प्रदान गर्छ ।

मूल कुरा यसरी शुरू गरौँ । तिमीलाई लाग्छ, शिक्षक एउटा सामान्य मानिस हो । पक्का हो । तर तिमी त्यो मानिसलाई दुई रूपमा बुझिदेऊ । पात्रका रूपमा र व्यक्तिका रूपमा । पात्रका रूपमा सबै शिक्षकहरू लगभग एकै हुन् । तिमी मान या नमान अरूजस्तै म पनि तिम्रो उपाधीका लागि खट्ने, तिम्रो सफलताका लागि समर्पित, पेशाप्रति तन्मयता भएको सामान्य मानिस हुँ । चरित्रका धेरै आयामहरू नखुलेको एउटा रहस्य, अनि अनगिन्ती संवेगहरू लुकाएर निश्चित शैलीमा हिँडेको पथिक हुँ । तिम्रो जानकारीका लागि, म छ खालका प्रतिस्पर्धा स्वीकारेको परिवर्तनप्रेमी हुँ ।

विश्वविद्यालयको शिक्षकका रुपमा मेरो पहिलो प्रतिस्पर्धा आफैसँग वा आफूभित्र हुन्छ । मैले विभिन्न संवेगहरूका बीच सन्तुलन राखेको हुन्छु । मेरो हिजोभन्दा आज फरक हुनुपर्छ । समाज परिवर्तनशील छ । विद्यार्थीको हरेक ब्याच नयाँ सोच र आग्रह लिएर आएको हुनसक्छ । त्यसकारण मैले पोहोर सालभन्दा आफूलाई बढी शिक्षित र तम्तयार राख्नुपर्छ । अघिल्लो वर्षभन्दा यसवर्ष बढी गुणस्तरका प्रकाशन वा प्रस्तुतिहरू गर्नुपर्ने पेशागत चुनौतीले म खारिनु पर्छ । अन्तर–व्यक्ति प्रतिस्पर्धा मेरो दोश्रो खालको प्रतिस्पर्धा हो । मलाई आफ्नो समूहभित्र र बाहिर अरूभन्दा सफल र उपयोगी देखिने नजानिदो वाध्यता र रहरले निर्देशित गरेको हुन्छ । अनि म सोही अनुसार आफूलाई बढाइरहेको हुन्छु । मेरो तेश्रो खालको प्रतिस्पर्धा अन्तर–विधात्मक हुन्छ । म आफ्नो विधाका साथै आफूले पढेको र पढाउने विषयलाई अरू विधाहरू सरह वा अझ बढी उपयोगी र सान्दर्भिक बनाउने प्रतिवद्धता लिएर हिँडेको छु । म र मेरा सहकर्मीहरू तदनुरूपको प्रयास गरिरहेका छन् । अरू विधाका साथीहरूको पनि यस्तै ध्यान हुनसक्छ भन्ने मेरो विश्वास छ ।

व्यक्तिका रूपमा हरेक शिक्षक अर्कोभन्दा फरक छ । म अरूभन्दा फरक व्यक्ति हुँ । मेरो विषय अलग छ । काम अलग छ । मेरा आफ्नै तरीकाहरू छन् । मैले प्राध्यापकीय स्वतन्त्रता प्रयोग गरेर आफ्नै प्रकारका सिकाइ पद्धतिहरू अपनाउने गरेको छु । मानविकीको शिक्षक भएकोले तिम्रो शिक्षाको मानवीय पक्षलाई म विशेषरूपले हेर्ने गर्छु । मूलतः म तिमीलाई ‘लिङ्क टु लाइफ’ भन्ने मान्यता सिकाउँछु । म जोड दिन्छु कि तिम्रो विधागत ज्ञान, सिप र काम तिम्रो आफ्नो जीवनसँग अन्योन्याश्रित हुनुपर्छ । अनि तिम्रो जीवन अरूको जीवनसँग जोडिनु पर्छ ।

मैले आत्मसात गरेको अर्को प्रतिस्पर्धा अन्तर–विभागीय प्रतिस्पर्धा हो । यो विश्वविद्यालयका अरू विभागहरू बराबर क्रियाशील र प्रख्यात आफ्नो विभागलाई राख्ने रहर म र मेरा सहकर्मीहरूमा छ । साथै अरू विश्वविद्यालयका मेरै विषयका विभागहरू जत्तिको वा अझ क्रियाशील र प्रख्यात आफ्नो विभागलाई बनाउने इच्छा पनि उत्कट छ । यसैगरी अन्तर–संस्था प्रतिस्पर्धाको अनुभव पनि मैले लिइरहेको हुन्छु । देशभित्रकै अरू विश्वविद्यालयका प्राध्यापक र अध्येताहरू सरह वा अझ बढी सिर्जनशील र परिचित हुन खोज्ने प्रवृत्तिले पनि मलाई घच्घच्याइरहेको हुन्छ । अन्त्यमा, विश्वविद्यालयको शिक्षकको हैसियतमा आफ्नो उठबस र भेटघाट बाहिरका प्राज्ञहरूसँग पनि हुने हुनाले मलाई केही हदसम्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको चुनौती पनि बेहोरिरहेको महसुस हुन्छ । मैले अरू देशका प्राध्यापकहरू सरहको योग्यता वा क्षमता बनाउनु पर्छ किनभने प्राध्यापकीय पहिचान सर्वत्र ग्रहणीय हुनुपर्छ ।

प्रतिस्पर्धाका यी छ आयामहरूको लामो गन्थन नै तयार हुनसक्छ । त्यतातिर नलागौँ । तिमी विश्वविद्यालयको सदस्य भइसकेको हुनाले निश्चित भए हुन्छ, तिमीलाई पढाउने वा नपढाउने हरेक शिक्षक त्यही प्रतिस्पर्धारूपी ह्यांगओभरमा बाँचिरहेको हुन्छ । आफूलाई तयार र संघर्षरत राखेको छ ।

व्यक्तिका रूपमा हरेक शिक्षक अर्कोभन्दा फरक छ । म अरूभन्दा फरक व्यक्ति हुँ । मेरो विषय अलग छ । काम अलग छ । मेरा आफ्नै तरीकाहरू छन् । मैले प्राध्यापकीय स्वतन्त्रता प्रयोग गरेर आफ्नै प्रकारका सिकाइ पद्धतिहरू अपनाउने गरेको छु । मानविकीको शिक्षक भएकोले तिम्रो शिक्षाको मानवीय पक्षलाई म विशेषरूपले हेर्ने गर्छु । मूलतः म तिमीलाई ‘लिङ्क टु लाइफ’ भन्ने मान्यता सिकाउँछु । म जोड दिन्छु कि तिम्रो विधागत ज्ञान, सिप र काम तिम्रो आफ्नो जीवनसँग अन्योन्याश्रित हुनुपर्छ । अनि तिम्रो जीवन अरूको जीवनसँग जोडिनु पर्छ ।

म मेरो हरेक कक्षा दुईवटा प्रश्नबाट शुरू गर्ने गर्छु, जसको उत्तर मेरो विद्यार्थीले तुरुन्त दिनु पर्नेछैन । पहिलो प्रश्न हो, तिमीलाई आफ्नो बारेमा के के कुरा थाहा छ ? कति सजिलो प्रश्न छ । तर सोच्दै जाँदा थाहा पाउँनेछौ, आफूले आफ्नै बारेमा बुझेका कुराहरू त अरूको रिफरेन्सबाटमात्र बुझिएको हुनसक्छ । यसको मतलव, मान्छेले आफ्नै बारेमा स्वतन्त्र मान्यता बनाएको नहुन सक्छ । खासगरी तिम्रो उमेरमा प्रायः नै अरूको नजरबाट आफूलाई बढी हेर्ने र बुझ्न खोज्ने बानी बसेको हुन्छ । मेरो दोश्रो प्रश्न हो, तिमीलाई आफ्नै बारेमा के के थाहा छैन ? यो पहिलोको विपरीतार्थक होइन, बरू पूरक र उत्तर खोज्न कठीन सवाल हो । तिम्रो उमेरमा यस्ता विषयहरूमा माथापच्ची गर्ने इच्छा र समय धेरैलाई हुँदैन । तर यी जीवनभरका लागि छोडिएका प्रश्नहरू हुन । तिमीले यिनलाई उपहारको रूपमा लिएर आफूलाई घरिघरि टोकसिरहे हुन्छ । यी दुई प्रश्नहरू मलाई नै सोध्यौ भने मलाई पनि उत्तर दिन त्यति सजिलो छैन । तिमीभन्दा बढी उमेर भएको, अलिकति बढी दुनियाँ देखेको आधारमा झ्वाट्ट भन्न चाहिँ सक्छु मेरा सबल र दुर्बल पक्षहरू, जसले मेरो दैनिक जीवनका स्वाभाविक संवेगहरूबीच सन्तुलन कायम गरिरहेका छन् ।

तिमीले कक्षाको बारेमा लेख्न बस्दा ’मैले यसरी योगदान गरेँ’ भन्न सकेनौ भने त्यो आफूमा रहेको कमी हो भनेर महसुस गर्नेछौ । तिमीलाई सहभागी गराउन नसक्नु मेरो कमजोरी हो भनेर मैले बुझ्नेछु । मेरो तेश्रो प्रश्न हो – आजको कक्षाबाट म के कुरा मनन गरेर अगाडि लैजान चाहन्छु ? यसमा विद्यार्थीहरूले कक्षामा उठेको कुनै अनौठो विषयवस्तु, कुनै कथा जुन अब उपरान्त अरूलाई सुनाउन सकियोस्, अनि अचानक विकसित भएको अवधारणाजस्ता विषयहरूलाई समेटछन् । यसबाहेक, विद्यार्थीहरूले आफ्नै कुनै व्यक्तिगत पक्ष उजागर भएको अनुभव, अरूलाई सुनाउन वा सिकाउन योग्य कुनै विषय र समग्रमा यसकारण आजको कक्षा विशेष रह्यो भन्ने दाबी प्रस्तुत गर्छन् । यसरी यो तेश्रो प्रश्नको उत्तरले मेरो मिहेनत खेर गएको छ कि छैन भन्ने आंशिक जवाफ मैले पनि पाउँछु ।

व्यक्तिका रूपमा मलाई मेरो काम खेर नजाओस् भन्ने उत्तिकै चिन्ता छ । मेरो मेहेनत बहिरा कानहरूमा नपरोस् भन्ने स्वार्थ छ । म मेरो विद्यार्थीसँग अलिकति स्पस्टोक्तिको दाबी गर्छु, अनि उसको उक्तिमा खरो उत्रिने कोशिश गर्छु । सर्वत्र चलेको फिडब्याक पद्धतिलाई आफ्नो ढंगले परिमार्जित गरेको छु । विद्यार्थीले मेरो कामको मूल्यांकन गर्ने क्रममा आफ्नो सहभागीताको पनि मूल्यांकन गरोस् भन्ने मेरो चाहना छ । यस अनुसार मेरो विद्यार्थीले गृहकार्यको रूपमा प्रत्येक कक्षापछि तीनवटा प्रश्नहरूको जवाफ लेख्नुपर्छ, अनिवार्य । यो अभ्यासलाई मैले ’पोष्टक्लास रिफ्लेक्शन’ भनेको छु, जसलाई नेपालीमा तिमी कक्षापछिको चिन्तन भनेर पनि बुझ्न सक्छौ ।

मेरो पहिलो प्रश्न हो – आजको कक्षा कस्तो रह्यो ? यसमा विद्यार्थीहरूले कक्षाका भौतिक पक्षहरू, शिक्षकको काम, अरू विद्यार्थीहरूको रेस्पोन्सको छोटकरीमा बयान गर्छन् । साथै, म यसमा के के महत्वपूर्ण कृयाकलापहरू गरिए, कक्षा के कारणले विशेष हुन सक्यो वा सकेन, के भएको भए अझ बढी प्रभावकारी हुन सक्थ्यो जस्ता टिप्पणीहरू लेखेर नितान्त आत्मपरक शैलीमा कक्षाको समीक्षा गर्ने अवसर दिन्छु ।
मेरो दोश्रो प्रश्न हो – आजको कक्षामा मेरो सहभागिता र योगदान कस्तो रह्यो ? यो पहिलोभन्दा कम सहज प्रश्न हो । तिमीले त्यो कक्षामा तिम्रो पनि मेरो जत्तिकै वा अझ बढी दायित्व हुन्छ भनेर सोचेका हुँदैनौ होला । तर त्यो विश्वविद्यालयको कक्षा हो, जहाँ तिमीलाई सिकाइको साझेदार र सहशिक्षक मानिन्छ । तिम्रो दायित्व मसँग सहकार्य गर्ने हो, तर कसरी गर्ने तिमीले सोच्ने कुरा हो । कक्षामा अवरोध नपु¥याउनु तिम्रो कर्तब्य हो, तर सिकाइमा सहभागितालाई म अनिवार्य ठान्दछु ।

तिमीले कक्षाको बारेमा लेख्न बस्दा ’मैले यसरी योगदान गरेँ’ भन्न सकेनौ भने त्यो आफूमा रहेको कमी हो भनेर महसुस गर्नेछौ । तिमीलाई सहभागी गराउन नसक्नु मेरो कमजोरी हो भनेर मैले बुझ्नेछु । मेरो तेश्रो प्रश्न हो – आजको कक्षाबाट म के कुरा मनन गरेर अगाडि लैजान चाहन्छु ? यसमा विद्यार्थीहरूले कक्षामा उठेको कुनै अनौठो विषयवस्तु, कुनै कथा जुन अब उपरान्त अरूलाई सुनाउन सकियोस्, अनि अचानक विकसित भएको अवधारणाजस्ता विषयहरूलाई समेटछन् । यसबाहेक, विद्यार्थीहरूले आफ्नै कुनै व्यक्तिगत पक्ष उजागर भएको अनुभव, अरूलाई सुनाउन वा सिकाउन योग्य कुनै विषय र समग्रमा यसकारण आजको कक्षा विशेष रह्यो भन्ने दाबी प्रस्तुत गर्छन् । यसरी यो तेश्रो प्रश्नको उत्तरले मेरो मिहेनत खेर गएको छ कि छैन भन्ने आंशिक जवाफ मैले पनि पाउँछु ।

मेरो तिमीलाई यो सन्देश छः तिम्रो शिक्षकलाई तिरीखिरी बनाऊ । उसको क्षमताको भरपुर प्रयोग गर । उसको सम्भावनालाई आफ्नो हितमा शोषण गर । कुनै शिक्षक यस्तो स्वस्थ चुनौतीका लागि तयार भएन भने बुझे हुन्छ, ऊ शिक्षण सेवाका लागि नै तयार थिएन । प्रश्न सोध्ने इच्छा र आँट तिमीमा छैन भने तिमी पनि विश्वविद्यालय शिक्षाका लागि तयार भइसकेका थिएनौ भन्ने हामी बुझ्छौँ । हामी शिक्षकहरूको समय तिमीलाई यो संस्कार सिकाउन पनि खर्च हुनुपर्छ भन्ने मेरो विश्वास छ ।

विद्यार्थीहरूलाई यी तीन प्रश्नहरूमा चिन्तन गराइरहँदा मैले पनि उस्तै प्रश्नहरू मनमा लिएको हुन्छु । हरेक दिन दिनभरिको कामपछि एकछिन मन्थन गर्ने गर्छु – आज दिनभरिको काम कस्तो रह्यो ? मैले अरू दिनभन्दा नयाँ के गरेँ ? आज पढाएको समूह अरूभन्दा अलग भएकोले यसमा फरक के गरेँ ? आज म आफैँले के सिकेँ र के उपयोगी कुरा अनुभव गरेँ ? मैले जे गरेँ त्योभन्दा राम्रो गर्न के गर्नुपथ्र्यो ?

हिजोआज हामी शिक्षकहरूले गरिरहने गुनासो हो, अधिकांश विद्यार्थीहरू प्रश्न सोध्दैनन् । हिजोआज प्रश्न सोध्ने संस्कार नै हराएको छ भने पनि हुन्छ । नजानेको कुरा जान्न मात्र प्रश्न सोध्ने होइन नि । छलफल र अन्तरक्रिया बढाउन पनि यसो गर्ने हो । वास्तवमा प्रश्नमा बौद्धिकता झल्किन्छ । सिकाइप्रतिको प्रतिवद्धता देखिन्छ । त्यसैले कहिलेकाहिँ त लाग्छ, सेमेष्टर भरिमा प्रश्नोत्तर गर्ने थोरै बानीमात्र बसाल्न पाए पनि ठूलो उपलब्धि मान्न सकिन्थ्यो होला । यही सोचेर मैले हरेक कक्षाको हरेक विद्यार्थीलाई कम्तिमा तीन–तीनवटा मन खोतल्ने प्रश्नहरू इमेलमार्फत् सोध्न लगाउँछु । तीमध्ये मलाई मन परेका गहन प्रश्नहरूको उत्तर म बिस्तारै दिँदै जान्छु । उत्तर दिनुपर्ने प्रश्नको संख्या ठूलो त हुन्छ, तर म यसलाई थप अध्ययन र चिन्तन गर्ने अवसरको रूपमा लिन्छु । म यो वाध्यतामा रमाउँछु । यसरी दिएका उत्तरहरूको संगालोबाट मैले आधा दर्जनभन्दा बढी लेखहरू सिर्जना गरिसकेको छु ।

मेरो तिमीलाई यो सन्देश छः तिम्रो शिक्षकलाई तिरीखिरी बनाऊ । उसको क्षमताको भरपुर प्रयोग गर । उसको सम्भावनालाई आफ्नो हितमा शोषण गर । कुनै शिक्षक यस्तो स्वस्थ चुनौतीका लागि तयार भएन भने बुझे हुन्छ, ऊ शिक्षण सेवाका लागि नै तयार थिएन । प्रश्न सोध्ने इच्छा र आँट तिमीमा छैन भने तिमी पनि विश्वविद्यालय शिक्षाका लागि तयार भइसकेका थिएनौ भन्ने हामी बुझ्छौँ । हामी शिक्षकहरूको समय तिमीलाई यो संस्कार सिकाउन पनि खर्च हुनुपर्छ भन्ने मेरो विश्वास छ ।

मलाई पनि यो धेरै ढिलो आएको बुद्धि हो ।

अन्त्यमा, मैले मेरा कक्षाहरूमा भन्ने गरेको एउटा कुरा यहाँ लेखिहाल्छु । तिमी खुसी र सफल अगुवाहरूको पहिचान गर । खुसी र सफल मानिसहरूको मार्गदर्शन खोज । कसैले भनेको सुनेको थिएँ, खुसी र हाँसो साह्रै छिटो सर्ने संवेगहरू हुन् । किन खुसी भएको भनेर पुष्टि गर्नुपर्ने कारण नखोजी नै खुसी भइदिए हुन्छ, हाँसिदिए हुन्छ । दुःखी हुँदा र आँशु बगाउँदामात्र चाहिँदोभन्दा बढी मानिसहरूले चासो लिन्छन् । तिमीले कक्षाकोठा, खेलमैदान, चमेनागृह र बाटाहरूमा साथीभाइसँग हाँसेर, हल्ला गरेर हिँडेको कुरालाई कसैले वास्ता गर्नेछैन । कुनै एकान्तमा झोक्राएको देख्दा देख्नेहरूले सोच्नेछन्, केही न केही गडबडी छ । तिम्रो उमेरमा बाटो बिराउँदा थप्पड लाउन आँट गर्ने साथी र सम्झाउन सक्ने अभिभावक अघिपछि हुनु नै पर्छ । तिमी यहाँ शिक्षादीक्षा लिन आएका हौ । शिक्षा तिम्रो प्रगतिका लागि हो ।

अब एक छिन सोचौँ त, हाम्रै जीवनकालमा कति ज्ञानी मानिसहरूले यो धर्ती छोडे, जोसँग हाम्रो भेट हुनै पाएन । भेट भएकाहरूसँग पनि हामीले ‘तपाईँले बुझेको जीवनको बारेमा केही न केही भनिदिनुहोस् न’ भनेर सोधेनौँ । यसरी उनीहरूसँग भएको ज्ञान उनीहरूसँगै गयो । पढेका र बुझेकाले कति नै लेखिदिन्छन् र । हामीलाई पढाएकाहरूले पनि कति नै लेखेर छोडेका छन् र । तिमीले अहिलेसम्म पढेका पुस्तकका ठेली हुन् वा इन्टरनेटका पेजहरू हुन, तीमध्ये कति चाहिँ तिमीलाई पढाउने शिक्षकहरूले लेखेर छोडेका होलान ? मैले देखेका वा पढेका सय पुस्तकका लेखकमध्ये शायद एकजना पनि मलाई पढाउने शिक्षक परेनन् होला । यसरी पनि सोच, तिमीले सबैभन्दा आदर्श मानेका शिक्षकहरू वा ज्ञानी मानिसहरूले म र अरूलाई काम लाग्ने गरी के छोडेका छन् ? वा, मेराले तिम्रा लागि के छोडेका छन् ? मलाई लाग्छ, आदर्श शिक्षकले आफूले कक्षामा भेटेभन्दा धेरै गुना बढी मानिसलाई आफ्नो ज्ञान छोड्न सक्नुपर्छ । मलाई यही कुराले कुतकुत्याइ रहेको हुन्छ । तिमीले स्वाभावतः मलाई सोध्नेछौ, ‘तपाईँ आफैँले के गर्नुभाको छ?’ हो, यही सम्भावित प्रश्नको आंशिक जवाफको रूपमा यो पत्र लेखेको छु ।

तिमीलाई सम्झना होला, उहिले स्कूल पढ्दा सर र म्याडमहरूले आफैँ लेखिदिनु भएको निबन्ध वा उत्तर कति मन पथ्र्यो हगि ? त्यसले बुद्धि वा ज्ञान कति बढाउँथ्यो अहिले भन्न गाह्रो, तर आफूसँग केही न केही भएको आत्मविश्वासचाहिँ पक्कै मिल्थ्यो नि । जे होस्, मेरो यो पत्रले केही बुद्धि वा ज्ञान नदिए पनि संगालेर राख है । माथिका प्रश्नहरू समय र उमेर अनुसार सान्दर्भिक लागे भने तिमीलाई मेरो यो धृष्टताको सान्दर्भिकता महसुस हुनेछ ।

अन्त्यमा, मैले मेरा कक्षाहरूमा भन्ने गरेको एउटा कुरा यहाँ लेखिहाल्छु । तिमी खुसी र सफल अगुवाहरूको पहिचान गर । खुसी र सफल मानिसहरूको मार्गदर्शन खोज । कसैले भनेको सुनेको थिएँ, खुसी र हाँसो साह्रै छिटो सर्ने संवेगहरू हुन् । किन खुसी भएको भनेर पुष्टि गर्नुपर्ने कारण नखोजी नै खुसी भइदिए हुन्छ, हाँसिदिए हुन्छ । दुःखी हुँदा र आँशु बगाउँदामात्र चाहिँदोभन्दा बढी मानिसहरूले चासो लिन्छन् । तिमीले कक्षाकोठा, खेलमैदान, चमेनागृह र बाटाहरूमा साथीभाइसँग हाँसेर, हल्ला गरेर हिँडेको कुरालाई कसैले वास्ता गर्नेछैन । कुनै एकान्तमा झोक्राएको देख्दा देख्नेहरूले सोच्नेछन्, केही न केही गडबडी छ । तिम्रो उमेरमा बाटो बिराउँदा थप्पड लाउन आँट गर्ने साथी र सम्झाउन सक्ने अभिभावक अघिपछि हुनु नै पर्छ । तिमी यहाँ शिक्षादीक्षा लिन आएका हौ । शिक्षा तिम्रो प्रगतिका लागि हो । तिम्रो सकारात्मक विकासमा एउटा शिक्षकले जोड दिन्छ नै । तिमीले हार मान्न खोज्दा हामी जिताउन खोजिरहेका हुनेछौँ । तिमी आफैँ मैदान छोडेर अदृश्य नहुञ्जेल मजस्तो कोही न कोही तिम्रो वरपर देखा पर्नेछ ।

कदाचित् प्रश्न सोध्ने बानी बसेन भने पनि जीवनका अनगिन्ती प्रश्नहरूको उत्तर सहजरूपले खोज्ने र दिने क्षमता तिमीमा विकास होस् । यही शुभकामना सहित !

उही तिमीलाई नपढाउने शिक्षक

Facebook Comments