परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जवानी

लघुकथा

केशब र लाक्पा धेरै पहिले देखिका मिल्ने साथी हुन् । तैपनि आआफ्नै बाध्यता र व्यस्तताले पनि होला, करिब तीस वर्षको अन्तरालमा अस्ति बिहिबार पोखराको सडकमा हिँड्दा हिँड्दै यी दुई हस्तीहरुका नजरहरु अचानक जुधे ।

“अहो, लाक्पा तिमी ?”

“अहो केशब, के अचम्म ? यतिका वर्षपछि पनि ठ्याक्कै चिनियो है ? साह्रै खुशी पो लाग्यो त, होइ ! अनि, कताबाट त अहिले ?”

“अफिसको कामले एक हप्ताका लागि पोखरा आएको हो । अनि यसो बिहान बिहान स्वच्छ हावा पनि हुने, जिउ पनि तन्किने भनेर हिँडिरा’को नि !”
“अफिसको कामले रे ? अझै रिटाएर्ड भैया’छैन र भन्या ?”

आ‘‘ तिमी पनि ! आजै स्यालुनमा गएर कपाल रंगाउने विचार गरेको छु ।

***
भवतु सब्ब मंगलम् ।

Facebook Comments