परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दृष्टिविहिनहरुले संसारलाई कस्तो देख्छन् ?

फरक नजर

OLYMPUS DIGITAL CAMERA

दृष्टिविहिनहरुले संसारलाई कसरी देख्छन् भन्न गा¥हो छ । मानिसको अन्धोपनाको अवस्थामा पनि उसले देख्ने आकृति, रङ्ग, प्रकार फरक पर्छ । मस्तिष्कले उसले देख्ने वस्तुका बारेमा सूचना प्रवाह गर्छ । त्यसैले त्यो सूचनाका आधारमा पनि उसले देख्ने बस्तुको आकृति निर्भर गर्छ ।

जन्मजात दृष्टिविहिन
जन्मदै आँखा नदेख्ने मानिसमा कुनै पनि खाले आकृति ठम्याउने क्षमता हुँदैन, उनीहरु सबै कालो देख्छन भन्ने कुरा पुर्णत गलत हो । उनीहरुमा रङ्गका बारेमा कुनै ज्ञान नै छैन, किनभने एउटा रंग, आकार, आकृति थाह पाउन अर्को त्यस्तै वस्तुबारे सूचना हुनु जरुरी छ भन्ने हामीलाई लाग्न सक्छ । आँखा देख्नेहरुले वस्तु पहिचानका लागि आकृतिलाई एक अर्कासित दाँज्ने भएका यस्तो सोचाइ आएको हो । त्यसैले हामीले आँखा चिम्लिदा अँध्यारो वा कालो देखे जस्तै जन्म दृष्टिविहिनहरु पनि त्यस्तै महशुस गर्छन भन्नु सही होइन ।

आखाँको ज्योति गुमाउनेहरु
कुनै रोग वा अन्य कारण दृष्टि गुमाउनेहरुको भने व्यक्ति पिच्छे फरक अनुभव छ । कोही निष्पट्ट अन्धकार भएको ठान्छन्, गुफा भित्र बसे जस्तै । कसै कसैले झिलिक झिलिक कुनै आकृति, आकार वा रङ्गहरु देखेजस्तो अनुभव गर्ने गर्छन् । त्यस्तो आकृति चिनिन सकिने वा नसकिने दुवै खाले हुनसक्छ । नत्रभने, सम्झनाका तरङ्गहरु विजुली चम्के झैं आकारहरु भएर आउने गर्छन् ।

त्यस्तै, केही दृष्टिविहिनहरु पुरै नदेख्ने हुदाँ हुदैं पनि क्रियाशील हुन्छन् । विश्व स्वास्थ संगठनले राखेको मापदण्ड अनुरुप यो आँखाको आवस्थालाई आंशिक मानिएको छ ।

कानुनी अन्धो
केही मानिसहरु सबै आकृतिहरु आकार अनुरुप, रङ्ग अनुसार देख्न सक्छन् । तर, उनीहरु आउट अफ फोकस हुन्छन् । उनीहरु रङ्गको सही पहिचान गर्न पनि सक्दैन । जसलाई कलर “ब्लाइन्ड” पनि भनिन्छ । सवारी साधनको इजाजत लिन, सेना प्रहरीमा जागिर खान, विमान चालकको अध्ययन जस्ता धेरै कामका लागि कलर “व्लाइन्ड” परिक्षण गर्नै पर्ने हुन्छ । त्यो परिक्षण चिकित्सकले लिने गर्छन् ।

केही मानिसहरु कोठामा बत्ति वालेपछि अँध्यारो उज्यालो खुटयाउन सक्छन । तर, कोठामा भएका बस्तुहरु सही पहिचन गर्न उनीहरुलाई अप्ठयारो हुन्छ ।
केही मानिसहरुको अन्धोपन अचम्मकै हुन्छ । उनीहरु सबै आकृतिका आकारप्रकार, रङ्गरुप देख्न सक्छन् तर, ती साँघुरो प्वालमा हेरे जसरी देख्छन । अर्थात, दश डिग्री भन्दा सानो प्वालबाट हेरे जसरी उनीहरु संसार देख्छन् ।

अन्धो सपना
जन्मजात दृष्टिविहिनहरु पनि सपना देख्छन । तर, उनीहरुका सपना पनि आकृति, अकार, रङ्गहिन हुन्छन् । उनीहरुका सपनामा आवाज,, वासना, स्वाद हुन्छ । भावना हुन्छ । जुन उनीहरुले व्युझेका बेला महशुस गरेका हुन्छन् । जीवनमा कहिल्यै नदेखेको आकृति, उनीहरु सपनामा पनि देख्दैनन् । पहिला आँखा देख्ने तर पछि दृष्टि गुमाएकाहरुले भने सपनामा आकृति देख्छन् । ती आकृतिको आकार, रुप, रङ्ग भने उनीहरुको विगतको स्मरणसित गाँसिएको हुन्छ । अर्थात, आँखा गुुमाएको समयमा उनीहरुले देखेको वस्तुस्थिति नै उनीहरुको सपनामा आउने समयचक्र बनेको हुन्छ । त्यस्तै, कानुनले अन्धो घोषणा गरेका कलर “व्लाइन्ड”हरु पनि सपानामा अर्को छुट्टै नयाँ रङ्ग खुटयाउन सक्दैनन् । अझ अनौठो त के छ भने धेरै पावरवाला चश्मा लगाउनेहरु सपनामा पनि सोही अनुरुप दृष्टि क्षमता राख्छन् ।

विभिन्न स्रोतहरु

Facebook Comments